मुख्य समाचार
बर्दियाको ठाकुरबाबा र राजापुरका युवा महिलालाई व्यवसायमका लागि स्टार्ट–अप सहयोग | विश्व वातावरण दिवसमा जानकीमा हरियाली अभियान : कन्या विद्यालय परिसरमा रोपियो बिरुवा | दुई वर्षअघि भएको जसपा नेपाल विभाजन सर्वोच्चबाट बदर | मानव बेचबिखन नियन्त्रण समिति र बाल अधिकार समितिको समिक्षा गोष्ठी सम्पन्न | बर्दियाका तीन पालिककालाई विपद् जोखिम न्यूनीकरण सामग्री हस्तान्तरण | वडा सदस्य रामधिरज यादवको निधनमा जानकी गाउँपालिकामा सोमबार शोक बिदा | नेपालले पनि भारतको सीमा मिचेको छ : प्रधानमन्त्री शाह | मधुवन नगरपालिकामा ३ दिने ईसीडी शिक्षकहरूका लागि शैक्षिक सामग्री निर्माण तालिम सफलतापूर्वक सम्पन्न | यादव सेवा केन्द्रको अध्यक्षमा सोहनलाल यादव निर्विरोध, महासचिवमा मिश्रिलाल यादव चयन | ब्राजिल र दक्षिण अफ्रिकास्थित दूतावास बन्द नगर्न एनआरएनए पूर्व पदाधिकारीको आग्रह |

दाङको विकट बस्तीमा पुगेर असल छिमेकीले दियो स्वास्थ्य सेवा

यूथ टुडे समाचारदाता 3407+ समाचार ( )
५ मंगशिर २०८०, मङ्गलबार

दाङ । नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १०, सदरलाइनस्थित असल छिमेकी सामुदायिक हस्पिटलद्वारा संचालित असल छिमेकी सामुदायिक पोलिक्लिनिकले दाङका विभिन्न स्थानमा निस्शुल्क स्वास्थ्य शिविर संचालन गरेको छ । दाङको राजपुर गाउँपालिकाको वडा नम्बर ६ को अति विकट स्थान गौरीया नाका र गङ्दी खोला गाउँमा नाक, कान, घाँटी तथा दाँत सम्बन्धि रोगको निस्शुल्क स्वास्थ्य शिविर संचालन गरेको अस्पतालले जनाएको छ । अस्पतालले आइतबार गौरीया नाकामा पुगेर निस्शुल्क स्वास्थ्य शिविर संचालन गरेको हो ।

त्यहाँ विभिन्न रोगका ८० जना विरामीलाई स्वास्थ्य सेवा प्रदान गरिएको र विरामीहरुको निस्शुल्क रुपमै प्रेसर सुगर जाँच गरी आवश्यक औषधि पनि निस्शुल्क नै वितरण गरेको अस्पतालले जनाएको छ । त्यसैगरी सोमबारका दिन गङदी खोला गाउँमा संचालन गरेको शिविरमा १ सय २० जना विरामीलाई निस्शुल्क रुपमा सुगर प्रेसर जाँच लगायतका स्वास्थ्य चेकजाँच गरी आवश्यक औषधि निस्शुल्क रुपमै वितरण गरिएको अस्पतालले जनाएको छ ।  

निस्शुल्क रुपमै स्वास्थ्य जाँच र औषधि पाएपछि स्थानीय खुशी भएका थिए । विकट ठाउँमा पनि अस्पतालका डाक्टरसहितको टोली आएर औषधि उपचार गरिदिएको भन्दै डाक्टर र अस्पताललाई स्थानीयले धन्यवाद दिएका थिए । नाक, कान तथा घाँटी रोग विशेषज्ञ डा।प्रकाश बसेलको नेतृत्वमा रहेको चिकित्सकको टोलीले विरामीलाई निशुल्क रुपमा स्वास्थ्य सेवा प्रदान गरेको अस्पतालले जनाएको छ । अस्पतालले बाँके जिल्ला लगायत विभिन्न जिल्लामा पुगेर गरीव निमुखा तथा स्वास्थ्य सेवाको पहुँचबाट टाढा रहेका नेपाली नागरिकको निस्शुल्क स्वास्थ्य जाँच र निस्शुल्क रुपमै औषधि वितरण गर्दै आएको जनाएको छ । राजपुरको ६ नम्बर वडाको गौरीया नाकासम्म पुग्नकालागि गङ्दीबाट ८ घण्टाको पैदल यात्रा गरेर भरीयामार्फत औषधि बोकाएर चिकित्सकको टोली अस्पतालले त्यहाँ पुराएको थियो ।  

गरिव तथा निमुखा नागरिकका लागि सामाजिक उत्तरदायित्व अन्तर्गत संचालन गरिएको निस्शुल्क स्वास्थ्य शिविर कार्यक्रम विभिन्न जिल्लामा निरन्तर रुपमा जारी रहने अस्पतालले जनाएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार