मुख्य समाचार
नेपालगन्जका स्वास्थ्यकर्मीलाई कुपोषण व्यवस्थापन क्षमता अभिबृद्धि तालिम प्रदान | सुष्मा कोईराला मेमोरियल क्याम्पसको तिन दशक ः दुई हजार भन्दा बढी बिद्यार्थी उत्पादन | खजुरामा ‘कार्यस्थलमा हुने यौनजन्य दुव्र्यवहार निवारण आचारसंहिता सार्वजनिकीकरण | नेपालगञ्जमा अत्याधुनिक वाटर पार्क: गर्मी छल्न पौडी र डान्सको संगम | राष्ट्रिय सतर्कता केन्द्रले गर्यो ६३२ जना कर्मचारीलाई कारबाही | पहाडबाट हाटबजार आउनेको सम्झनामा नेपालगन्जमा प्रतिमा निर्माण | करिब १२ करोड रुपियाँको पाठ्यपुस्तक बिक्री | अमेरिका–इरान वार्तामा पाकिस्तानको सक्रियता | बाख्रासँगै आयआर्जनको आशा : जानकीमा ७० विपन्न परिवारलाई जीविकोपार्जनका लागि बाख्रा बितरण | सम्पत्ति विवरण संकलन तथा छानबिन गर्न ‘छानबिन आयोग’ गठन |
मुख्य समाचार
नेपालगन्जका स्वास्थ्यकर्मीलाई कुपोषण व्यवस्थापन क्षमता अभिबृद्धि तालिम प्रदान | सुष्मा कोईराला मेमोरियल क्याम्पसको तिन दशक ः दुई हजार भन्दा बढी बिद्यार्थी उत्पादन | खजुरामा ‘कार्यस्थलमा हुने यौनजन्य दुव्र्यवहार निवारण आचारसंहिता सार्वजनिकीकरण | नेपालगञ्जमा अत्याधुनिक वाटर पार्क: गर्मी छल्न पौडी र डान्सको संगम | राष्ट्रिय सतर्कता केन्द्रले गर्यो ६३२ जना कर्मचारीलाई कारबाही | पहाडबाट हाटबजार आउनेको सम्झनामा नेपालगन्जमा प्रतिमा निर्माण | करिब १२ करोड रुपियाँको पाठ्यपुस्तक बिक्री | अमेरिका–इरान वार्तामा पाकिस्तानको सक्रियता | बाख्रासँगै आयआर्जनको आशा : जानकीमा ७० विपन्न परिवारलाई जीविकोपार्जनका लागि बाख्रा बितरण | सम्पत्ति विवरण संकलन तथा छानबिन गर्न ‘छानबिन आयोग’ गठन |


प्रधानाध्यपकको बैठकमा शिक्षिक यशोधाले गरिन प्रशासकीय अधिकृत डाँगी माथि आक्रमण

यूथ टुडे समाचारदाता 3306+ समाचार ( )
कन्या विद्यालय संचालन प्रति आपत्ति जनाउदै यशोधाले आक्रमण गरेको पालिको निष्कर्ष
६ जेठ २०८०, शनिबार

बाँके । बाँकेको जानकी गाउँपालिकाले प्रमुख प्रशासकीय अधिकृत सिंहराज डाँगी माथी सुनियोजित तरिकाले भएको आक्रमणको कडा शब्दमा निन्दा गरेको छ ।

शनिबार गाउँपालिकाका प्रवक्ता टिकानाथ यादवले एक प्रेस विज्ञप्ति जारी गर्दै प्रसासकिय अधिकृत डाँगीले प्रधानाध्यमकहरुको बैठकमा महिला शिक्षिका यशोदा धिताल लगायत कसैलाई पनि अभद्र व्यवहार नगरिएको उल्लेख गरिएको छ ।

विज्ञप्तिमा भनिएको छ प्रमुख प्रशासकिय अधिकृत डाँगी माथि नै सुनियोजित तरिकाले आक्रमण गरी शिक्षा क्षेत्रमा बिकृति ल्याउने गरी शिक्षकहरुद्धारा नाटकीय तरिकाले आन्दोलन गर्नुको कुनै अर्थ छैन् ।

उक्त विज्ञप्तिमा प्रधानाध्यापकहरुको बैठकमा प्रमुख प्रशासकीय अधिकृतको तर्फबाट त्यस्तो अभद्र तथा अशिष्ट दुर्व्यवहार जस्तो क्रियाकलाप केही नगरेको भएपनी कन्या विद्यालय संचालन गर्न नहुने भन्दै डाँगी माथि सुनियोजित तरिकाले हातपात भएको हो ।

जानकी गाउँपालिका सधैं शिक्षक तथा कर्मचारीको पेशागत हकहित तथा सम्मानका लागि प्रतिबद्ध भएको बताउदै आफ्नो माग, हक अधिकार तथा वृत्ति विकासका सवालमा वार्ता, संवाद, मेलमिलाप, सहमति लगायतका विकल्प हुँदा हुँदै पनि अमानवीय तरिकाले प्रशासकीय अधिकृत माथि हमला गर्नु अति दुःखद रहेको बिज्ञप्तीमा उल्लेख गरिएको छ ।’

प्रमुख प्रशासकिय अधिकृत माथि आक्रमण गर्ने शिक्षकहरु संग स्पष्टीकरण माग गरिएको गाँउपालिकाले जनाएको छ । गाँउकार्यपालिकाको बैठकले समेत अधिकृत माथि आक्रमण गर्नेहरुलाई नियमानुसार कारवाही गर्ने निर्णय गरेको छ ।

शैक्षिक गुणस्तर उकास्न तथा शैक्षिक उपलब्धि वृद्धि गर्न जानकी गाँउपालिकाले लाखौ रकम खर्चे पनि प्रतिफल भने शुन्य देखिए पछि विद्यालयका शिक्षकहरुलाई वर्तमान समयमा आफ्नो पेसाप्रति जवाफदेही बन्न जानकी गाँउपालिकाका प्रमुख प्रशासकिय अधिकृत सिंहराज डाँगीले निर्देशन दिनु भएको छ ।  

यूथ टुडे संग कुरा गर्दै प्रमुख प्रशासकिय अधिकृत डाँगीले सामुदायिक विद्यालयका विद्यार्थीको सिकाइस्तर निकै कमजोर रहेको तथ्याकं सार्वजनिक भए पछि आफूले शिक्षकहरुलाई शिक्षकहरुको काम कर्तव्य, अधिकार र शिक्षा नियमावलीका बारेमा जानकारी गराउने क्रममा शिक्षकबाटै आफू माथि आक्रमण भएको बताउनु भयो ।

जानकी गाँउपालिकाले सामुदायिक विद्यालयमा बढ्दै गइरहेको राजनीतिक क्रियाकलापलाई निस्तेज पारी गुणस्तरीय शिक्षा प्रदानका गर्नका लागि शिक्षक स्वयं समाजको उदाहरणीय पात्र बन्न सक्नु पर्ने वडा नं. ५ का अध्यक्ष टिकानाथ यादवले बताउनु भयो । उहाँले प्रविधिलाई पछ्याउन शिक्षकहरुलाई अपिल गर्नु भयो ।

जानकी गाँउपालिकाले कन्या बिद्यालय संचालन गर्ने तयारी गरे पछि उक्त विद्यालय संचालन गर्न नहुने भन्दै शिक्षिक यशोधा धिताल र सुमित्रा धितालले प्रमुख प्रशासकिय अधिकृत डाँगी माथि आक्रमण गरेको तथ्य सार्बजानिक भएको छ ।

गाँउपालिकामा शिक्षाको स्तर बृद्धि गर्नका लागि पालिकाले गत जेष्ठ ३ गते विद्यालय व्यवस्थापन समितिका पदाधिकारी, अभिभावक लगायत संग छलफल गरेको थियो भने प्रधानाध्यापकहरु संग जेष्ठ ४ गते बैठक बसेका बेला कन्या विद्यालय संचालन गर्ने निर्णय फिर्ता लिन भन्दै प्रमुख प्रशासकिय अधिकृत डाँगी माथि शिक्षिका यशोधाले आक्रमण गरेको प्रत्यक्षदर्शीहरुले बताएका छन् । यता गाँउपालिकाले शिक्षा क्षेत्रमा सबै भन्दा बढी बजेट बिनयोजित गर्ने तयारीमा रहेका बेला शिक्षक जस्तो मर्यादित पेशमा रहेकाहरुबाट अमर्यादित कार्य हुनु निन्दनीय भएको बताउदै प्रवक्ता यादवले आफनो गल्तीलाई सुधार गरी शिक्षा क्षेत्रमा देखा परेको बिकृति अन्त्य गर्न तर्फ लाग्न अपिल गर्नु भयो ।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार