मुख्य समाचार
बर्दियाको ठाकुरबाबा र राजापुरका युवा महिलालाई व्यवसायमका लागि स्टार्ट–अप सहयोग | विश्व वातावरण दिवसमा जानकीमा हरियाली अभियान : कन्या विद्यालय परिसरमा रोपियो बिरुवा | दुई वर्षअघि भएको जसपा नेपाल विभाजन सर्वोच्चबाट बदर | मानव बेचबिखन नियन्त्रण समिति र बाल अधिकार समितिको समिक्षा गोष्ठी सम्पन्न | बर्दियाका तीन पालिककालाई विपद् जोखिम न्यूनीकरण सामग्री हस्तान्तरण | वडा सदस्य रामधिरज यादवको निधनमा जानकी गाउँपालिकामा सोमबार शोक बिदा | नेपालले पनि भारतको सीमा मिचेको छ : प्रधानमन्त्री शाह | मधुवन नगरपालिकामा ३ दिने ईसीडी शिक्षकहरूका लागि शैक्षिक सामग्री निर्माण तालिम सफलतापूर्वक सम्पन्न | यादव सेवा केन्द्रको अध्यक्षमा सोहनलाल यादव निर्विरोध, महासचिवमा मिश्रिलाल यादव चयन | ब्राजिल र दक्षिण अफ्रिकास्थित दूतावास बन्द नगर्न एनआरएनए पूर्व पदाधिकारीको आग्रह |

मतदानको समय सकियो, लाइनमा बसेकाहरु मतदान गर्दै

महमूद आलम खान 1133+ समाचार ( )
स्थानीय तहको निर्वाचनअन्र्तगत मतदान कार्य सकिएको छ ।
३० वैशाख २०७९, शुक्रबार

बाँके । स्थानीय तहको निर्वाचनअन्र्तगत मतदान कार्य सकिएको छ । शुक्रबार मुलुकभरका ७५३ पालिकामा प्रतिनिधि छान्न ७७ वटै जिल्लामा मतदान भएको हो ।

छिटपुट घटनाबाहेक समग्रमा मतदान शान्तिपूर्ण र उत्साहजनक रूपमा सम्पन्न भएको निर्वाचन आयोग जनाएको छ । बाँकेमा मतदान शान्ति पुर्वक सम्पन्न भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । 

आयोगले मतदानका लागि बिहान ७ बजेदेखि बेलुका ५ बजेसम्मको समय छुट्याएको थियो । उक्त समयमा मतदानका लागि लाइनमा बसेका मतदाताहरूले भने मतदान गर्न पाउनेछन् । यसअघि अपरान्ह ४:३० बजेसम्म ८० प्रतिशत मतदान भएको आयोगले जनाएको थियो ।

मत गणनापछिमात्रै परिणाम सार्वजनिक हुने भए पनि मतदानबाट मुलुकभर ३५ हजार २ सय २१ जनप्रतिनिधि निर्वाचित गर्न मतदाताले आफ्नो जनप्रतिनिधि चयन गरिसकेका छन् । जसमध्ये ३ सय ९० जना निर्विरोध निर्वाचित भैसकेका छन् । तीबाहेक १ लाख ९ हजार ७९० जना पराजित हुन पुग्नेछन् ।

७७ जिल्लाका ७ सय ५३ स्थानीय तहमा १ लाख ४५ हजार ११ जना उम्मेदवार चुनावी मैदानमा छन् ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार