मुख्य समाचार
सुष्मा कोईराला मेमोरियल क्याम्पसको तिन दशक ः दुई हजार भन्दा बढी बिद्यार्थी उत्पादन | खजुरामा ‘कार्यस्थलमा हुने यौनजन्य दुव्र्यवहार निवारण आचारसंहिता सार्वजनिकीकरण | नेपालगञ्जमा अत्याधुनिक वाटर पार्क: गर्मी छल्न पौडी र डान्सको संगम | राष्ट्रिय सतर्कता केन्द्रले गर्यो ६३२ जना कर्मचारीलाई कारबाही | पहाडबाट हाटबजार आउनेको सम्झनामा नेपालगन्जमा प्रतिमा निर्माण | करिब १२ करोड रुपियाँको पाठ्यपुस्तक बिक्री | अमेरिका–इरान वार्तामा पाकिस्तानको सक्रियता | बाख्रासँगै आयआर्जनको आशा : जानकीमा ७० विपन्न परिवारलाई जीविकोपार्जनका लागि बाख्रा बितरण | सम्पत्ति विवरण संकलन तथा छानबिन गर्न ‘छानबिन आयोग’ गठन | ट्राफिक प्रहरीले काट्यो सभामुखको गाडीलाई चिट |

डुडुवामा सुत्केरी पछि महिलाको घरमै पुगेर चेकजाँच गर्दै स्वास्थ्यकर्मीहरु

यूथ टुडे समाचारदाता 3305+ समाचार ( )
६ भाद्र २०८१, बिहीबार

बाँके । बाँकेको डुडुवा गाउँपालिकाको होलिया स्वास्थ्य चौकीले सुत्केरी पछि महिलाको घरमै पुगेर चेकजाँच थालेको छ । स्थानीय स्तरमै स्वास्थ्य सेवा प्रदान गर्ने भन्दै स्वास्थ्य चौकी होलियाले स्वास्थ्यकर्मीहरू सहितको टोली सुत्केरी आमाको घरमै पुगेर चेकजाँच सेवा दिएको स्वास्थ्य चौकी इन्चार्ज कमल उपाध्यक्षले बताउनु भयो । 

सुत्केरी र नवजात शिशुमा विभिन्न खालका रोगको सङ्क्रमणको जोखिम उच्च हुने भएकाले घरमै स्वास्थ्यकर्मी परिचालन गरी सेवा प्रदान गरेको स्वास्थ्य चौकी होलियाका सि.अनमी सीमा घर्तिमगर खानले जानकारी दिनु भयो । खानका अनुसार सुत्केरी पश्चात् हुने सुत्केरी आमा तथा नवजात शिशुको स्वास्थ्यलाई मध्यनजर गरी यो कामको थालनी गरेको हो ।

सुत्केरी पछि रगत बग्ने, ज्वरो आउने, बच्चाको स्वास्थ्य अवस्थाको जानकारी लिनको लागी हामीले नियमित रुपमा सुत्केरीको घरमै पुगेर चेकजाँच गर्न सुरु गरेको सि. अनमी खानको भनाइ थियो।

गर्भवती महिलालाई नियमित चेकजाँच र पोषिलो खाने कुरा खानु पर्छ भन्ने सल्लाह दिनुका साथै आइरन चक्की दिने गरेका छौँ नियमित गर्भ परिक्षण सेवाले मातृ मृत्युदर घटाउन सहयोग पुग्ने खानले बताउनु भयो। ‘पालिकाकाले गर्भवती महिलाको निःशुल्क गर्भ परिक्षण सेवा ‘नेपाल सरकारको प्रोटोकल अनुसार सुत्केरी भएको २४ घण्टा ३ दिन र ७ दिनमा जाँच गराउनु पर्ने भएकाले आमा र शिशुको स्वास्थ्य चेकजाँच गर्न स्वास्थ्यकर्मी घर घरमा पठाइएको पालिकाका स्वास्थ्य संयोजक हेमन्त शर्माले बताउनु भयो ।

स्वास्थ्य संस्थाले घरमै स्वास्थ्य सेवा दिँदा निकै सहज भएको सुत्केरी सेराजुन खानले बताउनु भयो । गाउँघरबाटै स्वास्थ्य सेवा पाएपछि स्वास्थ्य अवस्था प्रतिको डर, त्रास पनि कम भएको सेराजुनको भनाइ थियो ।

डुडुवामा सुरक्षित मातृत्व कार्यक्रमअन्तर्गत आमा र नवजात शिशुलाई घरदैलोमा सेवा दिन गाउँपालिका अध्यक्ष नरेन्द्र चौधरीले बताउनु भयो । आधारभूत मातृ शिशु स्याहार कार्यक्रममार्फत मातृ मृत्युदर न्यूनीकरणमा पालिका सक्रिय भएको छ । नवजात शिशु र आमाको स्वास्थ्य अवस्था बुझ्न सुत्केरीको घरघरमा स्वास्थ्यकर्मी पुग्दा सेवा निकै प्रभावकारी भइरहेको अध्यक्ष चौधरीले बताउनु भयो । साभारः रेडियो नेपाल 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार