मुख्य समाचार
बर्दियाको ठाकुरबाबा र राजापुरका युवा महिलालाई व्यवसायमका लागि स्टार्ट–अप सहयोग | विश्व वातावरण दिवसमा जानकीमा हरियाली अभियान : कन्या विद्यालय परिसरमा रोपियो बिरुवा | दुई वर्षअघि भएको जसपा नेपाल विभाजन सर्वोच्चबाट बदर | मानव बेचबिखन नियन्त्रण समिति र बाल अधिकार समितिको समिक्षा गोष्ठी सम्पन्न | बर्दियाका तीन पालिककालाई विपद् जोखिम न्यूनीकरण सामग्री हस्तान्तरण | वडा सदस्य रामधिरज यादवको निधनमा जानकी गाउँपालिकामा सोमबार शोक बिदा | नेपालले पनि भारतको सीमा मिचेको छ : प्रधानमन्त्री शाह | मधुवन नगरपालिकामा ३ दिने ईसीडी शिक्षकहरूका लागि शैक्षिक सामग्री निर्माण तालिम सफलतापूर्वक सम्पन्न | यादव सेवा केन्द्रको अध्यक्षमा सोहनलाल यादव निर्विरोध, महासचिवमा मिश्रिलाल यादव चयन | ब्राजिल र दक्षिण अफ्रिकास्थित दूतावास बन्द नगर्न एनआरएनए पूर्व पदाधिकारीको आग्रह |

संयुक्त राष्ट्रसंघीय महासभामा सहभागी हुन प्रधानमन्त्री प्रचण्ड भदौ ३० गते अमेरिका जाने

यूथ टुडे समाचारदाता 3407+ समाचार ( )
२१ भाद्र २०८०, बिहीबार

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ यही भदौ ३० गते ७८औँ संयुक्त राष्ट्रसंघीय महासभामा सहभागी हुन अमेरिका प्रस्थान गर्दैछन् । प्रधानमन्त्री प्रचण्डसँग महासभामा जाने टोलीसमेत तय भएको छ ।

परराष्ट्रमन्त्री एनपी साउदले बिहीबार प्रतिनिधिसभा अन्तर्गत अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समिति बैठकमा सो जानकारी दिएका हुन् । अमेरिकाको न्यूयोर्कस्थित संयुक्त राष्ट्रसंघको मुख्यालयमा आयोजना हुने महासभामा प्रधानमन्त्री प्रचण्डसहित परराष्ट्रमन्त्री नारायणप्रकाश साउद, प्रधानमन्त्रीका मुख्य राजनीतिक सल्लाहकार हरिबोल गजुरेल, प्रधानमन्त्रीका स्वकीय सचिव गंगा दाहाल, राष्ट्रिय सुरक्षा सल्लाहकार शंकरदास बैरागी, मुख्य सचिव बैकुण्ठ अर्याल र परराष्ट्र सचिव भरतराज पौड्याल सहभागी हुन त्यसतर्फ जाँदैछन् ।

यस्तै, नेपाल सरकारका उच्चपदस्थ पदाधिकारीसहितको उक्त प्रतिनिधिमण्डलमा संयुक्त राज्य अमेरिकाका लागि नेपालका राजदूत, संयुक्त राष्ट्रसंघका लागि नेपाली स्थायी प्रतिनिधि, न्यूयोर्कस्थित महावाणिज्यदूतावासका पदाधिकारीलगायत नेपालबाट मिडिया प्रतिनिधिसमेत रहने परराष्ट्रमन्त्री साउदले जानकारी गराए ।

प्रधानमन्त्री प्रचण्डले संयुक्त राष्ट्रसंघीय महासभाको ७८औँ उच्चस्तरीय छलफललाई असोज ४ गते नेपालको तर्फबाट सम्बोधन गर्ने मन्त्री साउदले जानकारी दिए । मन्त्री साउदका अनुसार प्रधानमन्त्री भदौ ३० देखि असोज ४ (तदनुसार १६ देखि २१ सेप्टेम्बर २०२३) सम्म संयुक्त राज्य अमेरिकाको भ्रमणमा रहने कार्यक्रम रहेको छ भने असोज ४ गते नै चीनतर्फ लाग्ने कार्यक्रम छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार