बाँके । डुडुवा गाउँपालिकाका वडा नम्वर ६ का वडा वडा अध्यक्ष मोहन मिश्रले आफ्नो फेसबुक मार्फत पत्रकारहरुलाई धम्की दिएका छन् ।
एमालेबाट निर्वाचित वडा अध्यक्ष मिश्रले आइतबार आफ्नो फेसबुक वालमा यसरी लेखेका थिए "पत्रकार साथीहरु अन्यथा नलिनु होला तर एक दुई फटहा पत्रकारलाई कुटे के हुन्छ ?"
वडा अध्यक्ष जस्तो गरिमामय पदमा निर्वाचित व्यक्तिबाट पत्रकारलाई कुटे के हुन्छ भनि सामजिक संजालमा स्टाटस लेख्नु निन्दनीय भएको पत्रकारहरुको निश्कर्ष रहेको छ ।
वडा अध्यक्ष मिश्रले कुन प्रतिसोधका कारण पत्रकार माथी आक्रमण गर्ने धम्कि पुर्ण अभिव्यक्ति दिएका हुन सो का बारेमा जानकारी लिने प्रयास गरे पनि वडा अध्यक्ष मिश्र संग सम्पर्क हुन सकेन ।