मुख्य समाचार
विश्व वातावरण दिवसमा बर्दियामा विविध कार्यक्रमसहित अगुवालाई सम्मान | बर्दियाको ठाकुरबाबा र राजापुरका युवा महिलालाई व्यवसायमका लागि स्टार्ट–अप सहयोग | विश्व वातावरण दिवसमा जानकीमा हरियाली अभियान : कन्या विद्यालय परिसरमा रोपियो बिरुवा | दुई वर्षअघि भएको जसपा नेपाल विभाजन सर्वोच्चबाट बदर | मानव बेचबिखन नियन्त्रण समिति र बाल अधिकार समितिको समिक्षा गोष्ठी सम्पन्न | बर्दियाका तीन पालिककालाई विपद् जोखिम न्यूनीकरण सामग्री हस्तान्तरण | वडा सदस्य रामधिरज यादवको निधनमा जानकी गाउँपालिकामा सोमबार शोक बिदा | नेपालले पनि भारतको सीमा मिचेको छ : प्रधानमन्त्री शाह | मधुवन नगरपालिकामा ३ दिने ईसीडी शिक्षकहरूका लागि शैक्षिक सामग्री निर्माण तालिम सफलतापूर्वक सम्पन्न | यादव सेवा केन्द्रको अध्यक्षमा सोहनलाल यादव निर्विरोध, महासचिवमा मिश्रिलाल यादव चयन |

बाँकेमा प्रशासनलाई ज्ञापनपत्र: शान्तिपूर्ण आन्दोलनलाई तोडफोड र आगजनीमा बदनाम नगर्न आग्रह

यूथ टुडे समाचारदाता 3408+ समाचार ( )
७ अशोज २०८२, मङ्गलबार

बाँके । जेन जेड आन्दोलनका क्रममा भएको तोडफोड र आगजनीका घटनाले जनमानसमा नकारात्मक प्रभाव पारेको भन्दै ‘नेपालगंजका युवा / जेन जेड बाँके’ ले प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बुझाएका छन्।

भदौ २३ र २४ गतेको आन्दोलन क्रममा भएको घटनामा मृतकप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकाकुल परिवारप्रति गहिरो समवेदना व्यक्त गरिएको ज्ञापनपत्रमा भ्रष्टाचार, बेथिति, विभेद र दमनविरुद्ध शान्तिपूर्ण आन्दोलनलाई तोडफोड, लुटपाट र आगजनीका नाममा बदनाम गर्ने प्रवृत्तिलाई रोक्न माग गरिएको छ।

ज्ञापनपत्रमा भनिएको छ, “जेन जेड आन्दोलन सामाजिक अन्याय र विभेदविरुद्धको शान्तिपूर्ण अभियान हो। तर कतिपय व्यक्तिहरूले तोडफोड र आगजनी गरेर आन्दोलनलाई अस्वाभाविक मोडमा धकेल्न खोजिरहेका छन्। प्रशासनले यसमा दोषीलाई पहिचान गरी कडा कारबाही गर्नुपर्छ।”

ज्ञापनपत्रमा भनिएको छ, “व्यक्तिगत मनोभावनामा ठेस पुर्‍याउने वा सामाजिक सद्भाव बिगार्ने कार्य तत्काल रोक्नुपर्छ। युवा पुस्ताले सदैव शान्तिपूर्ण ढंगले आफ्नो आवाज बुलन्द गर्दै आएको छ।”

युवाहरूले आगामी दिनमा पनि आन्दोलनलाई शान्तिपूर्ण ढंगले अघि बढाउने प्रतिबद्धता जनाउँदै प्रशासनलाई अविलम्ब कानूनी व्यवस्था अनुसार दोषीमाथि कारबाही गर्न माग गरेका छन् ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार