मुख्य समाचार
बर्दियाको ठाकुरबाबा र राजापुरका युवा महिलालाई व्यवसायमका लागि स्टार्ट–अप सहयोग | विश्व वातावरण दिवसमा जानकीमा हरियाली अभियान : कन्या विद्यालय परिसरमा रोपियो बिरुवा | दुई वर्षअघि भएको जसपा नेपाल विभाजन सर्वोच्चबाट बदर | मानव बेचबिखन नियन्त्रण समिति र बाल अधिकार समितिको समिक्षा गोष्ठी सम्पन्न | बर्दियाका तीन पालिककालाई विपद् जोखिम न्यूनीकरण सामग्री हस्तान्तरण | वडा सदस्य रामधिरज यादवको निधनमा जानकी गाउँपालिकामा सोमबार शोक बिदा | नेपालले पनि भारतको सीमा मिचेको छ : प्रधानमन्त्री शाह | मधुवन नगरपालिकामा ३ दिने ईसीडी शिक्षकहरूका लागि शैक्षिक सामग्री निर्माण तालिम सफलतापूर्वक सम्पन्न | यादव सेवा केन्द्रको अध्यक्षमा सोहनलाल यादव निर्विरोध, महासचिवमा मिश्रिलाल यादव चयन | ब्राजिल र दक्षिण अफ्रिकास्थित दूतावास बन्द नगर्न एनआरएनए पूर्व पदाधिकारीको आग्रह |

दलित पत्रकार संघ बाँकेद्वारा नेपालगञ्जमा दीप प्रज्ज्वलन

यूथ टुडे समाचारदाता 3407+ समाचार ( )
११ जेठ २०८२, शनिबार

नेपालगञ्ज । नेपालगञ्जस्थित विपी चोकमा दीप प्रज्ज्वलन कार्यक्रम गरिएको छ । २०७७ जेठ १० गते रुकुम पश्चिम जिल्लाको चौरजहारी नगरपालिका वडा नम्बर ८ सोतीमा नवराज विकसहित ६ जना युवाहरुको विभत्स हत्या गरिएको स्मृतिमा राष्ट्रिय दलित पत्रकार संघ बाँके शाखाले दीप प्रज्ज्वलन कार्यक्रम गरेको हो । प्रेमिका लिन भनी जाजरकोटबाट गएको युवाको समूहलाई अन्तरजातीय प्रेम सम्बन्धका आधारमा जातीय पूर्वाग्रहका कारण स्थानीय समूहद्वारा निर्घात कुटपिट गरी भेरी नदीमा बगाएर विभत्स हत्या गरिएको थियो ।

२०७७ जेठ गते रुकुम पशचिम जिल्लाको चौरजहारी नगरपालिका बढ़ा नं.-५, सोतीमा नवराज विक सहित ६ जना युवाहरु प्रेमीका लिन भनी जाजरकोटबाट रुकुम पश्चिम समूहलाई अन्तरजातीय प्रेम सम्बन्धका आधारमा युवाहरुलाई स्थानीय समूहद्वारा जातीय कारण निर्घात कुटपिट गरी सेती नदीमा बगाई विमत्स हत्या गरिएको स्मृतिमा दीप प्रज्वलन गरिएको हो ।

राष्ट्रिय दलित पत्रकार संघ बाँकेका कार्यबहाक अध्यक्ष आशाा परियारको अध्यक्षतामा सम्पन्न कार्यक्रममा बोल्ने बक्ताहरुले जातीय छुवाछुतको आधारमा घटाइएको उक्त घटना बर्बर र आततीय भएको भन्दै दोषीलाई कुनै हालतमा उन्मुक्ति दिन नहुनेमा जोड दिएका थिए । कार्यक्रममा राष्ट्रिय दलित पत्रकार संघ लुम्बिनी उपाध्यक्ष टेकेन्द्र बस्याल र नेपाल पत्रकार महासंघ बाँके शाखा अध्यक्ष नवीन गिरीले उक्त घटनाको निन्दा गर्दै दिवंगत आत्माको चीर शान्तिको कामना गरेका थिए । कार्यक्रमको सञ्चालन राष्ट्रिय दलित पत्रकार संघ बाँकका सचिव शान्ति सुनारले गरेकी थिइन् । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार