मुख्य समाचार
स्वास्थ्य चौकीमा लापरवाही : वडा अध्यक्ष टिकानाथ यादवको कडा निगरानी | राष्ट्रको ढुकुटीमा आँखा गाडेकाहरू डराए: गृहमन्त्री गुरुङ | इस्लामाबादमा दोस्रो चरणको वार्ता: इरानी प्रतिनिधि मण्डल र अमेरिकी उपराष्ट्रपति आउँदै | बेल्टार बजार आगलागी : दुई जनाको जलेर मृत्यु | भारतीय चुनावका कारण पूर्वीसीमा ७२ घण्टा बन्द | तराई क्षेत्रमा तातो लहरको सम्भावना | गृहमन्त्री गुरुङलाई तत्काल बर्खास्त गरी पक्राउ गर्न जेनजी मुभमेन्टको माग | कर्मचारीलाई १५/१५ दिनमा तलब दिने सरकारको निर्णय | दिपक भट्टको कम्पनीमा गृहमन्त्री सुधन गुरुङ्गदेखि पत्रकार लम्साल र यतीका साहुजीसम्म | अब विद्यार्थीले घरबाटै एनओसी लिन सकिने |

मुख्यमन्त्री कोहलपुर गोल्डकप ः
राईनो फुटबल क्लबलाई हराउँदै प्लानिङ व्वाईज युनाइटेड विजयी

यूथ टुडे समाचारदाता 3317+ समाचार ( )
१९ फाल्गुन २०८१, सोमबार

बाँके । बाँकेको कोहलपुरमा जारी तेस्रो मुख्यमन्त्री कोहलपुर गोल्डकप फुटबल प्रतियोगितामा राईनो फुटबल क्लब,गण्डकीलाई हराउँदै प्लानिङ व्वाईज युनाइटेड क्लब काठमाडौँ विजयी भएको छ । प्रतियोगिताको तेस्रो दिन सोमबार कोहलपुर–२स्थत तेह्र विगाह खेल मैदानमा भएको खेलमा राईनो फुटबल क्लबलाई २–० गोल अन्तर पराजित गर्दै प्लानिङ व्वाईज युनाइटेड क्लबले सहज जित हासिल गरेको हो ।

खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो । दुवै टोलीले गोलका लागि थुप्रै प्रयास गरेपनि सफल हुन सकेनन् । दोस्रो हाफको ४७औँ मिनेटमा गोल गर्दै प्लानिङ व्वाईज युनाइटेड क्लबका जर्सी नम्बर २८ का विदेशी खेलाडी एलेक्सले टिमलाई अग्रता दिलाएका थिए । दोस्रो हाफमा प्लानिङ व्वाईज विपक्षी राईनो फुटबल क्लबमाथि हाबि भएको थियो । खेलको अतिरिक्त समयमा मैदान प्रवेश गरेका प्लानिङ व्वाईजका जर्सी नम्बर १४ का नम्बर सरोज कार्कीले गोल गरेर सहज जित दिलाए । 

खेलमा प्लानिङ व्वाईज युनाइटेड क्लबका एलेक्स म्यान अफ र म्याच घोषित भए । उनलाई कोहलपुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मानबहादुर गिरी र कोहलपुर नगरपालिका वडा नम्बर १३ का वडाअध्यक्ष डम्बर बहादुर खड्का र कोहलपुर उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष चिन्तामणी धितालले नगद पाँच हजारसहित म्यान अफ म्याच संयुक्त रुपमा प्रदान गरेका थिए । प्रतियोगिताको अन्तिम क्वाटर फाइनल खेल मंगलबार दिउँसो ३ः३० बजे अफ्रिकन घाना फुटबल क्लब र काँक्रेविहार फुटबल क्लब,सुर्खेतबीच हुने खेल संयोजक कर्ण बस्नेतले बताए । क्वाटर फाइनल समीकरण सकिएसँगै बुधबारदेखि सेमी फाइनल समीकरण सुरु हुने संयोजक बस्नेतले बताए । प्रतियोगिता मर्यादित रुपमा भइरहेको र दैनिक दर्शकहरुको समेत उपस्थिति उल्लेख रहेको उनको भनाइ छ ।   

सोमबार गोल्डकपको तेस्रो क्वाटर फाइलन खेल जित्दै प्लानिङ व्वाईज युनाइटेड क्लब सेमिफाइनल प्रवेश गरेको छ । यसअघि आयोजक कोहलपुर रेसिङ साहारा फुटबल क्लब,कोहलपुर र राइजिङ स्टार फुटबल क्लब नवलपरासी सेमिफाइनल प्रवेश गरिसकेका छन् । कोहलपुर रेसिङ साहारा फुटबल क्लबले २–० गोल अन्तरले लुम्बिनी फुटबल क्लब घोराही,दाङ पराजित भएको थियो । आइतबार राइजिङ स्टार फुटबल क्लब नवलपरासीले पेनाल्टी सुटआउटमा ४–३ अन्तरले भारतको साहारा फुटबल क्लब,लखनउलाई पराजित गरेको थियो । २–० गोल अन्तरले पराजित भएको राईनो फुटबल क्लब,गण्डकी, भारतको साहारा फुटबल क्लब र लुम्बिनी फुटबल क्लब घोराही,दाङ प्रतियोगिताबाट बाहिरिएका छन् ।   कोहलपुर रेसिङ साहारा फुटबल क्लब बाँकेको आयोजनामा फागुन १७ देखि प्रतियोगिता सुरु भएको हो । प्रतियोगितामा घाना र भारतसहित आठ वटा टिमको सहभागिता रहेको छ । प्रतियोगितामा प्रथम हुने टिमले आठ लाख रुपैयाँ र द्वितीय हुने टिमले चार लाख रुपियाँ पुरस्कार पाउनेछन् । तेस्रो मुख्यमन्त्री कोहलपुर गोल्डकप फागुन २४ गतेसम्म सञ्चालन हुनेछ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार