मुख्य समाचार
बर्दियाको ठाकुरबाबा र राजापुरका युवा महिलालाई व्यवसायमका लागि स्टार्ट–अप सहयोग | विश्व वातावरण दिवसमा जानकीमा हरियाली अभियान : कन्या विद्यालय परिसरमा रोपियो बिरुवा | दुई वर्षअघि भएको जसपा नेपाल विभाजन सर्वोच्चबाट बदर | मानव बेचबिखन नियन्त्रण समिति र बाल अधिकार समितिको समिक्षा गोष्ठी सम्पन्न | बर्दियाका तीन पालिककालाई विपद् जोखिम न्यूनीकरण सामग्री हस्तान्तरण | वडा सदस्य रामधिरज यादवको निधनमा जानकी गाउँपालिकामा सोमबार शोक बिदा | नेपालले पनि भारतको सीमा मिचेको छ : प्रधानमन्त्री शाह | मधुवन नगरपालिकामा ३ दिने ईसीडी शिक्षकहरूका लागि शैक्षिक सामग्री निर्माण तालिम सफलतापूर्वक सम्पन्न | यादव सेवा केन्द्रको अध्यक्षमा सोहनलाल यादव निर्विरोध, महासचिवमा मिश्रिलाल यादव चयन | ब्राजिल र दक्षिण अफ्रिकास्थित दूतावास बन्द नगर्न एनआरएनए पूर्व पदाधिकारीको आग्रह |
मुख्य समाचार
बर्दियाको ठाकुरबाबा र राजापुरका युवा महिलालाई व्यवसायमका लागि स्टार्ट–अप सहयोग | विश्व वातावरण दिवसमा जानकीमा हरियाली अभियान : कन्या विद्यालय परिसरमा रोपियो बिरुवा | दुई वर्षअघि भएको जसपा नेपाल विभाजन सर्वोच्चबाट बदर | मानव बेचबिखन नियन्त्रण समिति र बाल अधिकार समितिको समिक्षा गोष्ठी सम्पन्न | बर्दियाका तीन पालिककालाई विपद् जोखिम न्यूनीकरण सामग्री हस्तान्तरण | वडा सदस्य रामधिरज यादवको निधनमा जानकी गाउँपालिकामा सोमबार शोक बिदा | नेपालले पनि भारतको सीमा मिचेको छ : प्रधानमन्त्री शाह | मधुवन नगरपालिकामा ३ दिने ईसीडी शिक्षकहरूका लागि शैक्षिक सामग्री निर्माण तालिम सफलतापूर्वक सम्पन्न | यादव सेवा केन्द्रको अध्यक्षमा सोहनलाल यादव निर्विरोध, महासचिवमा मिश्रिलाल यादव चयन | ब्राजिल र दक्षिण अफ्रिकास्थित दूतावास बन्द नगर्न एनआरएनए पूर्व पदाधिकारीको आग्रह |


तीन दिने प्रार्थना सभा सम्पन्न, के के हुन्छ ख्रीष्टियनको ‘प्रार्थना सभा’मा ?

यूथ टुडे समाचारदाता 3407+ समाचार ( )
२० कार्तिक २०८१, मङ्गलबार

नेपालगन्ज । भर्खरै मात्र नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १० स्थित गोष्पल एसेम्बली चर्चको आयोजनामा तीनदिने ‘प्रार्थना सभा’ (आत्मिक जागृति तथा चङ्गाई सम्मेलन २०८१) सम्पन्न भएको छ । कार्तिक १६ गते सुरुभएको प्रार्थना सभा १८ गते सम्पन्न भएको हो । 

चर्चले हरेक वर्ष हिन्दु धर्मावलम्बीहरुको चाड दसैँ तथा तिहारको समयमा उक्त ‘प्रार्थना सभा’को आयोजना गर्दै आएको छ । सभामा भाग लिन देशका विभिन्न जिल्लाबाट हजारौँ इसाई धर्मावलम्बीहरु आउने गर्दछन् । यस वर्ष पनि बाँके, बर्दिया, कैलाली, कञ्चनपुर, दाङ, कपिलवस्तु, रुपन्देही, काठमाडौं, सुर्खेत, दैलेख, कालिकोट, मुगु, जुम्ला लगायतका जिल्लाका विभिन्न स्थानबाट हजारौँ इसाई धर्मावलम्बीहरु उक्त सभामा भाग लिन आएका थिए । 

यस वर्षको ‘प्रार्थना सभा’मा सयौँ बसमा २० हजार बढी इसाई धर्मावलम्बीहरुको उपस्थिती रहेको बताउनुहुन्छ एपोस्टल केबी बसेल । बसेलका अनुसार सभामा देशमा शान्ति, समृद्धि र सुख होस भन्ने कामनाका साथ प्रार्थना हुने गर्दछ, देशका सबै जनताका लागि प्रार्थना हुने गर्दछ । परमेश्वरका एक मात्र पुत्र प्रभु येशूको नाममा प्रार्थना हुने गर्दछ ।

इसाईहरु पिता परमेश्वर, पुत्र परमेश्वर र पवित्र आत्मामा विश्वास गर्ने गर्दछन् । प्रभु येशूका नामबाट सबैलाई सुख, शान्ति र समृद्धिका लागि कामना गर्दै सामुहिक प्रार्थना गर्ने गरिन्छ । सभामा भाग लिन विशुद्ध इसाई धर्मावलम्बीहरु मात्र सहभागी हुने गर्दछन् । कार्यक्रम समय अवधिभरी प्रार्थना, आराधना, वचन (प्रवचन) का साथै सङ्गती गर्ने गरिन्छ । 

“हामीले हरेक वर्ष दसैँ र तिहारको छुट्टीको समयमा ‘प्रार्थना सभा’को आयोजना गर्ने गर्दर्छाैँ, यस समयमा विभिन्न कामकाज गर्ने इसाई जनहरुको पनि बिदा हुने गर्दछ, उहाँहरु सहभागी हुन सहज होस भनेर यो समय रोज्ने गरेका हौँ ।” एपोस्टल बसेलले भन्नुभयो, “हामीले अन्य कसैको धर्म, संस्कृति, चाडवाडप्रति लक्षित गरेर यो समय रोजेका होइनौँ, हामीले सबै धर्म सम्प्रदाय समुदायलाई हृदयबाट सम्मान गर्दर्छौँ, उहाँहरुको रीतिरिवाज, संस्कृति, संस्कारलाई हामीले सम्मानका साथ आदर गर्दर्छौँ, उहाँहरु सबैका लागि हामीले अन्तरमनदेखि प्रार्थना गरिरहेका हुन्छौँ ।” प्रार्थना सभामा आउने कतिपय रोगी बिरामीहरु प्रभु येशूका नाममा निको भएर घर फर्किने गरेको उहाँ बताउनुहुन्छ । “प्रभु येशूका नाममा बिरामीहरुले हृदयदेखि विश्वास गर्दा जस्तोसुकै रोग पनि निको हुन्छ, त्यो विशुद्ध विश्वासले मात्र हुन्छ, आत्मविश्वास, बलियो विश्वासले मात्र धेरै रोगी बिरामीहरुले रोगबाट मुक्ती पाउने गर्नुहुन्छ, त्यो केवल विश्वासले मात्र हो ।” उहाँले भन्नुभयो । 

यस्तै अर्का एपोस्टल सुशिला बसेलले भनुभयो, ´हामी ३० बर्षदेखि यस्ता सम्मेलन गर्दै आएका छौँ । यो हाम्रो संस्कृति हो ।` दशैँ तिहारमा किन यस्ता सम्मेलन गर्नुहुन्छ ? भन्ने प्रश्नको जवाफमा एपोस्टल बसेलले थप्नुभयो,´यो समय हाम्रो लागि उपयुक्त हुन्छ । सरकारी गैरसरकारी कार्यालय बिदा हुन्छन् त्यसैले सबै इसाईहरुको लागि भेटघाट र प्रार्थना गर्न सजिलो हुनेभएकोले यहीँ समय छान्ने गरेका छौँ । फेरि सयौं बर्षदेखि प्रार्थना सम्मेलन गर्दै आएका छौँ । अरुकुनै स्वार्थ छैन । हामी धर्ममा विश्वास गर्दैनौं । सत्यबाटो अवलम्बन गर्छौं ।` 

तीन दिने सम्मेलनमा संस्कृतिक नाच गीत गाँउदै सम्मेलन भब्यरुपमा सम्पन्न गरेको सम्मेलनमा उपस्थित सुर्खेत इसाई समाजका अध्यक्ष रेभरेन्ड पदम गैरेले बताउनु भयो । सम्मेलनमा हजार भन्दा बढी पास्टर अगुवाहरुले आअफ्ना चर्चका विश्वासीहरुलाई अगुवाई गर्नुभएको थियो । सम्मेलनमा सय भन्दा बढी शिविर थिए । आ-आफ्ना शिविरमा छुट्टाछुट्टै खाना पकाउने भान्सा बनाइएका थिए । बिहान ६ बजेदेखि साझ ४ बजेसम्म ५ वटा सेसन सन्चालन भएको दाङका पास्टर रन्जित चौधरीले बताउनु भयो । 

हजारौँ व्यक्तिहरु सहभागी हुने प्रार्थना सभामा गीत सङ्गीत, आराधना, प्रार्थना तथा पवित्र धर्मशास्त्र बाइबलको वचनद्वारा धेरै रोगी बिरामीहरु निको हुने र चङ्गाई पाउने गर्दछन्, सभालाई सम्बोधन गर्न देशकै मात्र नभएर विदेशका समेत वक्ताहरुको सहभागिता रहने गर्दछ । उहाँहरुको वचनले मनमा शान्ति हुने, खुसी छाउने र जीवन नै परिवर्तन हुन्छ । इसाई धर्मावलम्बीहरुले धर्म परिवर्तन गराउँदैनन्, उनीहरुले कहिले कसैलाई जबरजस्ती गर्दैनन्, यस धर्मप्रति आकर्षित हुनेहरुले प्रभु येशु ख्रीष्टका नाउँमा आफ्नो जीवन परिवर्तन गर्दछन्, सुख शान्ति र आनन्दको जीवन बिताउँछन् । 

इसाई धर्मावलम्बीहरु अनुशासित, इमान्दार र विश्वासी हुन्छन्, बीसौँ हजार जना एक ठाउँमा भेला हुँदा पनि कहीँ कतै हल्लाखल्ला गर्ने, बाहिर निस्किने, प्रदर्शन गर्ने गर्दैनन् । अनुशासनले उनीहरुलाई बाँधेको हुन्छ । कहिँ कतै जथाभावी फोहोर गर्दैनन् । अरुको धर्म र आस्थाप्रति ठेंस पुराउने अभिव्यक्ति दिँदैनन, उल्टै उनीहरु सबैका लागि प्रार्थना गर्दछन् । 

सबै धर्म र आस्था मान्नेहरुप्रति सम्मान गर्दै उनीहरुको स्वास्थ्य र असल जीवनका लागि सदैव प्रार्थना गर्ने गर्दछन् ।

प्रतिक्रिया

dhan raj rawal २० कार्तिक २०८१, मङ्गलबार

फेरि पनि हरेक वर्ष तिनदिने पारथना सभा हुदै जावस परमेशवर लाइ धनयवाद

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार