मुख्य समाचार
नेपालगन्जका स्वास्थ्यकर्मीलाई कुपोषण व्यवस्थापन क्षमता अभिबृद्धि तालिम प्रदान | सुष्मा कोईराला मेमोरियल क्याम्पसको तिन दशक ः दुई हजार भन्दा बढी बिद्यार्थी उत्पादन | खजुरामा ‘कार्यस्थलमा हुने यौनजन्य दुव्र्यवहार निवारण आचारसंहिता सार्वजनिकीकरण | नेपालगञ्जमा अत्याधुनिक वाटर पार्क: गर्मी छल्न पौडी र डान्सको संगम | राष्ट्रिय सतर्कता केन्द्रले गर्यो ६३२ जना कर्मचारीलाई कारबाही | पहाडबाट हाटबजार आउनेको सम्झनामा नेपालगन्जमा प्रतिमा निर्माण | करिब १२ करोड रुपियाँको पाठ्यपुस्तक बिक्री | अमेरिका–इरान वार्तामा पाकिस्तानको सक्रियता | बाख्रासँगै आयआर्जनको आशा : जानकीमा ७० विपन्न परिवारलाई जीविकोपार्जनका लागि बाख्रा बितरण | सम्पत्ति विवरण संकलन तथा छानबिन गर्न ‘छानबिन आयोग’ गठन |

स्थानीय तह निर्वाचनमा ६४ प्रतिशत मतदान

महमूद आलम खान 1132+ समाचार ( )
पत्रकार सम्मेलनमा बोल्दै निर्वाचन आयोगका प्रमुख आयुक्त दिनेशकुमार थपलियाले भने– ‘प्रारम्भिक जानकारीअनुसार ६४ प्रतिशत मात्र मतदान भएको छ । यो हामीले अपेक्षा गरेकोभन्दा कम संख्याको मतदान हो ।
३० वैशाख २०७९, शुक्रबार

बाँके । स्थानीय तह निर्वाचनमा ६४ प्रतिशत मतदान भएको निर्वाचन आयोगले जानकारी दिएको छ । तर, आयोगले अपेक्षा गरेकोभन्दा यो कम मतदान हो ।

स्थानीय तह निर्वाचनमा मतदानका लागि तोकिएको समय सकिएपछि पत्रकार सम्मेलन गर्दै निर्वाचन आयोगले ६४ प्रतिशत मात्र मतदान भएको जानकारी दिएको हो ।

निर्वाचन आयोग आफैले पनि ६४ प्रतिशत मात्र मत खसेको भन्दै चिन्ता व्यक्त गरेको छ । पत्रकार सम्मेलनमा बोल्दै निर्वाचन आयोगका प्रमुख आयुक्त दिनेशकुमार थपलियाले भने– ‘प्रारम्भिक जानकारीअनुसार ६४ प्रतिशत मात्र मतदान भएको छ । यो हामीले अपेक्षा गरेकोभन्दा कम संख्याको मतदान हो । यस विषयमा हामी चिन्तित छौं ।’

निर्वाचन आयोगले स्थानीय तह निर्वाचनमा ७२ प्रतिशतसम्म मतदान हुने प्रक्षेपण गरेको थियो । तर, सोअनुसार मतदान नभएको हो ।

ठूलो जनघनत्व भएको स्थानीय तहहरुमै अपेक्षाकृत मतदान नभएका कारण ६४ प्रतिशत मात्र मतदान भएको आयोगको ठहर रहेको छ ।

प्रमुख आयुक्त थपलियाले भने– ‘हामीले काठमाडौं जस्तो ठूलो जनघनत्व भएको स्थानीय तहमा धेरै मतदान हुने अपेक्षा गरेका थियौं । तर, काठमाडौंमा पनि अपेक्षाकृत मतदान भएन । त्यसैले आयोगले सोचे जति मतदान नभएको हो ।’

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार