मुख्य समाचार
बर्दियाको ठाकुरबाबा र राजापुरका युवा महिलालाई व्यवसायमका लागि स्टार्ट–अप सहयोग | विश्व वातावरण दिवसमा जानकीमा हरियाली अभियान : कन्या विद्यालय परिसरमा रोपियो बिरुवा | दुई वर्षअघि भएको जसपा नेपाल विभाजन सर्वोच्चबाट बदर | मानव बेचबिखन नियन्त्रण समिति र बाल अधिकार समितिको समिक्षा गोष्ठी सम्पन्न | बर्दियाका तीन पालिककालाई विपद् जोखिम न्यूनीकरण सामग्री हस्तान्तरण | वडा सदस्य रामधिरज यादवको निधनमा जानकी गाउँपालिकामा सोमबार शोक बिदा | नेपालले पनि भारतको सीमा मिचेको छ : प्रधानमन्त्री शाह | मधुवन नगरपालिकामा ३ दिने ईसीडी शिक्षकहरूका लागि शैक्षिक सामग्री निर्माण तालिम सफलतापूर्वक सम्पन्न | यादव सेवा केन्द्रको अध्यक्षमा सोहनलाल यादव निर्विरोध, महासचिवमा मिश्रिलाल यादव चयन | ब्राजिल र दक्षिण अफ्रिकास्थित दूतावास बन्द नगर्न एनआरएनए पूर्व पदाधिकारीको आग्रह |

'यही ब्यवस्थाभित्र नागरिकको अवस्था बदल्न सकिन्छ’ : गगन थापा

यूथ टुडे समाचारदाता 3407+ समाचार ( )
२१ जेठ २०८२, मङ्गलबार

नेपालगन्ज । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले यही ब्यवस्थाभित्र नागरिकको अवस्था बदल्न सकिने बताएका छन् । नेपाली कांग्रेस बाँके क्षेत्र नम्बर २ को तेस्रो क्षेत्रीय सम्मेलनलाई मंगलबार नेपालगन्जमा सम्बोधन गर्दै प्रमुख अतिथी समेत रहेका महामन्त्री थापाले भने, ‘केन्द्रमा २५ जना मन्त्री चाहिदैन, केन्द्रमा १० जना मन्त्री भए पुग्छ, प्रदेशमा पनि मन्त्रीको संख्या घटाउन सकिन्छ, सरकारी खर्च घटाउने उपाय खोज्ने हो ।’ दलहरु बीचमा गठबन्धन गराउने निर्वाचन प्रणालीलाई पनि संशोधन गर्नुपर्ने बताए ।

‘गठबन्धन गराउने निर्वाचन प्रणालीले मुलुकलाई ध्वस्त बनाउँछ,’ उनले थपे । अर्को प्रसंगमा उनले ७ बुँदे सहमती अनुसार कांग्रेस र एमाले तत्काल संविधान संशोधनमा जानुपर्ने बताए । संविधान संशोधन गर्दा निर्वाचन प्रणालीलाई परिवर्तन गरिनुपर्नेमा जोड दिए । ब्यवस्था परिवर्तन गर्नुभन्दा पनि यही ब्यवस्थालाई सुधार गरेर लैजानुपर्ने महामन्त्री थापाको भनाई छ ।

‘केही साथीहरु सडकमा आउनु भएको छ, उहाँहरुलाई सम्झाएर अब घर फर्काउनु पर्छ, नेपालका राजा कस्तो भनेर कसैले कांग्रेसलाई पढाउनु पर्दैन, जनताबाट निर्वाचित विपी कोइरालालाई त्यही राजाले ८ वर्ष कालकोठरीमा राखेको इतिहास साक्षी छ,’ महामन्त्री थापाले भने ‘स्वर्गिय गिरिजा प्रसाद कोइरालाले आफ्नो पार्टीले चुनाव हार्दै गर्दा माओवादीलाई मुल राजनीतिमा ल्याउनु भयो, सुशिल कोइरालाले माओवादी समेतका दललाई मिलाएर संविधान जारी गर्नु भयो ।’

कांग्रेस आफुले हारेर पनि, गाली खाएर भएपनि सबै दललाई समेट्दै आएको बताए । अबको कांग्रेस टक्क उभिएर सिंगो देशलाई बाटो देखाउन सक्ने हुनुपर्ने महामन्त्री थापाको धारणा छ । कांग्रेस भित्रको गुट अन्त्य गर्न प्रत्येक क्रियाशिल सदस्यले पार्टीको जिल्ला, प्रदेश र केन्द्रिय सभापतिलाई प्रत्यक्ष मत हाल्न पाउने ब्यवस्था हुनुपर्ने उनले बताए । 

कांग्रेस बाँके क्षेत्र नम्बर २ का सभापति रमेशकुमार गुप्ताको सभापतित्वमा सम्पन्न भएको सम्मेलन उद्घाटन शत्रमा केन्द्रिय सदस्यद्धय मधु आचार्य र मैकुलाल बाल्मिकी, लुम्बिनी प्रदेश सभापति अमरसिंह पुन, जिल्ला सभापति नारायणप्रसाद गौडेल लगायतले सम्बोधन गरेका थिए । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार