मुख्य समाचार
बर्दियाको ठाकुरबाबा र राजापुरका युवा महिलालाई व्यवसायमका लागि स्टार्ट–अप सहयोग | विश्व वातावरण दिवसमा जानकीमा हरियाली अभियान : कन्या विद्यालय परिसरमा रोपियो बिरुवा | दुई वर्षअघि भएको जसपा नेपाल विभाजन सर्वोच्चबाट बदर | मानव बेचबिखन नियन्त्रण समिति र बाल अधिकार समितिको समिक्षा गोष्ठी सम्पन्न | बर्दियाका तीन पालिककालाई विपद् जोखिम न्यूनीकरण सामग्री हस्तान्तरण | वडा सदस्य रामधिरज यादवको निधनमा जानकी गाउँपालिकामा सोमबार शोक बिदा | नेपालले पनि भारतको सीमा मिचेको छ : प्रधानमन्त्री शाह | मधुवन नगरपालिकामा ३ दिने ईसीडी शिक्षकहरूका लागि शैक्षिक सामग्री निर्माण तालिम सफलतापूर्वक सम्पन्न | यादव सेवा केन्द्रको अध्यक्षमा सोहनलाल यादव निर्विरोध, महासचिवमा मिश्रिलाल यादव चयन | ब्राजिल र दक्षिण अफ्रिकास्थित दूतावास बन्द नगर्न एनआरएनए पूर्व पदाधिकारीको आग्रह |

दोस्रो संस्करणको ह्याकाथन प्रतिस्पर्धा गर्दै मदन भण्डारी मेमोरियल कलेज

यूथ टुडे समाचारदाता 3407+ समाचार ( )
१० अशोज २०८१, बिहीबार

काठमाडौँ । मदन भण्डारी मेमोरियल कलेज काठमाडौँले खोज तथा अन्वेषण गर्ने बानीको विकास र सहकार्य विस्तार गर्ने उद्देश्यले शुक्रवारदेखि दोस्रो संस्करणको ह्याकाथन प्रतिस्पर्धा सञ्चालन गर्ने भएको छ ।

तीन दिनसम्म चल्ने ह्याकाथनमा नेपाल तथा भारतका सय बढी सूचना प्रविधि विषय अध्ययनरत विद्यार्थीहरू सहभागी हुने छन् । ह्याकाथनमा वातावरण, प्रविधि, स्वास्थ्य र पहुँच, साइबर सुरक्षा, पर्यटन कृषि तथा वित्तीय प्रविधि लगायतका विद्यामा खोज तथा अन्वेषण सम्बन्धी प्रस्तुति रहने क्याम्पस प्रमुख डा. बाबुराम अधिकारीले जानकारी दिए । कलेजले’MBMC IdeaX 2024′ नामदिएर उक्त प्रतिस्पर्धा गर्न लागेको हो ।

मदन भण्डारी मेमोरियल कलेजका अध्यक्ष महेन्द्र बहादुर पाण्डेको प्रमुख आतिथ्ययतामा हुने कार्यक्रम शुक्रवार बिहान ११ः३० बजे बाट सुरु हुने छ ।

प्रतिस्पर्धामा ६ ओटा विभिन्न विधामा आधारित रही विजेताहरू चयन गरिनेछ । सहभागीहरूले ३ देखि ४ जनाको समूहमा रही आ–आफ्नो समूहगत खोज तथा अनुसन्धानलाई प्रस्तुत गर्नेछन् । विधागत ६ वटै समूहका विजेताहरुलाई रु १०,००० र सर्वोत्व्कृष्ट हुने एक समूहलाई नगद ५०,०००सहित प्रमाणपत्र प्रदान गरिने क्याम्पस प्रमुख डा‍‍. बाबुराम अधिकारीले बताए ।

प्रतिस्पर्धाको पहिलो संस्करण गत वर्ष २०८० असोज १९ देखि २१ गतेसम्म सञ्चालन भएको थियो ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार