मुख्य समाचार
बर्दियाको ठाकुरबाबा र राजापुरका युवा महिलालाई व्यवसायमका लागि स्टार्ट–अप सहयोग | विश्व वातावरण दिवसमा जानकीमा हरियाली अभियान : कन्या विद्यालय परिसरमा रोपियो बिरुवा | दुई वर्षअघि भएको जसपा नेपाल विभाजन सर्वोच्चबाट बदर | मानव बेचबिखन नियन्त्रण समिति र बाल अधिकार समितिको समिक्षा गोष्ठी सम्पन्न | बर्दियाका तीन पालिककालाई विपद् जोखिम न्यूनीकरण सामग्री हस्तान्तरण | वडा सदस्य रामधिरज यादवको निधनमा जानकी गाउँपालिकामा सोमबार शोक बिदा | नेपालले पनि भारतको सीमा मिचेको छ : प्रधानमन्त्री शाह | मधुवन नगरपालिकामा ३ दिने ईसीडी शिक्षकहरूका लागि शैक्षिक सामग्री निर्माण तालिम सफलतापूर्वक सम्पन्न | यादव सेवा केन्द्रको अध्यक्षमा सोहनलाल यादव निर्विरोध, महासचिवमा मिश्रिलाल यादव चयन | ब्राजिल र दक्षिण अफ्रिकास्थित दूतावास बन्द नगर्न एनआरएनए पूर्व पदाधिकारीको आग्रह |

स्थानीय निर्वाचनमा एमालेले र राप्रपा नेपाल बिच तालमेल हुने

महमूद आलम खान 1133+ समाचार ( )
दुई पार्टीका अध्यक्ष केपी शर्मा ओली र कमल थापाबीच तीन चरणमा भएको वार्तापछि तालमेल हुने पक्का भएको हो ।
२० चैत्र २०७८, आइतबार

काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा एमाले र कमल थापा नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालबीच आगामी स्थानीय तह निर्वाचनमा तालमेल हुने भएको छ । दुई पार्टीका अध्यक्ष केपी शर्मा ओली र कमल थापाबीच तीन चरणमा भएको वार्तापछि तालमेल हुने पक्का भएको हो ।

तालमेलका लागि आवश्यक प्राविधिक कामको टुंगो गर्न दुई पार्टीले नेताहरुलाई जिम्मा पनि दिएका छन् । एमालेबाट ओलीका सल्लाहकारसमेत रहिसकेका झापाका नेता देवेन्द्र दाहाल र राप्रपा नेपालबाट महामन्त्री सुशील श्रेष्ठ तोकिएका छन् ।

राप्रपा नेपालका महामन्त्री सुशील श्रेष्ठका अनुसार गठबन्धनको करिब सहमति जुटिसकेको छ । तालमेल गर्न सकिने स्थानीय तहबारे टुंगो गर्न दुई जनाको टोली बनेको छ ।

राप्रपाका अर्का महामन्त्री राजाराम बर्तौलाले पनि दुई दलबीच तालमेल करिब निश्चित भइसकेको बताएका छन् । महामन्त्री श्रेष्ठले एमाले नेता दाहालसँग आइतवार पनि संवाद हुने बताए ।

राप्रपा नेपालले आगामी २४ गतेसम्म आफूले उम्मेदवारी दिन सक्ने पालिकाको दाबी एमालेसमक्ष राख्ने तयारी भएको पनि श्रेष्ठको भनाई छ । श्रेष्ठले कांग्रेस, माओवादी र अन्य दलले जितेका स्थानीय तहमा दुई दलले समझदारी गरेर साझा उम्मेदवार उठाउने पनि बताएका छन् ।

नेकपा एमालेका नेता देवेन्द्र दाहालले पनि स्थानीय निर्वाचनमा तालमेलका लागि राप्रपाका दुवै समूहसँग वार्ता भइरहेको बताएका छन् ।

दाहालले राप्रपासँग भन्दा राप्रपा नेपालसँग सहमति जुट्न लागेको बताए । राप्रपासँग पनि चुनावी तालमेललाई लिएर संवाद चलिरहेको उनको भनाई छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार