मुख्य समाचार
बर्दियाको ठाकुरबाबा र राजापुरका युवा महिलालाई व्यवसायमका लागि स्टार्ट–अप सहयोग | विश्व वातावरण दिवसमा जानकीमा हरियाली अभियान : कन्या विद्यालय परिसरमा रोपियो बिरुवा | दुई वर्षअघि भएको जसपा नेपाल विभाजन सर्वोच्चबाट बदर | मानव बेचबिखन नियन्त्रण समिति र बाल अधिकार समितिको समिक्षा गोष्ठी सम्पन्न | बर्दियाका तीन पालिककालाई विपद् जोखिम न्यूनीकरण सामग्री हस्तान्तरण | वडा सदस्य रामधिरज यादवको निधनमा जानकी गाउँपालिकामा सोमबार शोक बिदा | नेपालले पनि भारतको सीमा मिचेको छ : प्रधानमन्त्री शाह | मधुवन नगरपालिकामा ३ दिने ईसीडी शिक्षकहरूका लागि शैक्षिक सामग्री निर्माण तालिम सफलतापूर्वक सम्पन्न | यादव सेवा केन्द्रको अध्यक्षमा सोहनलाल यादव निर्विरोध, महासचिवमा मिश्रिलाल यादव चयन | ब्राजिल र दक्षिण अफ्रिकास्थित दूतावास बन्द नगर्न एनआरएनए पूर्व पदाधिकारीको आग्रह |

बासको २२औं साधारण सभा तथा सामाजिक परिक्षण सम्पन्न

यूथ टुडे समाचारदाता 3407+ समाचार ( )
१४ भाद्र २०८२, शनिबार

नेपालगञ्ज । बास नेपालको २२औं बार्षिक साधारण सभा तथा सामाजिक परीक्षण कार्यक्रम सम्पन्न भएको छ ।

जिल्ला समन्वय समिति बाँकेका प्रमुख ज्ञानेन्द्र कुमार चौधरीको प्रमुख आतिथ्यतामा सुशासनको क्षेत्रमा क्रियाशिल बास नेपालको बार्षिक साधारण सभा तथा सामाजिक परीक्षण नेपालगन्जमा सम्पन्न भएको हो ।

कार्यक्रममा बोल्दै कार्यक्रमका प्रमुख अतिथी जिल्ला समन्वय समिति प्रमुख चौधरीले बास नेपालले देश भरीनै उत्कृष्ट कार्य गरिरहेको उल्लेख गर्दै बासको अभियानले सामाजिक जागरण फैलिएको बताए । बासले गरेका क्रियाकलापहरुको अनुगमन गरेको स्मरण गर्दै कार्यक्रम अत्यन्तै प्रभावकारी भएको पाएको उनले बताए । उनले २२औं साधारण सभाको सफलताको शुभकामना ब्यक्त गरे । 

कार्यक्रममा बोल्दै कार्यक्रमका अतिथि नेपालगन्ज उपमहानगरपालिका प्रमुख प्रशासकिय अधिकृत रामहरी शर्माले सुशासन र सामाजिक जवाफदेहिताका क्षेत्रमा बास नेपालको योगदान प्रशंसनिय रहेको बताए । उनले बास नेपालसँग सहकार्य गर्न नेपालगञ्ज उपमहानगरपालिका प्रतिबद्ध रहेको बताए ।

कार्यक्रममा बोल्दै खजुरा गाउँपालिकाका निर्वतमान उपाध्यक्ष एकमाया बिकले सुशासनको क्षेत्रमा बास नेपालको भुमिका अहम रहेको बताइन् । यसैगरी कार्यक्रममा शुभकामना मन्तब्य राख्दै गैर सरकारी संस्था महासँघ बर्दियाका पूर्व अध्यक्ष कृष्णजंग शाहले बासका सवल पक्ष धेरै भएकोमा खुसी ब्यक्त गरे । उनले देश ब्यापी अभियानमा युवा परिचालन बासको बलियो पक्ष रहेको बताए । 

बास नेपालका निर्देशक हेमराज भट्टले बार्षिक प्रगति प्रतिबेदन प्रश्तुत गरेको कार्यक्रममा कोषाध्यक्ष धिरेन्द्र शाहीले आर्थिक प्रतिबेदन प्रश्तुत गरेका थिए ।

कार्यक्रममा बास नेपालका कानुनी सल्लाहकार लोक बहादुर शाह, गैर सरकारी संस्था महासंघ नेपाल बाँकेका सचिब तथा बास नेपालका पूर्व अध्यक्ष रमेश सिटौला लगायत विभिन्न संघसंस्थाका प्रमुख तथा प्रतिनिधिहरुको उपस्थिती थियो ।

बास नेपालका केन्द्रीय महासचिव कल्पना अधिकारीले सञ्चालन गरेको कार्यक्रममा केन्द्रीय निर्वतमान अध्यक्ष लुना बुढाथोकीले स्वागत गरेकी थिइन । कार्यक्रममा बास नेपालका कर्मचारी राष्टि बुढा मगर, मिना घर्ती मगर, जमुना चौधरी, शोभा चौधरी, शोभा भण्डारी, सुमिता कुमाल, ज्वती बुढा र रचना चौधरीले सामुहिक नृत्य प्रश्तुत गरेका थिए । 

कार्यक्रममा बास नेपालको २४औं बार्षिकोत्सवको अवसरमा सम्पन्न कर्मचारी, पदाधिकारी बिचको मैत्रीपूर्ण भलिवल प्रतियोगितामा बिजयि हुने टिमका सदस्यहरुलाई प्रशंसा पत्र र मेडल प्रदान गरिएको थियो । यसैगरी २०८२ श्रावणमा बर्दियाको ठाकुरद्धारामा सम्पन्न बार्षिक समिक्षा तथा योजना तर्जुमा बैठकमा उत्कृष्ठ प्रश्तुतिकरण गर्ने बासका कार्यक्रम अधिकृत रबिन्द्र बोहरा र प्रशासन सहायक मिना घर्ती मगरलाई प्रमाण पत्र प्रदान गरिएको थियो । कार्यक्रमका प्रमुख अतिथी जिल्ला समन्वय समिति प्रमुख ज्ञानेन्द्र कुमार चौधरी र बास नेपालका केन्द्रीय अध्यक्ष शिव कुमार वर्माले उक्त प्रशंसा पत्र र मेडल प्रदान गरेका थिए । 

बन्दशत्रमा संस्थागत कुरा

उद्घाटन शत्र पश्चात बास नेपालको २२औं साधारण सभाको बन्दशत्र सम्पन्न भएको छ । बन्द शत्रमा बार्षिक प्रगति, आर्थिक प्रतिबेदन माथि व्यापक छलफल गर्दै अनुमोदन गरिएको छ । यसैगरी साधारण सभाले यस आर्थिक बर्षको बार्षिक कार्ययोजना समेत स्विकृत गरेको छ ।

केन्द्रीय अध्यक्ष शिव कुमार वर्माको अध्यक्षतामा सम्पन्न बन्दशत्रको सहजिकरण केन्द्रीय महासचिव कल्पना अधिकारीले गरेकि थिईन् । बन्द शत्रमा बास नेपालका पूर्ब केन्द्रीय अध्यक्ष रमेश सिटौला, बाँके शाखा अध्यक्ष रामु चिडिमार लगायतले बोलेका थिए । कार्यक्रममा १५० बढिको सहभागिता रहेको थियो ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार