मुख्य समाचार
विश्व वातावरण दिवसमा बर्दियामा विविध कार्यक्रमसहित अगुवालाई सम्मान | बर्दियाको ठाकुरबाबा र राजापुरका युवा महिलालाई व्यवसायमका लागि स्टार्ट–अप सहयोग | विश्व वातावरण दिवसमा जानकीमा हरियाली अभियान : कन्या विद्यालय परिसरमा रोपियो बिरुवा | दुई वर्षअघि भएको जसपा नेपाल विभाजन सर्वोच्चबाट बदर | मानव बेचबिखन नियन्त्रण समिति र बाल अधिकार समितिको समिक्षा गोष्ठी सम्पन्न | बर्दियाका तीन पालिककालाई विपद् जोखिम न्यूनीकरण सामग्री हस्तान्तरण | वडा सदस्य रामधिरज यादवको निधनमा जानकी गाउँपालिकामा सोमबार शोक बिदा | नेपालले पनि भारतको सीमा मिचेको छ : प्रधानमन्त्री शाह | मधुवन नगरपालिकामा ३ दिने ईसीडी शिक्षकहरूका लागि शैक्षिक सामग्री निर्माण तालिम सफलतापूर्वक सम्पन्न | यादव सेवा केन्द्रको अध्यक्षमा सोहनलाल यादव निर्विरोध, महासचिवमा मिश्रिलाल यादव चयन |

प्रधानमन्त्री देउवाको अभिव्यक्तिमा प्रचण्डको करेक्सन : एमसिसी पास गर्छौं भनेकाे छैन्

महमूद आलम खान 1133+ समाचार ( )
१९ कार्तिक २०७८, शुक्रबार

काठमाडौं । मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) पास गर्छौं भनेर चिठ्ठी लेखेको प्रधानमन्त्री शेरबहादुर देउवाको अभिव्यक्तिलाई नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले करेक्सन गरेका छन् । राष्ट्रिय सहमति नभई पारित गर्न नसक्ने भएकाले समय चाहिन्छ भनेर चिठ्ठी पठाएको दर पास गछौं भनेर नभनेको प्रचण्डको दाबी छ ।

बिहीबार बेलायत भ्रमणबाट फर्किएका प्रधानमन्त्री शेरबहादुर देउवाले एमसीसी पास गर्छौं भनेर प्रचण्ड र आफूले हस्ताक्षर गरेर पठाइसकेको दाबी गरेका थिए । देउवाको अभिव्यक्तिले सत्तारुढ गठबन्धनमा तरंग फैलिएको थियो ।

तर प्रचण्डले देउवाको दाबीभन्दा फरक मत राखेका हुन् । देउसी खेल्न आफ्नो निवासमा आएका सञ्चारकर्मीसँग कुरा गर्दै प्रचण्डले भने, ‘हिजो शेरबहादुरजीले कहाँ के बोलिदिनुभएछ, प्रचण्डजी र मैले चिठ्ठी पठासकेको छु भनेर । देशैभरि साथीहरुको तरंग पैदा भएको छ । हामीले त्यस्तो चिठ्ठी पठाएको होइन ।’

‘हामीले भनेको के हो भने देशमा सबै दलहरुसँग छलफल नगरी राष्ट्रिय सहमति नबनाई हामीले यसलाई पारित गर्न सकिँदैन । त्यसका निम्ति हामीलाई समय चाहिन्छ । हामी छलफल गर्छौं । समस्या कहाँ छ ? त्यसको निदान कसरी गर्न सकिन्छ ? भनेर उपाय निकाल्छौं भनेर लेखेको चिठ्ठी हो । हामी पास गर्छौं भनेर लेखेको होइन’, प्रचण्डले भने ।

एमसीसी सम्झौता गर्दा संसदबाट अनुमोदन गर्नुपर्ने प्रावधान नभएको, तर त्यो थप्दा समस्या भएको उनले बताए । ‘पहिला सुरुमा सहमति हुँदा एमसीसी सम्झौता संसदमा लैजानुपर्ने, अनुमोदन गर्नुपर्ने केही थिएन । अमेरिकाले पैसा दिने, नेपालले लिने र विकास गर्ने भन्ने मात्र थियो । त्यतिबेला हामी पनि सरकारमा थियौं, शेरबहादुर देउवाकै नेतृत्वमा सरकार थियो । त्यतिबेलाको अर्थमन्त्रीले सम्झौता गरेको हो । त्यो सम्झौतामा संसदमा लगेर ऐन सरह हुने गरी अनुमोदन गर्ने कुरामा थिएन,’ प्रचण्डले भने, ‘पछि त्यसमा त्यो थपियो । त्यसो हुँदा यसको पछाडि के हो त रहस्य भन्ने प्रश्न खडा भयो । र विवादमा आयो ।’

अमेरिका, बेलायत वा कुनै पनि देशले लिने अनुदान सहयोग लिनु स्वाभाविक भएको भन्दै प्रचण्डले सुरुको सहमतिमा डराउनुपर्ने कुरा नभएको बताए । तर संसदबाट पास गर्नुपर्ने व्यवस्था थप हुँदा विवाद भएको उनको भनाइ छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार