मुख्य समाचार
बर्दियाको ठाकुरबाबा र राजापुरका युवा महिलालाई व्यवसायमका लागि स्टार्ट–अप सहयोग | विश्व वातावरण दिवसमा जानकीमा हरियाली अभियान : कन्या विद्यालय परिसरमा रोपियो बिरुवा | दुई वर्षअघि भएको जसपा नेपाल विभाजन सर्वोच्चबाट बदर | मानव बेचबिखन नियन्त्रण समिति र बाल अधिकार समितिको समिक्षा गोष्ठी सम्पन्न | बर्दियाका तीन पालिककालाई विपद् जोखिम न्यूनीकरण सामग्री हस्तान्तरण | वडा सदस्य रामधिरज यादवको निधनमा जानकी गाउँपालिकामा सोमबार शोक बिदा | नेपालले पनि भारतको सीमा मिचेको छ : प्रधानमन्त्री शाह | मधुवन नगरपालिकामा ३ दिने ईसीडी शिक्षकहरूका लागि शैक्षिक सामग्री निर्माण तालिम सफलतापूर्वक सम्पन्न | यादव सेवा केन्द्रको अध्यक्षमा सोहनलाल यादव निर्विरोध, महासचिवमा मिश्रिलाल यादव चयन | ब्राजिल र दक्षिण अफ्रिकास्थित दूतावास बन्द नगर्न एनआरएनए पूर्व पदाधिकारीको आग्रह |

लुम्बिनी प्रदेशस्तरीय दुई दिने सुरक्षा गोष्ठी नेपालगन्जमा सुरु

यूथ टुडे समाचारदाता 3407+ समाचार ( )
१० फाल्गुन २०८०, बिहीबार

बाँके । लुम्बिनी प्रदेशस्तरीय दुई दिने सुरक्षा गोष्ठी नेपालगञ्जमा बिहिबारबाट सुरु भएको छ। संघीय सरकारको गृह मन्त्रालय र प्रदेशको गृह मन्त्रालयको आयोजनामा गोष्ठी भएको हो। लुम्बिनी प्रदेशका गृह मन्त्री सन्तोष पाण्डेको अध्यक्षतामा सुरु भएको गोष्ठीमा १२ वटै जिल्लाका नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी, राष्ट्रिय अनुसन्धानका प्रमुखहरू, प्रदेशस्तरका सुरक्षा निकायका प्रमुखको सहभागिता रहेको छ।

गोष्ठीमा प्रदेशका १२ वटै जिल्लाको शान्ति सुरक्षाको अवस्था, नागरिकता, राहदानी वितरण, अपराध नियन्त्रणको योजना र उपायहरु, भारत र नेपालको सीमाना सम्बन्धि समस्या तथा समाधानबारे समिक्षा हुने स्रोतले जनाएको छ।

गोष्ठीको गृहमन्त्री नारायणकाजी श्रेष्ठले उद्घाटन गर्नु भएको उहाँका प्रेस सल्लाहकार कमल गिरिले जानकारी दिनु भयो । प्रदेशभित्रको सुरक्षा रणनीतिबारेमा गृहमन्त्री श्रेष्ठले विशेष निर्देशन दिँदै संघर्षको बलमा निर्माण भएको संविधानले रक्षाका निम्ती गम्भीर भएर लाग्न आग्रह गर्नु भएको थियो ‌। बिहिबार सुरु भएको बैठकमा प्रदेशका सहरी विकासमन्त्री कृष्ण केसीले पनि सहभागिता जनाउनु भएको छ । बैठकले लुम्बिनी प्रदेशको सुरक्षा अवस्थाको विश्लेषण गर्दै आगामी सशक्त योजना तयार पार्ने तयारी छ। बैठकको पहिलो दिन चारवटै सुरक्षा निकाय(जनपथ प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना र राष्ट्रिय अनुसन्धान) तथा गृह मन्त्रालयका महाशाखा प्रमुखहरुले सुरक्षाको अवस्था र चालिएका कदमहरुबारे प्रतिवेदन पेस गर्ने बताइएको छ ।

गोष्ठीमा गृह मन्त्रालयका उच्च पदाधिकारीहरु लगायतको सहभागिता रहेको बाँकेका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोख्रेलले जानकारी दिनु भयो । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार