मुख्य समाचार
बर्दियाको ठाकुरबाबा र राजापुरका युवा महिलालाई व्यवसायमका लागि स्टार्ट–अप सहयोग | विश्व वातावरण दिवसमा जानकीमा हरियाली अभियान : कन्या विद्यालय परिसरमा रोपियो बिरुवा | दुई वर्षअघि भएको जसपा नेपाल विभाजन सर्वोच्चबाट बदर | मानव बेचबिखन नियन्त्रण समिति र बाल अधिकार समितिको समिक्षा गोष्ठी सम्पन्न | बर्दियाका तीन पालिककालाई विपद् जोखिम न्यूनीकरण सामग्री हस्तान्तरण | वडा सदस्य रामधिरज यादवको निधनमा जानकी गाउँपालिकामा सोमबार शोक बिदा | नेपालले पनि भारतको सीमा मिचेको छ : प्रधानमन्त्री शाह | मधुवन नगरपालिकामा ३ दिने ईसीडी शिक्षकहरूका लागि शैक्षिक सामग्री निर्माण तालिम सफलतापूर्वक सम्पन्न | यादव सेवा केन्द्रको अध्यक्षमा सोहनलाल यादव निर्विरोध, महासचिवमा मिश्रिलाल यादव चयन | ब्राजिल र दक्षिण अफ्रिकास्थित दूतावास बन्द नगर्न एनआरएनए पूर्व पदाधिकारीको आग्रह |

नेपालगञ्जमा अत्याधुनिक वाटर पार्क: गर्मी छल्न पौडी र डान्सको संगम

यूथ टुडे समाचारदाता 3407+ समाचार ( )
४ वैशाख २०८३, शुक्रबार

बाँके । तराई क्षेत्रमा गर्मी दिनप्रतिदिन चर्किंदै जाँदा नेपालगञ्ज आसपासका बासिन्दा तथा आन्तरिक–बाह्य पर्यटकका लागि राहत दिने गन्तव्यको रूपमा जानकी गाउँपालिका–६ मनिकापुरस्थित अत्याधुनिक “वन्डरल्याण्ड वाटर एण्ड फन पार्क” आकर्षणको केन्द्र बन्दै गएको छ ।

पश्चिम नेपालकै ठूलो दाबी गरिएको यो वाटर पार्क करिब ९० करोड रुपैयाँको लागतमा निर्माण गरिएको हो । गर्मी सुरु भएसँगै यहाँ आउने आन्तरिक तथा भारतीय पर्यटकको संख्या उल्लेख्य रूपमा बढ्न थालेको छ ।

आधुनिक संरचना र विविध मनोरञ्जनात्मक सुविधाले सुसज्जित पार्कमा मल्टी स्लाइड टु–लेन, बडी वेभ स्लाइड, हाई स्पिड बडी स्लाइड, ओपन बडी टर्निङ स्लाइड, वेभ पुल, रेन डान्स प्लेटफर्मसहितका आकर्षक वाटर एक्टिभिटीहरू सञ्चालनमा छन् । विशेषगरी रेन डान्स (डान्स फ्लोर) को व्यवस्था युवापुस्तामाझ निकै लोकप्रिय बन्दै गएको छ, जहाँ संगीतसँगै पानीमा रमाउँदै नाच्ने अनुभव लिन सकिन्छ ।

करिब एक सय कठ्ठा क्षेत्रफलमा फैलिएको पार्कमा टोट्स एक्टिभिटी, वाटर केज, मसरुम, अम्ब्रेला, टिल्टिङ कोन, रेन्बो फिचर, फन क्रिस्टल तथा व्यवस्थित फुड कोर्टजस्ता सुविधा उपलब्ध छन् । दक्ष प्राविधिकको निगरानीमा सञ्चालन हुने पार्क बिहान साढे १० बजेदेखि साँझ ६ बजेसम्म खुला रहने व्यवस्थापनले जनाएको छ ।

पानीको स्वच्छता सुनिश्चित गर्न दुई दर्जनभन्दा बढी वाटर ट्रिटमेन्ट प्लान्ट जडान गरिएको छ । सुरक्षालाई ध्यानमा राख्दै विभिन्न उमेर समूहका लागि छुट्टाछुट्टै गहिराइका स्विमिङ पुल निर्माण गरिएका छन् ।

प्रवेश शुल्कतर्फ ३ फिटभन्दा कम उचाइका बालबालिकालाई निःशुल्क व्यवस्था गरिएको छ भने अन्यका लागि प्रति व्यक्ति ६ सय रुपैयाँ तोकिएको छ ।

गर्मीबाट राहत खोज्दै आएका पर्यटकहरूका अनुसार यहाँको अनुभव निकै उत्साहजनक छ । भारत बहराइचका दिनेश जादव भन्छन्, “गर्मीमा पानीमा खेल्दा शरीर मात्र होइन, मन पनि चिसिन्छ । साथीहरूसँग पौडी खेल्दा रमाइलो अनुभव हुन्छ ।”

स्थानीय उमेश साहुका अनुसार बढ्दो तापक्रमका बीच यस्तो सुविधा सम्पन्न स्थान नेपालगञ्जमै उपलब्ध हुनु सकारात्मक पक्ष हो । “केही समय भए पनि यहाँ आएर रमाउँदा गर्मी बिर्सिन्छ,” उनले भने ।

सञ्चालक शिवन्सु यादवका अनुसार विशेषगरी शनिबार र आइतबार तथा सार्वजनिक बिदामा यहाँ ५ सयदेखि १ हजारसम्म पर्यटक आउने गरेका छन् । अन्य दिनमा पनि १०० देखि ४०० जनासम्मको उपस्थिति रहने गरेको छ ।

पौडी खेल्नु स्वास्थ्यका दृष्टिले पनि लाभदायक मानिन्छ । यसले शरीरका सबै अङ्ग सक्रिय बनाउनुका साथै मांसपेशी मजबुत, हड्डी सबल र शरीरलाई फुर्तिलो बनाउन सहयोग गर्छ । मनोरञ्जन र स्वास्थ्य दुवैको संयोजन हुने भएकाले पछिल्लो समय स्विमिङप्रति आकर्षण बढ्दो छ ।

समग्रमा, नेपालगञ्जमा आधुनिक सुविधा सहितको यस्तो वाटर पार्क सञ्चालनमा आउनुले स्थानीयस्तरमै गुणस्तरीय मनोरञ्जनको विकल्प विस्तार भएको सन्देश दिएको छ । गर्मी छल्ने मात्र नभई परिवार, साथीभाइसँग रमाउने उत्कृष्ट गन्तव्यका रूपमा यो पार्क स्थापित हुँदै गएको देखिन्छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार