मुख्य समाचार
बर्दियाको ठाकुरबाबा र राजापुरका युवा महिलालाई व्यवसायमका लागि स्टार्ट–अप सहयोग | विश्व वातावरण दिवसमा जानकीमा हरियाली अभियान : कन्या विद्यालय परिसरमा रोपियो बिरुवा | दुई वर्षअघि भएको जसपा नेपाल विभाजन सर्वोच्चबाट बदर | मानव बेचबिखन नियन्त्रण समिति र बाल अधिकार समितिको समिक्षा गोष्ठी सम्पन्न | बर्दियाका तीन पालिककालाई विपद् जोखिम न्यूनीकरण सामग्री हस्तान्तरण | वडा सदस्य रामधिरज यादवको निधनमा जानकी गाउँपालिकामा सोमबार शोक बिदा | नेपालले पनि भारतको सीमा मिचेको छ : प्रधानमन्त्री शाह | मधुवन नगरपालिकामा ३ दिने ईसीडी शिक्षकहरूका लागि शैक्षिक सामग्री निर्माण तालिम सफलतापूर्वक सम्पन्न | यादव सेवा केन्द्रको अध्यक्षमा सोहनलाल यादव निर्विरोध, महासचिवमा मिश्रिलाल यादव चयन | ब्राजिल र दक्षिण अफ्रिकास्थित दूतावास बन्द नगर्न एनआरएनए पूर्व पदाधिकारीको आग्रह |

गैरसांसदलाई मन्त्री बनाइएकोमा गगन थापाको आक्रोस

महमूद आलम खान 1133+ समाचार ( )
२३ अशोज २०७८, शनिबार

काठमाडौँ । कांग्रेस नेता गगन थापाले प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद् विस्तारका क्रममा गैरसांसद गजेन्द्रबहादुर हमाललाई मन्त्री बनाएको विषयमा प्रश्न उठाएका छन् । उनले प्रधानमन्त्री देउवाले कानुनको छिद्रबाट निर्णय गरेर हमाललाई मन्त्री बनाएपनि त्यसले अनन्तकालसम्म लखेट्छ भन्ने विषयमा ध्यान नदिएको बताएका छन् ।

थापाले शनिबार सामाजिक सञ्जालमार्फत लोकतन्त्रमा शासकले निर्णय लिँदा वैधानिकताको कसीमा घोटेर मात्र नहुने भन्दै त्यस्तो निर्णयको प्रतिरक्षा र जनताबाट अनुमोदन दुवै हुनुपर्ने बताएका छन् ।

‘लोकतन्त्रमा शासकले निर्णय लिँदा वैधानिकताको कसीमा घोटेरमात्र पुग्दैन । त्यस्तो निर्णयको प्रतिरक्षा गर्न र जनताबाट अनुमोदित हुन सकेमात्र त्यसले वैधता पाउँछ,’ थापाले प्रश्न गरेका छन्, ‘हामी इतिहासबाट शिक्षा नलिन अभिशप्त नै हो ?’ उनले देउवाको गैरसांसदलाई मन्त्री बनाउने निर्णयले पार्टीलाई अनन्तकालसम्म खेदिरहने आशय व्यक्त गरेका छन् । ‘कानुनका छिद्रबाट छिराइएको निर्णयले अनन्तकालसम्म लखेट्छ भन्ने खै हेक्का राखेको ?,’ उनले प्रश्न गरेका छन् ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार