मुख्य समाचार
बर्दियाको ठाकुरबाबा र राजापुरका युवा महिलालाई व्यवसायमका लागि स्टार्ट–अप सहयोग | विश्व वातावरण दिवसमा जानकीमा हरियाली अभियान : कन्या विद्यालय परिसरमा रोपियो बिरुवा | दुई वर्षअघि भएको जसपा नेपाल विभाजन सर्वोच्चबाट बदर | मानव बेचबिखन नियन्त्रण समिति र बाल अधिकार समितिको समिक्षा गोष्ठी सम्पन्न | बर्दियाका तीन पालिककालाई विपद् जोखिम न्यूनीकरण सामग्री हस्तान्तरण | वडा सदस्य रामधिरज यादवको निधनमा जानकी गाउँपालिकामा सोमबार शोक बिदा | नेपालले पनि भारतको सीमा मिचेको छ : प्रधानमन्त्री शाह | मधुवन नगरपालिकामा ३ दिने ईसीडी शिक्षकहरूका लागि शैक्षिक सामग्री निर्माण तालिम सफलतापूर्वक सम्पन्न | यादव सेवा केन्द्रको अध्यक्षमा सोहनलाल यादव निर्विरोध, महासचिवमा मिश्रिलाल यादव चयन | ब्राजिल र दक्षिण अफ्रिकास्थित दूतावास बन्द नगर्न एनआरएनए पूर्व पदाधिकारीको आग्रह |

मगर दिवसका अवसरमा जानकी र खजुरामा सार्वजनिक बिदा

यूथ टुडे समाचारदाता 3407+ समाचार ( )
१४ फाल्गुन २०८२, बिहीबार

बाँके १४ फागुन । ४४औँ राष्ट्रिय मगर एकता दिवसको अवसरमा बाँकेको जानकी गाउँपालिका र खजुरा गाउँपालिकाले शुक्रबार सार्वजनिक बिदा दिएका छन् ।

दुवै गाउँपालिकाले छुट्टाछुट्टै सूचना जारी गर्दै कार्यपालिका बैठकको निर्णयअनुसार मगर एकता दिवसका दिन बिदा दिने निर्णय गरिएको जनाएका छन् ।

पालिकाद्वारा जारी सूचनामा गाउँपालिकाका कार्यालय, मातहतका सम्पूर्ण कार्यालय, शिक्षण संस्था, स्वास्थ्य संस्था तथा अन्य सार्वजनिक सङ्घ–संस्थाहरूमा अत्यावश्यक सेवा बाहेकका सम्पूर्ण सेवा बन्द रहने उल्लेख गरिएको छ ।

जानकी गाउँपालिकाका अध्यक्ष छब्बन खाँ र प्रमुख प्रशासकीय अधिकृत परसुराम उपाध्यायद्वारा संयुक्त रूपमा जारी सूचनामा मगर समुदायको पहिचान, संस्कृति र योगदानको उच्च सम्मान गर्दै सम्पूर्ण मगर समुदायमा शुभकामना व्यक्त गरिएको छ ।

यस्तै खजुरा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत दिल बहादुरले जारी गरेको सूचनामा पनि मगर एकता दिवसले सामाजिक सद्भाव, सांस्कृतिक संरक्षण र समुदायबीच एकताको भावना सुदृढ बनाउने विश्वास व्यक्त गरिएको छ ।

स्थानीय तहले दिएको बिदासँगै शुक्रबार पालिकास्तरका अधिकांश नियमित सेवा बन्द रहनेछन् भने स्वास्थ्यलगायतका अत्यावश्यक सेवा भने यथावत सञ्चालन हुने जनाइएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार