मुख्य समाचार
विश्व वातावरण दिवसमा बर्दियामा विविध कार्यक्रमसहित अगुवालाई सम्मान | बर्दियाको ठाकुरबाबा र राजापुरका युवा महिलालाई व्यवसायमका लागि स्टार्ट–अप सहयोग | विश्व वातावरण दिवसमा जानकीमा हरियाली अभियान : कन्या विद्यालय परिसरमा रोपियो बिरुवा | दुई वर्षअघि भएको जसपा नेपाल विभाजन सर्वोच्चबाट बदर | मानव बेचबिखन नियन्त्रण समिति र बाल अधिकार समितिको समिक्षा गोष्ठी सम्पन्न | बर्दियाका तीन पालिककालाई विपद् जोखिम न्यूनीकरण सामग्री हस्तान्तरण | वडा सदस्य रामधिरज यादवको निधनमा जानकी गाउँपालिकामा सोमबार शोक बिदा | नेपालले पनि भारतको सीमा मिचेको छ : प्रधानमन्त्री शाह | मधुवन नगरपालिकामा ३ दिने ईसीडी शिक्षकहरूका लागि शैक्षिक सामग्री निर्माण तालिम सफलतापूर्वक सम्पन्न | यादव सेवा केन्द्रको अध्यक्षमा सोहनलाल यादव निर्विरोध, महासचिवमा मिश्रिलाल यादव चयन |

सरकारको समीक्षा र संगठन विस्तारको विषयमा छलफल गर्न जनमतले बोलायो बैठक

यूथ टुडे समाचारदाता 3408+ समाचार ( )
१८ फाल्गुन २०८०, शुक्रबार

काठमाडौँ । जनमत पार्टीले केन्द्रीय समितिको बैठक बोलाएको छ । चैत ३ र ४ गते पर्साको वीरगञ्जमा बोलाइएको बैठकमा सरकारको समीक्षालगायत संगठन विस्तारको विषयमा छलफल हुने बताइएको छ । जनमत पार्टीले मधेश प्रदेश सरकार छाडिसकेको छ । संघीय सरकारलाई निरन्तरता दिए पनि सम्बन्ध राम्रो छैन ।

सो पार्टीले नौलो गणतन्त्रका लागि तेस्रो जनआन्दोलन गर्ने तयारी गरिरहेको छ । बैठकमा सरकारलाई निरन्तरता दिने कि नदिने विषयमा पनि छलफल हुने स्रोतले जनाएको छ । सो पार्टीले मधेश सरकारले विभिन्न भ्रष्टाचार गरेको आरोप लगाउँदै त्यसको छानबिनगर्न माग गर्दै आन्दोलन गरिरहेको छ । त्यस्तै मधेश कृषि विश्वविद्यालय शिलान्यास कार्यक्रममा आफ्ना नेतामाथि भएको कुटपिटको बारेमा समेत छानबिन गर्न सो पार्टीले माग गरिरहेको छ । 

२०८१ जेठ १५ गते गणतन्त्र दिवसका दिन काठमाडौँमा शक्ति प्रदर्शन गर्ने तयारी समेत जनमत पार्टीले गरिरहेको छ । त्यसको तयारीका बारेमा समेत बैठकमा छलफल हुने बताइएको छ । पार्टीका उपाध्यक्ष ई.दीपक साहले चैतमा बस्ने केन्द्रीय समिति बैठक नियमित भएको बताए । उनले भने, ‘सरकारको विषयलाई एजेण्डाकै रुपमा राखिएको छैन, तर छलफलको क्रममा समीक्षाको विषय बन्नसक्छ ।’

‘केन्द्रीय समितिको मुख्य एजेण्डा नै संगठन विस्तार, त्यसको सुदृढीकरण नै रहेको छ’ उनले भने, ‘वडाको अधिवेशन सकिएको छ, त्यसको बारेमा समीक्षा हुन्छ सो बैठकबाट पालिकास्तरको अधिवेशनको कार्यक्रम तय हुन्छ ।’

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार