मुख्य समाचार
नेपालगन्जका स्वास्थ्यकर्मीलाई कुपोषण व्यवस्थापन क्षमता अभिबृद्धि तालिम प्रदान | सुष्मा कोईराला मेमोरियल क्याम्पसको तिन दशक ः दुई हजार भन्दा बढी बिद्यार्थी उत्पादन | खजुरामा ‘कार्यस्थलमा हुने यौनजन्य दुव्र्यवहार निवारण आचारसंहिता सार्वजनिकीकरण | नेपालगञ्जमा अत्याधुनिक वाटर पार्क: गर्मी छल्न पौडी र डान्सको संगम | राष्ट्रिय सतर्कता केन्द्रले गर्यो ६३२ जना कर्मचारीलाई कारबाही | पहाडबाट हाटबजार आउनेको सम्झनामा नेपालगन्जमा प्रतिमा निर्माण | करिब १२ करोड रुपियाँको पाठ्यपुस्तक बिक्री | अमेरिका–इरान वार्तामा पाकिस्तानको सक्रियता | बाख्रासँगै आयआर्जनको आशा : जानकीमा ७० विपन्न परिवारलाई जीविकोपार्जनका लागि बाख्रा बितरण | सम्पत्ति विवरण संकलन तथा छानबिन गर्न ‘छानबिन आयोग’ गठन |

जेष्ठ नागरिकसंग गाउँपालिका अध्यक्ष विशेष कार्यक्रम शुरु

महमूद आलम खान 1132+ समाचार ( )
जेष्ठ नागरिकलाई सेवा कार्ड वितरण गर्दै गाउँपालिका अध्यक्ष नरेन्द्रकुमार चौधरी
५ कार्तिक २०७८, शुक्रबार

डुडुवा । डुडुवा गाउँपालिकाले जेष्ठ नागरिकसंग गाउँपालिका अध्यक्ष विशेष कार्यक्रम शुरु गरेको छ । गाउँपालिका अन्र्तगत रहेका जेष्ठ नागरिकहरुको घरमा पुगेर स्वास्थ्य उपचार तथा स्याहारका लागि यो कार्यक्रम शुरु गरिएको हो । 

गाउँपालिका अध्यक्ष नरेन्द्रकुमार चौधरीले आज शुक्रबार वडा नंं. २ को होलियास्थित खडैचा गाउँका जेष्ठ नागरिकलाई सेवा कार्ड वितरण गर्दै शुभारम्भ गर्नुभयो । शुभारम्भ गर्दै अध्यक्ष चौधरीले जेष्ठ नागरिकलाई घरमै पुगेर स्वास्थ्य उपचार तथा स्याहारसहितको सेवा उपलब्ध गराउने बताउनुभयो । 

अध्यक्ष चौधरीले भन्नुभयो–‘जेष्ठ नागरिक विरामी छन् भने स्वास्थ्यकर्मी घरमै पुग्छन् र घरमै उपचार गर्छन् । त्यहाँ सम्भव नभए गाउँपालिकाको स्वास्थ्य केन्द्रमा ल्याएर उपचार गर्छन् दुई–तीन दिन राख्दा पनि निको नभए नेपालगञ्जको भेरी अस्पतालमा लगेर उपचार गरिन्छ । उपचारमा लाग्ने सबै खर्च गाउँपालिकाले व्यहोर्छ ।’ उहाँले गाउँपालिका अन्र्तगत रहेका सम्पुर्ण जेष्ठ नागरिकसंग स्वास्थ्यकर्मीको टोली पुगेर स्वास्थ्य परिक्षण, औषधी वितरण, ल्याब टेस्ट, एम्बुलेन्स सेवा, तथा विशेषज्ञसहितको स्वास्थ्य सेवा निशुल्क रुपमा उपलब्ध गराउने बताउनुभयो । 

गाउँपालिकाले दलित, अशक्त तथा एकल महिलाको हकमा ६० वर्ष र अन्यको हकमा ७० वर्ष पुगेका नागरिकहरुलाई यो सेवा दिने गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख धनबहादुर बुढाले बताउनुभयो । उहाँका अनुसार गाउँपालिकाको वार्ड १ देखि ६ सम्म ७० वर्ष पुगेका एक हजार दुई सय ७२ जना छन् भने ६० वर्षलाई समेट्दा दुई हजार एक सय ३५ जना छन् । 

हाम्रो सामाजमा जेष्ठ नागरिकलाई घरपरिवारबाट सम्मान नगर्ने, शारिरीक अस्वस्थता, र उनीहरुको मानसिक समस्याको अन्त्य गर्नका लागि यो कार्यक्रम लागु गरिएको हो । आजदेखि सबै जेष्ठ नागरिकका घर घरमा पुगेर स्वास्थ्य परिक्षणसंगै स्वास्थ्य सेवा कार्ड वितरण गर्न शुरु गरिएको हो । गतवर्षबाटै शुरु भएको यो कार्यक्रम कोभिड–१९ का कारण प्रभावित भएको थियो भने यस वर्षदेखि प्रभावकारी रुपमा अघि बढाइनेछ । सो कार्यक्रमका लागि गाउँपालिकाले रु ३० लाख बजेट विनियोजन गरेको छ । 

गाउँपालिकाको बेतहनी स्वास्थ्य चौकीमा ५ बेडको सुविधा सम्पन्न जेष्ठ नागरिक उपचार तथा स्याहार केन्द्र पनि स्थापना गरिएको छ । गाउँपालिकामा ८ वटा स्वास्थ्य एकाइ रहेको छ भने तीन स्थानमा निशुल्क प्रयोगशालामार्फत स्वास्थ्य सेवा प्रदान गर्दै आएको स्वास्थ्य शाखाले जनाएको छ । 

गाउँपालिकाले विगतका वर्षदेखि नै घर घरमा स्वास्थ्य सेवा अभियान संचालन गरेपनि अहिले स्वास्थ्य क्षेत्रमा राम्रो सुधार भएको छ । स्वास्थ्य कार्यालय बाँकेले गरेको मुल्याकनका आधारमा अहिले डुडुवा बाँके जिल्लामै स्वास्थ्य क्षेत्रमा पहिलो भई उत्कृष्ट भएको छ । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार