बाँके । अविरल वर्षासँगै बाँकेको नरैनापुर गाउँपालिकामा विधुत र सञ्चार सेवा अवरुद्ध भएको छ ।
सोलार सिस्टममा घाम नलाग्दा नरैनापुरको टेलिफोन टावरले काम गर्न छोडेको छ । गाउँपालिकमा चार दिनदेखि विद्युत् सेवा अवरुद्ध हुँदा फोन सेवा अवरुद्ध भएको छ ।
विद्युत् सेवा मर्मत गर्नका लागि नरैनापुर गाउँपालिका अध्यक्ष इस्तियाक अहमद शाहले पटक पटक ताकेता गर्दा समेत बिधुत प्राधिकरणले कुनै कदम नचालेको भन्दै कडा रुपमा निन्दा गर्नु भएको छ ।
अध्यक्ष शाहले बिधुत र संचार सेवा बन्द हुँदा निरन्तर रुपमा परिरहेको पानीका कारण उक्त क्षेत्रका जनताको वास्तविक अवस्था बुझ्न समस्या भइरहेकोले तत्काल बिधुत सुचारु गराउन प्रमुख जिल्ला अधिकारी सुर्य बहादुर खत्री संग पहल गरिदिन आग्रह गर्नु भएको छ । आज प्रदेशसभा र प्रतिनिधिसभा तर्फको मनोनयन दर्ता गर्ने दिनभकाले नेता तथा कार्यकर्ताहरुसँग सम्पर्क नहुँदा उम्मेदवारलाई समस्या भएको छ ।