मुख्य समाचार
विश्व वातावरण दिवसमा बर्दियामा विविध कार्यक्रमसहित अगुवालाई सम्मान | बर्दियाको ठाकुरबाबा र राजापुरका युवा महिलालाई व्यवसायमका लागि स्टार्ट–अप सहयोग | विश्व वातावरण दिवसमा जानकीमा हरियाली अभियान : कन्या विद्यालय परिसरमा रोपियो बिरुवा | दुई वर्षअघि भएको जसपा नेपाल विभाजन सर्वोच्चबाट बदर | मानव बेचबिखन नियन्त्रण समिति र बाल अधिकार समितिको समिक्षा गोष्ठी सम्पन्न | बर्दियाका तीन पालिककालाई विपद् जोखिम न्यूनीकरण सामग्री हस्तान्तरण | वडा सदस्य रामधिरज यादवको निधनमा जानकी गाउँपालिकामा सोमबार शोक बिदा | नेपालले पनि भारतको सीमा मिचेको छ : प्रधानमन्त्री शाह | मधुवन नगरपालिकामा ३ दिने ईसीडी शिक्षकहरूका लागि शैक्षिक सामग्री निर्माण तालिम सफलतापूर्वक सम्पन्न | यादव सेवा केन्द्रको अध्यक्षमा सोहनलाल यादव निर्विरोध, महासचिवमा मिश्रिलाल यादव चयन |

जानकी गाउँपालिकामा छोरी बचाउ होइन छोरा सम्झाउ कार्यक्रम लागू गर्ने गर्ने

यूथ टुडे समाचारदाता 3408+ समाचार ( )
जानकी गाउँपालिका बाँकेको १८औं गाउँसभा सुरु भएको छ ।
८ असार २०८२, आइतबार

बाँके । जानकी गाउँपालिका बाँकेको १८औं गाउँसभा सुरु भएको छ । "स्वास्थ्य, शिक्षा, कृषि, र पूर्वाधार: जानकी गाउँपालिकाको समृद्धिको आधार" भन्ने नाराका साथ गाउँसभा सुरु भएको हो ।

गाउँसभामा गाउँपालिका अध्यक्ष एवम् सभा अध्यक्ष छ्ब्बन खाँको आदेशानुसार प्रवक्ता टिकानाथ यादवले २०८२/०८३ को वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गर्नु भयो । वार्षिक नीति तथा कार्यक्रममा छोरी बचाउ होइन छोरा सम्झाउ कार्यक्रम लागू गर्ने, कृषि प्रोफाइल तयार गर्ने, युवा स्वरोजगार कार्यक्रम गर्ने, कृषक अनुदान कार्यक्रम संचालन गर्ने, स्थानीय उत्पादनहरुको बजारीकरण गर्ने, पशु अस्पताल बनाउने, पशुहरुलाई नि:शुल्क खोप लगाउने विषयमा जोड दिइएको छ । 

यस्तै अति विपन्नलाई उद्यमशिलताका लागि विशेष कार्यक्रम संचालन गर्ने, वेरोजगारीको तथ्यांक अद्यावधिक र विश्लेषण गर्ने, रोजगारी सिर्जनामा जोड दिने, सहकारीको नियमन र व्यवस्थापन गर्ने, परम्परागत संस्कार र संस्कृतिको संरक्षण र संवर्द्धन गर्ने, नमुना पार्क बनाउने, सबै स्वास्थ्य चौकीमा बर्थिङ सेन्टर विस्तार गर्ने, १५ शैयाको अस्पताल छिटो भन्दा छिटो संचालन गर्ने, सुत्केरीलाई उपाध्यक्ष कोशेली प्याकेज दिने, नसर्ने रोगको पहिचान गर्न ४० वर्ष माथिका सबैको स्वास्थ्य परीक्षण शिविर संचालन गर्ने विषय नीति तथा कार्यक्रममा समेटिएको छ ।

गुणस्तरीय र प्रविधिमैत्री शिक्षाका लागि पालिकाले बनाएको पञ्च वर्षीय नीतिलाई कार्यान्वयनमा जोड दिने, विद्यालय बाहिर रहेका बालबालिकाको पहिचान गरी विद्यालयसम्म ल्याउन र टिकाउन काम गर्ने, जग्गा नभएका र वडा कार्यालय नभएका वडामा जग्गा खरिद र कार्यालय निर्माण गर्ने, मूल सडकसंग जोडिने सहायक सडकहरुको स्तरोन्नति गर्ने, योगा हल निर्माण गर्ने, वृक्षारोपण गर्ने नीति अवलम्बन गर्ने, अनिवार्यरुपमा सम्पत्ति कर लागू गर्ने विषयलाई नीति तथा कार्यक्रममा जोड दिइएको छ । 

आर्थिक वर्ष २०८२/८३ को अनुमानित बजेट भने असार ९ गते सोमबार बस्ने गाउँसभाको अर्को वैठकमा पेश गरिने गाउँपालिका उपाध्यक्ष एवम् सभा उपाध्यक्ष रामप्यारी यादवले बताउनु भयो । गाउँसभाको संचालन प्रमुख प्रशासकीय अधिकृत एवम् सभाका सदस्य सचिव नर बहादुर विकले जानकारी दिनु भयो ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार