मुख्य समाचार
बर्दियाको ठाकुरबाबा र राजापुरका युवा महिलालाई व्यवसायमका लागि स्टार्ट–अप सहयोग | विश्व वातावरण दिवसमा जानकीमा हरियाली अभियान : कन्या विद्यालय परिसरमा रोपियो बिरुवा | दुई वर्षअघि भएको जसपा नेपाल विभाजन सर्वोच्चबाट बदर | मानव बेचबिखन नियन्त्रण समिति र बाल अधिकार समितिको समिक्षा गोष्ठी सम्पन्न | बर्दियाका तीन पालिककालाई विपद् जोखिम न्यूनीकरण सामग्री हस्तान्तरण | वडा सदस्य रामधिरज यादवको निधनमा जानकी गाउँपालिकामा सोमबार शोक बिदा | नेपालले पनि भारतको सीमा मिचेको छ : प्रधानमन्त्री शाह | मधुवन नगरपालिकामा ३ दिने ईसीडी शिक्षकहरूका लागि शैक्षिक सामग्री निर्माण तालिम सफलतापूर्वक सम्पन्न | यादव सेवा केन्द्रको अध्यक्षमा सोहनलाल यादव निर्विरोध, महासचिवमा मिश्रिलाल यादव चयन | ब्राजिल र दक्षिण अफ्रिकास्थित दूतावास बन्द नगर्न एनआरएनए पूर्व पदाधिकारीको आग्रह |

नेपालगञ्जमा राप्रपा नेपालको कब्जा, ६ नम्बरमा जित सुनिश्चित

महमूद आलम खान 1133+ समाचार ( )
राप्रपा नेपालको नेपालगञ्ज घरदैलो सुरु
१८ वैशाख २०७९, आइतबार

सुनिता श्रेष्ठ

बाँके । स्थानीय तहको निर्वाचनका लागि उम्मेदवारी दिएका दलहरू जनतासँग मत माग्दै घरदैलोमा जुटेका छन् । 

विभिन्न दलहरूको चुनावी अभियानले नेपालगञ्जमा निर्वाचनको रौनक छाएको छ । कमल थापा नेतृत्वको राप्रपा नेपाल आफ्नो चुनावी एजेण्डा सहित रंगीचंगी झण्डा बोकेर टोलटोलमा पुग्ने गरेको छ । चुनावी गीत बजाएर कार्यकर्ताका साथमा नाच्दै टोलटोलमा गएर उम्मेदवारले जनतासँग मत मागेका छन् ।

नेपालगञ्ज उपमहानगरपालिकाका मेयर पदका उम्मेदवार अभय बस्नेत पनि घरदैलोमा व्यस्त छन् । आफु निर्वाचित भए जनताको घर-घरमा नै सेवा सुबिधा पुर्याउने प्रतिबद्धतासहित उहाँले मतदातासँग भेटघाट जारी राख्नु भएको छ । आज नेपालगञ्ज ६ फुल्टेक्रामा निर्वाचन प्रचार प्रसार कार्यालयको उद्घाटन गर्दै घरदैलो तथा मतदातासँगको भेटघाटमा उहाँले आफूले जितेमा सबै वडामा समान ढंगले विकासको खाका कोर्ने बताए ।

यस्तै नेपालगञ्ज ६ मा राप्रपा नेपालबाट वडा अध्यक्षमा मदन राज शर्मा, वडा सदस्यहरु दिपक श्रेष्ठ, साबित्री देवी शर्मा अधिकारी, हितेश भारती र मिरा खटिकले उम्मेदवारी दिएका छन् । वडा सदस्यका उम्मेदवार दिपक श्रेष्ठ र साबित्री शर्मा राप्रपाबाट गत चुनावमा वडा सदस्यमा निर्वाचित हुनुभएको थियो । 

निर्वाचित भएर जनताको मन जित्न सफल श्रेष्ठ र शर्मा सहित उनको पुरै प्यानलको जित निश्चित रहेको स्थानीयले बताए । उम्मेदवार श्रेष्ठले राप्रपाको शाख जोगाउने हामी वडा सदस्यहरुले नै राप्रपालाई वडामा क्लिन गरि राप्रपा नेपाललाई स्थापित गर्ने जिकिर गर्नुभयो ।

आर्थिक राजधानी निर्माणका लागि उद्योग, व्यापारलाई अनुकूल वातावरण बनाउने, शिक्षा, स्वास्थ्य र पर्यटनका अपार सम्भावनालाई उजागर गर्ने, त्यसअनुरूपका पूर्वाधार बनाउने योजना राप्रपा नेपाल संग रहेको जिल्ला अध्यक्ष दिपेन्द्र सिंहले बताउनुभयो । राप्रपा नेपालको सुरु भएको घरदैलो अभियानमा महामन्त्री, सहमहामन्त्री, केन्द्रीय सदस्यहरु जिल्लाका नेताहरुको सहभागिता रहेको थियो ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार