मुख्य समाचार
बर्दियाको ठाकुरबाबा र राजापुरका युवा महिलालाई व्यवसायमका लागि स्टार्ट–अप सहयोग | विश्व वातावरण दिवसमा जानकीमा हरियाली अभियान : कन्या विद्यालय परिसरमा रोपियो बिरुवा | दुई वर्षअघि भएको जसपा नेपाल विभाजन सर्वोच्चबाट बदर | मानव बेचबिखन नियन्त्रण समिति र बाल अधिकार समितिको समिक्षा गोष्ठी सम्पन्न | बर्दियाका तीन पालिककालाई विपद् जोखिम न्यूनीकरण सामग्री हस्तान्तरण | वडा सदस्य रामधिरज यादवको निधनमा जानकी गाउँपालिकामा सोमबार शोक बिदा | नेपालले पनि भारतको सीमा मिचेको छ : प्रधानमन्त्री शाह | मधुवन नगरपालिकामा ३ दिने ईसीडी शिक्षकहरूका लागि शैक्षिक सामग्री निर्माण तालिम सफलतापूर्वक सम्पन्न | यादव सेवा केन्द्रको अध्यक्षमा सोहनलाल यादव निर्विरोध, महासचिवमा मिश्रिलाल यादव चयन | ब्राजिल र दक्षिण अफ्रिकास्थित दूतावास बन्द नगर्न एनआरएनए पूर्व पदाधिकारीको आग्रह |

मंसिर २८ भित्रै एमसिसि पास गर्न अमेरिकाको ‘डेडलाइन’

महमूद आलम खान 1133+ समाचार ( )
नेपाल भ्रमणमा रहेका दक्षिण तथा मध्य एसिया मामिला हेर्ने अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लुले अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेसन (एससीसी) सम्झौता नेपालले लिने कि नलिने भन्ने मंसिर २८ अर्थात् डिसेम्बर १४ गतेसम्म टुंगो गर्न ‘डेडलाइन’ दिएका छन् ।
३ मंगशिर २०७८, शुक्रबार

काठमाडौँ । नेपाल भ्रमणमा रहेका दक्षिण तथा मध्य एसिया मामिला हेर्ने अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लुले अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेसन (एससीसी) सम्झौता नेपालले लिने कि नलिने भन्ने मंसिर २८ अर्थात् डिसेम्बर १४ गतेसम्म टुंगो गर्न ‘डेडलाइन’ दिएका छन् ।

मंसिर २८ गतेसम्म नेपालले एमसीसीबारे टुंगो नगरे अमेरिकाले यो सहयोग अन्यत्र लैजानेबारे विकल्प अघि बढाउने चेतावनी दिए । सत्तारुढ दल माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालसँगको शुक्रबारको भेटमा सहायक विदेशमन्त्री लुले समयसीमा तोकेर एमसीसीबारे निर्णय गर्न भनेका हुन् ।

‘एमसीसीबारेबारे तपाईंहरुले छिटो निर्णय गर्नुभएन भने हामी फिर्ता लैजान्छौं,’ लुले प्रचण्डलाई भने, ‘अरु देशले मागेका छन्, तपाईंहरुलाई धेरै कुर्न सक्दैनौँ, डिसेम्बर १४ सम्म यसबारे निर्णय भइसकोस्‘, दाहालसँगको भेटमा भएको कुराकानीबारे उनका स्वीकय सचिव रमेश मल्लले भने ।

भेटमा अध्यक्ष दाहालले स्पष्ट जवाफ दिएनन् । तर अध्यक्ष प्रचण्डले एमसीसीको सुरुको डकुमेन्ट परिवर्तन भएकोले शंका जन्माएको र त्यसले नेपालमै पनि विवाद सिर्जना गराउन भूमिका खेलेको बताएका थिए ।

उनले विदेशीहरू सहयोग लिने विषयमा नेपाल सकारात्मक नै रहेको तर एमसीसी सम्झौता कागजातका कारण नेपालमा अहिले बहस चलिरहेको बताएका थिए । दाहालले पहिले भएको सम्झौतामा पछि संसदीय अनुमोदनको कुरा जोडिएपछि नेपालमा बहस चलेको बताएका थिए । एमसीसी अनुमोदनको विषयमा माओवादी केन्द्रले यसअघि विरोध गरेको थियो ।

सहायमन्त्री लुले शुक्रबार प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीसँग पनि भेटेर एमसीसीको विषयमा प्रश्न गरेका थिए भने यसबारे एमालेको धारणा के हो भन्ने जिज्ञासा राखेका थिए ।

प्रचण्डले सम्झौताभन्दा पछाडि इन्डो प्यासिफिक सैन्य रणनीतिसँग जोडिएको विषयलाई संशोधन नगरेसम्म पास गर्न समस्या हुने बताएका थिए ।

‘हामी सबै देशसँग सहयोग लिन्छौँ, हामीलाई जसले गरेको सहयोग पनि स्वीकार छ तर, सर्त राखिएपछि समस्या हुन्छ त्यसले राष्ट्रिय सहमति नजुटाइ अघि बढ्नु राम्रो होइन,’ प्रचण्डले लुलाई जवाफ दिए । उनले एमसीसीको विषयलाई सकारात्मक ढंगले जानुपर्ने भएकोले दलहरुबीच छलफल गरेर मात्रै साझा निष्कर्ष निकाल्ने पनि बताए ।

‘पार्लियामेन्टमा गयो भने भोटिङ हुन्छ, यस र नो भन्ने हुन्छ, हामी दलहरूसँग छलफल गरेर साझा निष्कर्ष निकाल्छौँ, प्रचण्डले भने । प्रचण्डको सचिवालयले पनि अमेरिकी सहायक विदेशमन्त्रीसँगको भेटमा दुईदेशीय सहकार्य, नेपालीलाई रोजगारी दिने विषय र एमसीसीको विषयमा छलफल भएको जानकारी दिएको छ ।

लु सहितको टोली बुधबार तीन दिने नेपाल भ्रमणको लागि नेपाल भ्रमणमा आएको हो । टोलीले बिहीबार प्रधानमन्त्री शेरबहादुर देउवासँग भेट गरेको थियो ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार