मुख्य समाचार
विश्व वातावरण दिवसमा बर्दियामा विविध कार्यक्रमसहित अगुवालाई सम्मान | बर्दियाको ठाकुरबाबा र राजापुरका युवा महिलालाई व्यवसायमका लागि स्टार्ट–अप सहयोग | विश्व वातावरण दिवसमा जानकीमा हरियाली अभियान : कन्या विद्यालय परिसरमा रोपियो बिरुवा | दुई वर्षअघि भएको जसपा नेपाल विभाजन सर्वोच्चबाट बदर | मानव बेचबिखन नियन्त्रण समिति र बाल अधिकार समितिको समिक्षा गोष्ठी सम्पन्न | बर्दियाका तीन पालिककालाई विपद् जोखिम न्यूनीकरण सामग्री हस्तान्तरण | वडा सदस्य रामधिरज यादवको निधनमा जानकी गाउँपालिकामा सोमबार शोक बिदा | नेपालले पनि भारतको सीमा मिचेको छ : प्रधानमन्त्री शाह | मधुवन नगरपालिकामा ३ दिने ईसीडी शिक्षकहरूका लागि शैक्षिक सामग्री निर्माण तालिम सफलतापूर्वक सम्पन्न | यादव सेवा केन्द्रको अध्यक्षमा सोहनलाल यादव निर्विरोध, महासचिवमा मिश्रिलाल यादव चयन |

पत्रकार खनाललाई धम्क्याएको घटनाप्रति महासंघको आपत्ति

यूथ टुडे समाचारदाता 3408+ समाचार ( )
हिमालपोष्ट डटकममा प्रकाशित समाचारको विषयलाई लिएर पत्रिकाका सम्पादक मोति खनाललाई धम्क्याएको घटनाप्रति नेपाल पत्रकार महासंघले ध्यानाकर्षण भएको जनाएको छ ।
३० श्रावण २०७९, सोमबार

सर्लाही । हिमालपोष्ट डटकममा प्रकाशित समाचारको विषयलाई लिएर पत्रिकाका सम्पादक मोति खनाललाई धम्क्याएको घटनाप्रति नेपाल पत्रकार महासंघले ध्यानाकर्षण भएको जनाएको छ । 

हिमाल पोस्ट अनलाइनमा २०७९ साउन २६ गते सर्लाहीको बागमती नगरपालिकाका मेयर भरतकुमार थापाको बारेमा प्रकाशित समाचारलाई लिएर सम्पादक खनाललाई आफूलाई मेयरका भाइ बताउने रामकुमार थापासहित अन्य तीन जना व्यक्तिले थप सूचना दिने भनी बोलाएर समाचारको स्रोतबारे जानकारी नदिए या समाचार नसच्याए ‘जे पनि गर्नसक्ने’ भन्दै धम्क्याएको घटनाको महासंघले विज्ञप्ती जारी गर्दै भत्र्सना गरेको हो ।

नेपाल पत्रकार महासंघका सचिव गोविन्दप्रसाद चौलागाईंद्वारा जारी विज्ञप्तीमा भनिएको छ,’‘प्रकाशित समाचारप्रति चित्त नबुझे या गुनासो रहे त्यसउपर कानुनी उपचारमा जान सकिने मार्गप्रशस्त हुँदाहुँदै पत्रकारलाई यस किसिमले धम्काउने काम हुनु प्रेस स्वतन्त्रता विरोधी काम हो । महासंघ यो घटनाको कडा शब्दमा भर्त्सना गर्दै घटनामा संलग्न व्यक्तिहरूमाथि तत्काल कानुनी कारबाहीको प्रक्रिया अगाडि बढाउन र पत्रकारलाई निर्वाध र स्वतन्त्र रूपमा काम गर्ने वातावरण निर्माण गर्न सम्बन्धित निकायसँग माग गर्दछ ।’

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार