मुख्य समाचार
बर्दियाको ठाकुरबाबा र राजापुरका युवा महिलालाई व्यवसायमका लागि स्टार्ट–अप सहयोग | विश्व वातावरण दिवसमा जानकीमा हरियाली अभियान : कन्या विद्यालय परिसरमा रोपियो बिरुवा | दुई वर्षअघि भएको जसपा नेपाल विभाजन सर्वोच्चबाट बदर | मानव बेचबिखन नियन्त्रण समिति र बाल अधिकार समितिको समिक्षा गोष्ठी सम्पन्न | बर्दियाका तीन पालिककालाई विपद् जोखिम न्यूनीकरण सामग्री हस्तान्तरण | वडा सदस्य रामधिरज यादवको निधनमा जानकी गाउँपालिकामा सोमबार शोक बिदा | नेपालले पनि भारतको सीमा मिचेको छ : प्रधानमन्त्री शाह | मधुवन नगरपालिकामा ३ दिने ईसीडी शिक्षकहरूका लागि शैक्षिक सामग्री निर्माण तालिम सफलतापूर्वक सम्पन्न | यादव सेवा केन्द्रको अध्यक्षमा सोहनलाल यादव निर्विरोध, महासचिवमा मिश्रिलाल यादव चयन | ब्राजिल र दक्षिण अफ्रिकास्थित दूतावास बन्द नगर्न एनआरएनए पूर्व पदाधिकारीको आग्रह |

डीडीसीका कर्मचारीलाई नि:शुल्क दूध-घिउ सुविधा खारेज, वार्षिक करिब ३ करोड रुपैयाँ बचत हुने

यूथ टुडे समाचारदाता 3407+ समाचार ( )
२९ वैशाख २०८३, मङ्गलबार

काठमाडौँ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले दुग्ध विकास संस्थान (डीडीसी) भित्र लामो समयदेखि कायम रहँदै आएको कर्मचारीको नि:शुल्क दूध तथा घिउ उपभोग सुविधा हटाउने निर्णय गरेको छ। 

संस्थानको वित्तीय दबाब, किसानको बक्यौता समस्या तथा खर्च व्यवस्थापन सुधारलाई मध्यनजर गर्दै उक्त सुविधा अन्त्य गरिएको हो।

मन्त्रालयका अनुसार घाटामा सञ्चालन भइरहेको संस्थानमा एकातर्फ किसानले दूधको भुक्तानी समयमा नपाइरहेको अवस्था रहँदा अर्कोतर्फ कर्मचारी तहमा अतिरिक्त उपभोग सुविधा जारी रहेको पाइएपछि नीतिगत पुनरावलोकन गरिएको हो।

निर्णयसँगै डीडीसीका कर्मचारीहरूले दैनिक रूपमा दूध र मासिक रूपमा घिउ घर लैजाने अभ्यास रोकिएको छ। संस्थानका अनुसार यो व्यवस्था हटाउँदा वार्षिक करिब ३ करोड रुपैयाँ बराबरको खर्च बचत हुने अनुमान गरिएको छ।

बचत हुने उक्त रकमलाई अब किसानको बाँकी भुक्तानी चुक्ता गर्ने तथा दुग्ध उत्पादन र आपूर्ति प्रणाली सुदृढीकरणका कार्यक्रमहरूमा परिचालन गर्ने योजना रहेको डीडीसीले जनाएको छ।

सरकारी निकायहरूले यस कदमलाई संस्थानभित्रको अनुत्पादक खर्च नियन्त्रणतर्फको महत्वपूर्ण प्रयासका रूपमा लिएका छन्। यस निर्णयपछि डीडीसीको आर्थिक अनुशासन सुधार भई किसानमुखी कार्य प्रणाली सुदृढ हुने अपेक्षा गरिएको छ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार