मुख्य समाचार
नेपालगन्जका स्वास्थ्यकर्मीलाई कुपोषण व्यवस्थापन क्षमता अभिबृद्धि तालिम प्रदान | सुष्मा कोईराला मेमोरियल क्याम्पसको तिन दशक ः दुई हजार भन्दा बढी बिद्यार्थी उत्पादन | खजुरामा ‘कार्यस्थलमा हुने यौनजन्य दुव्र्यवहार निवारण आचारसंहिता सार्वजनिकीकरण | नेपालगञ्जमा अत्याधुनिक वाटर पार्क: गर्मी छल्न पौडी र डान्सको संगम | राष्ट्रिय सतर्कता केन्द्रले गर्यो ६३२ जना कर्मचारीलाई कारबाही | पहाडबाट हाटबजार आउनेको सम्झनामा नेपालगन्जमा प्रतिमा निर्माण | करिब १२ करोड रुपियाँको पाठ्यपुस्तक बिक्री | अमेरिका–इरान वार्तामा पाकिस्तानको सक्रियता | बाख्रासँगै आयआर्जनको आशा : जानकीमा ७० विपन्न परिवारलाई जीविकोपार्जनका लागि बाख्रा बितरण | सम्पत्ति विवरण संकलन तथा छानबिन गर्न ‘छानबिन आयोग’ गठन |

विमान दुर्घटनामा प्रेस सेन्टरका उपाध्यक्ष पौडेलको निधन,

यूथ टुडे समाचारदाता 3306+ समाचार ( )
प्रेस सेन्टर नेपालका महासचिव सन्तोष पौडेल पनि शोक वक्तव्य जारी गर्दै १३ दिन सम्म कुनै पनि औपचारिक कार्यक्रम नगर्ने एवं १३ दिनसम्म केन्द्रीय कार्यालयलगायत प्रदेश र शाखा कार्यालयमा शोक पुस्तिका राख्ने निर्णय भएको जानकारी दिनु भयो ।
१ माघ २०७९, आइतबार

काठमाडौं । पोखरामा भएको यती एयरलाइन्सको विमान दुर्घटनामा पत्रकार त्रिभुवन पौडेलको पनि निधन भएको छ ।

नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्यसमेत रहेका पौडेल पोखरामा नेपाल प्रेस सेन्टरको बैठकको तयारीमा थिए । त्यसकै निम्ति उनी बैठकको मिति तय गर्न काठमाडौं पुगेका थिए ।

माओवादी केन्द्रका अध्यक्षसमेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको व्यस्तताका कारण समय नमिलेपछि १/२ दिनमा फेरि काठमाडौं फर्किने गरी पौडेल यती एयरलायन्सको जहाजमा पोखरा फर्किएका थिए ।

जहाजमा सवार ७२ जनामध्ये ६९ जनाको मृत्यु भएको पुष्टि भएको छ । जसमध्ये पौडेलको पनि शव सनाखत भएको नेपाल पत्रकार महासंघ कास्की अध्यक्ष विमला भण्डारीले जानकारी दिइन् ।

पौडेलको निधनमा नेपाल पत्रकार महासंघले १३ दिनसम्म केन्द्र, प्रदेश र सबै शाखामा शोक मनाउने निर्णय गरेको छ । १३ दिनसम्म शोकसभा बाहेकका कुनै पनि औपचारिक कार्यक्रम नगर्ने एवं १३ दिनसम्म केन्द्रीय कार्यालयलगायत प्रदेश र शाखा कार्यालयमा शोक पुस्तिका राख्ने निर्णय पनि भएको महासंघका महासचिव रोसन पुरीले जानकारी दिए ।

पत्रकार पौडेल २०७७ फागुन ५ गते भएको नेपाल पत्रकार महासंघको २६ औं महाधिवेशनबाट निर्वाचित भई केन्द्रीय सदस्य थिए ।

पोखरा हटलाइन दैनिकका सम्पादक पौडेल नेपाल प्रेस सेन्टरको केन्द्रीय उपाध्यक्षसमेत हुन् । उनले कृष्णबहादुर महारा अर्थमन्त्री हुँदा प्रेस संयोजक भएर पनि काम गरेका थिए ।

२०७४ सालमा महासंघको गण्डकी प्रदेश समितिको अध्यक्ष भएका पौडेलले त्यसअघि पत्रकार महासंघ कास्की शाखाको उपाध्यक्ष र दुई पटक सचिव भएर काम गरेका थिए । पौडेलले अन्नपूर्ण एफएम र केही समय नेपाल टेलिभिजनमा स्ट्रिन्जरका रूपमा काम गरेका थिए ।

प्रेस सेन्टर नेपालका महासचिव सन्तोष पौडेल पनि शोक वक्तव्य जारी गर्दै १३ दिन सम्म कुनै पनि औपचारिक कार्यक्रम नगर्ने एवं १३ दिनसम्म केन्द्रीय कार्यालयलगायत प्रदेश र शाखा कार्यालयमा शोक पुस्तिका राख्ने निर्णय भएको जानकारी दिनु भयो ।

मिति-२०७९ माघ १
शोक वक्तव्य
आज मिति २०७९ माघ १ गते आइतबारका दिन विहान काठमाडौंबाट पोखरा जाँदै गरेको यति एयरलाइन्सको नाइनएन एएनसी एटिआर–७२ जहाज पोखरा अन्तराष्ट्रिय विमानस्थल नजीक अवतरणको प्रक्रियामा अचानक सेतीको खोँचमा दुर्घटना ग्रस्त भई विमानमा सवार हाम्रो संगठन प्रेस सेन्टर नेपालका केन्द्रीय उपाध्यक्ष त्रिभुवन पौडेल, संगठनका पोखरा महानगरपालिका सदस्य अनिल शाही र चालक दलका ४ जनासहित सबै ७२ जना यात्रुको दुःखद निधन भएको खबरले हामी स्तव्ध बनेका छौं ।
सो दुर्घटनामा निधन हुनुभएका पौडेल हाम्रो संगठनका केन्द्रीय उपाध्यक्ष, गण्डकी प्रदेश समन्वय केन्द्रका प्रमूख तथा गण्डकी प्रदेश इन्चार्ज रहनुभएको थियो ।
संगठनका नेताको निधनले प्रेस सेन्टर नेपालको सिंगो परिवार स्तव्ध बनेको छ । उहाँको निधनले प्रेस सेन्टर नेपालमात्र नभई गण्डकी प्रदेश र सिंगो नेपालको जनपक्षीय पत्रकारीताको क्षेत्र र सम्पूर्ण संचार जगतमा अपुरणीय क्षती पुगेको छ । उहाँहरुको निधनले नेपाली पत्रकारिता क्षेत्रले अनुभवी, जुझारु र उर्जाशील युवा पत्रकार गुमाएको छ ।
२०४१ भदौ ७ गते जन्मनुभएका त्रिभुवन एक असल र कुशल पत्रकार, क्रान्तिकारी युवा हुनुहुन्थ्यो उहाँको श्रीमती, एक छोरा र आमा रहनुभएको छ । सानैदेखि क्रान्तिकारी विद्यार्थी संगठनमा आवद्ध भई राजनैतिक प्रेरणा प्राप्त गर्नुभएका उहाँ समाजसेवाका क्षेत्रमा पनि स्थापित युवा व्यक्तित्व हुनुहुन्थ्यो । उहाँ शनिबार केन्द्रीय कार्यालय काठमाडौंमा आयोजित उपलव्ध पदाधिकारी बैठकमा सहभागि भई आइतबार पोखरा फर्कनुभएको थियो । उहाँ पोखराबाट प्रकाशीत हुने हटलाइन दैनिक पत्रिकाको सम्पादक, प्रकाशक रहनुभएको थियो । उहाँ पत्रकारहरुको साझा संस्था नेपाल पत्रकार महासंघको केन्द्रीय सदस्य हुनुहुन्थ्यो भने अन्य विभिन्न मिडियाहरुमा आवद्ध हुनुहुन्थ्यो । साथै उहाँले पुर्व अर्थमन्त्री कृष्णबहादुर महराको प्रेस विज्ञको रुपमा पनि काम गर्नुभएको थियो । पोखरा हटलाइन दैनिकबाट पत्रकारिता सुरु गर्नुभएका पौडेलले अन्नपूर्ण एफएम र केही समय नेपाल टेलिभिजनमा स्ट्रीन्जरका रूपमा काम गर्नुभएको थियो । विभिन्न पत्रपत्रिकामा स्तम्भ र लेख लेख्दै आउनुभएको थियो ।
दुर्घटनामा ज्यान गुमाउने संगठनका उपाध्यक्ष त्रिभुवन पौडेल महानगरपालिका सदस्य अनिल शाही सहित सबै दिवंगत महानुभावहरुप्रति भावपूर्ण श्रद्धान्जली व्यक्त गर्दै शोक सन्तप्त परिवारजनमा शोकको घडिमा धैर्य धारण गर्ने शक्ति प्राप्त होस भन्दै हार्दिक समवेदना प्रकट गर्दछौं ।
उहाँको निधनपश्चात बसेको केन्द्रीय कार्यलयको आकस्मिक बैठकले माघ २ गते केन्द्रीय कार्यलय सहित देशभरका सबै कार्यलयहरुमा श्रद्धान्जली कार्यक्रम गर्ने र शोक पुस्तिका राखेर श्रद्धान्जली व्यक्त गर्ने तथा ३ दिन श्रद्धान्जलीबाहेकका अन्य गतिविधि नगर्ने र १३ दिनसम्म आफ्रना कुनै पनि औपचारिक कार्यक्रमहरु नगर्ने निर्णय गरेको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार