मुख्य समाचार
नेपालगन्जका स्वास्थ्यकर्मीलाई कुपोषण व्यवस्थापन क्षमता अभिबृद्धि तालिम प्रदान | सुष्मा कोईराला मेमोरियल क्याम्पसको तिन दशक ः दुई हजार भन्दा बढी बिद्यार्थी उत्पादन | खजुरामा ‘कार्यस्थलमा हुने यौनजन्य दुव्र्यवहार निवारण आचारसंहिता सार्वजनिकीकरण | नेपालगञ्जमा अत्याधुनिक वाटर पार्क: गर्मी छल्न पौडी र डान्सको संगम | राष्ट्रिय सतर्कता केन्द्रले गर्यो ६३२ जना कर्मचारीलाई कारबाही | पहाडबाट हाटबजार आउनेको सम्झनामा नेपालगन्जमा प्रतिमा निर्माण | करिब १२ करोड रुपियाँको पाठ्यपुस्तक बिक्री | अमेरिका–इरान वार्तामा पाकिस्तानको सक्रियता | बाख्रासँगै आयआर्जनको आशा : जानकीमा ७० विपन्न परिवारलाई जीविकोपार्जनका लागि बाख्रा बितरण | सम्पत्ति विवरण संकलन तथा छानबिन गर्न ‘छानबिन आयोग’ गठन |

जनमतका निलम्बन नेताहरु माथि प्रज्वलनशील पदार्थ प्रहार

यूथ टुडे समाचारदाता 3306+ समाचार ( )
पार्टीका अध्यक्ष डा. सीके राउतका निकट मानिने केन्द्रीय सदस्य विकास सिंहको नेतृत्वमा भएको हो ।
२९ असार २०८२, आइतबार

बारा । जनमत पार्टीभित्रको आन्तरिक विवाद अब सडकमा आएर हिंसात्मक बनेको छ। पार्टीबाट निलम्बित राष्ट्रिय उपाध्यक्ष इन्जिनियर दीपक कुमार साह, निलम्बित कोषाध्यक्ष सुरेन्द्र यादव र केन्द्रीय सदस्य वीरेन्द्र साह सुनारमाथि बारामा प्रज्वलनशील पदार्थ प्रहारसहित मोसो छ्यापेर दुर्व्यवहार गरिएको छ । यो घटना पार्टीका अध्यक्ष डा. सीके राउतका निकट मानिने केन्द्रीय सदस्य विकास सिंहको नेतृत्वमा भएको हो ।

निलम्बित नेताहरूले पार्टीभित्रको असन्तुष्टि र संघर्षलाई उजागर गर्न पार्टी सुदृढीकरण तथा जनसंवाद यात्रा सुरु गरेका छन्। आइतबार बिहान बाराको महागढीमाई नगरपालिका–३, दहियारमा उनीहरू कार्यकर्तासहित खाना खाएर संवाद कार्यक्रममा जाँदै गर्दा आक्रमण भएको थियो।

इन्जिनियर साहले आफूहरूमाथि डा. सीके राउतले ‘ज्यान मार्ने उद्देश्यले पार्टीभित्रकै केही गुण्डाहरू परिचालन गरेको’ आरोप लगाएका छन् ।

उनले भने, ‘हामी सुरक्षित छौँ, त्यस्तो क्षति भएको छैन। हामी डराएर अभियानबाट भाग्ने छैनौं। हाम्रो मृत्युपश्चात् पनि अभियान जारी रहनेछ, किनभने हामीले मृत्यु दस्तबेजमा हस्ताक्षर गरेर यो अभियानमा निस्केका छौँ । मृत्युदेखि परवाह छैन।’

साहले आम जनतालाई डा. सीके राउतका कर्तुतहरू बुझ्न र थाहा पाउन अनुरोधसमेत गरेका छन् ।

‘संगठनको नेताकार्यकर्ता सहित खाना खाएर सम्वाद कार्यक्रममा जान लागेका बेला बिहान ११ बजे बारा जिल्लाको महागढीमाई नगरपालिका- ३, दहियारमा डा. सिके राउतका निकट विकास सिंहले उनीहरूमाथि प्रज्वलनशिल पदार्थ गाडीभित्रै फालेका छन् ।’ उनले भने, ‘ आफूहरुमाथि डा. सीके राउतले ज्यान मार्ने उदेश्यले पार्टीभित्रकै केही गुन्डाहरु परिचालित गरेका छन् ।’

सार्वजनिक भएको एक भिडिओमा साह, यादव र सुनार चढेको गाडीलाई विकास सिंहको नेतृत्वमा गएका १०-१२ जना कार्यकर्ताहरूले घेरा हालेको देखिन्छ। उनीहरूले लुकाएर लगेको बोतलबाट कालो मोसो फालेका थिए। भिडिओमा ‘दीपक साह मुर्दावाद मुर्दावाद’ भन्दै चर्को नाराबाजीसमेत गरिएको सुनिन्छ।

विकास सिंहले भने निष्कासित उपाध्यक्ष साह र कोषाध्यक्ष यादवले पार्टीविरुद्ध गतिविधि गरेको, पार्टीलाई भाँड्न खोजेको र नेता कार्यकर्ताहरूलाई गुमराहमा राख्ने काम गरेकोु भन्दै मोसो छ्यापिएको स्वीकार गरेका छन्।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार