मुख्य समाचार
बर्दियाको ठाकुरबाबा र राजापुरका युवा महिलालाई व्यवसायमका लागि स्टार्ट–अप सहयोग | विश्व वातावरण दिवसमा जानकीमा हरियाली अभियान : कन्या विद्यालय परिसरमा रोपियो बिरुवा | दुई वर्षअघि भएको जसपा नेपाल विभाजन सर्वोच्चबाट बदर | मानव बेचबिखन नियन्त्रण समिति र बाल अधिकार समितिको समिक्षा गोष्ठी सम्पन्न | बर्दियाका तीन पालिककालाई विपद् जोखिम न्यूनीकरण सामग्री हस्तान्तरण | वडा सदस्य रामधिरज यादवको निधनमा जानकी गाउँपालिकामा सोमबार शोक बिदा | नेपालले पनि भारतको सीमा मिचेको छ : प्रधानमन्त्री शाह | मधुवन नगरपालिकामा ३ दिने ईसीडी शिक्षकहरूका लागि शैक्षिक सामग्री निर्माण तालिम सफलतापूर्वक सम्पन्न | यादव सेवा केन्द्रको अध्यक्षमा सोहनलाल यादव निर्विरोध, महासचिवमा मिश्रिलाल यादव चयन | ब्राजिल र दक्षिण अफ्रिकास्थित दूतावास बन्द नगर्न एनआरएनए पूर्व पदाधिकारीको आग्रह |

निजी विद्यालयका माग जायज छन, कानून बनाएर सम्वोधनको पहल गर्छुः गौडेल

यूथ टुडे समाचारदाता 3407+ समाचार ( )
३० माघ २०८२, बिहीबार

बाँके । चुनावी सरगर्मी बढ्दै जाँदा बाँके क्षेत्र नं.१ का प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार नारायण प्रसाद गौडेलले शिक्षा क्षेत्रका सरोकारवालासँग संवाद गरेका छन् । प्याब्सन कोहलपुरले उम्मेदवारहरुसँग निजी विद्यालयका प्रतिनिधिहरुको वृहत्त शैक्षिक अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले निजी विद्यालयका जायज मागलाई कानून बनाएर सम्बोधन गर्ने प्रतिबद्धता व्यक्त गरे ।

कार्यक्रममा निजी विद्यालयका सञ्चालक, प्रिन्सिपल तथा शिक्षक प्रतिनिधिहरुले शिक्षा क्षेत्रका विद्यमान समस्या, नीति–नियमको अस्पष्टता र संसदमा विचाराधीन शिक्षा विधेयकबारे आफ्ना धारणा राखेका थिए। सोही सन्दर्भमा बोल्दै गौडेलले भने, “यहाँ निजी क्षेत्रका माग सम्बोधन गर्छु भनेर घोषणामात्रै गरेर हुँदैन। यो नीति र कानूनसँग जोडिएको कुरा हो। जिताएर पठाउनुहोस् म त्यसका लागि संसदमा लड्छु।” उनले शिक्षा विधेयक अहिले संसदमा विचाराधीन अवस्थामा रहेको उल्लेख गर्दै निजी विद्यालयका प्रतिनिधिहरुको सुझाव र मागलाई आफूले विधेयक संशोधनको क्रममा समेट्ने प्रतिवद्धता जनाए। गौडेलले शिक्षा क्षेत्र देशको मेरुदण्ड भएको उल्लेख गर्दै निजी क्षेत्रले शैक्षिक गुणस्तरमा उल्लेखनीय टेवा पुर्‍याएको बताए।

“निजी क्षेत्रले ठूलो रोजगारी सिर्जना गरेको छ। गुणस्तरीय शिक्षामा निजी क्षेत्रको योगदान अस्वीकार गर्न मिल्दैन,” उनले भने, “तर राज्यले निजी क्षेत्रप्रति गर्ने व्यवहार सधैं सकारात्मक भएको छैन भन्ने कुरा जायज छ।” उनले शिक्षा क्षेत्रमा देखिएका समस्या समाधानका लागि भावनात्मक भाषणभन्दा पनि नीतिगत स्पष्टता आवश्यक रहेको धारणा राखे। उनले देशको विकासका लागि नितीगत सुधार अहिलेको अपरिहार्यता रहेको बताए ।

“विकास गर्छु भनेर भाषण गरेर मात्रै हुँदैन। त्यसका लागि कानून बनाउन आवश्यक छ,” उनले भने । बाँके क्षेत्र नं.१ मा चुनावी अभियानलाई तीब्र बनाएरका गौडेलले विभिन्न क्षेत्रका समस्या, गुनासा सुन्ने काम गर्दै आएका छन् । काँग्रेस बाँकेका सभापति समेत रहेका गौडेलले त्यस्ता समस्याहरु पार्टीको नेतृत्वतहबाट गर्ने सकिने भए त्यसैअनुसार प्रतिवद्धता जनाइरहेका छन भने नीतिगत ढंगबाट गरिने कुराहरु संसदमा आफु पुगेपछि गर्ने विश्वास दिलाउने गरेको काँग्रेस बाँके क्षेत्र नं.१ सचिव खुम बस्नेतलले बताए ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार