मुख्य समाचार
पत्रकार आशिष मल्लमाथि रड प्रहार : आक्रमणकारीको तत्काल पहिचान गरी कारबाही गर्न पत्रकारहरूको माग | ४७ युवालाई उद्यमशीलता विकास तालिम, स्वरोजगार र आत्मनिर्भरतातर्फ प्रेरित | भोटेकोशी बाढी: पीडित बालबालिकालाई मासिक १७ हजार ५०० दिइने | हरेक वर्ष १ करोड २० लाख बालिकाको बालविवाह | सुकुमवासीलाई होल्डिङ सेन्टरबाट हटाउने निर्णय तत्काल फिर्ता लिन कांग्रेसको माग | रोल्पाको सुनिल स्मृति गाउँपालिकाद्वारा नरैनापुरको विकास अभ्यासको अध्ययन | आँखा शिविरबाट २१८ जना मोतियाबिन्दुका बिरामीको शल्यक्रिया | पुराना कानुन खारेज गरी अर्थतन्त्रलाई सहज बनाउनुपर्छ : अर्थमन्त्री | वालेनको टिम ‘ब्रान्डिङ’ को आफ्नै पारा | बालेन–मोदीले गरे महाकाली नदीमाथि निर्माण गरिएको मोटरेबल पुल उद्घाटन |

कृषकहरुलाई डिप बोरिङ र राहत उपलब्ध गराउन प्रजिअलाई नरैनापुरका अध्यक्ष शाहले दिए पत्र

यूथ टुडे समाचारदाता 3693+ समाचार ( )
सिँचाईको अभावमा खडेरी परेको नरैनापुरका कृषकहरुलाई डिप बोरिङ र राहत उपलब्ध गराउन माग गर्दै नरैनापुर गाँउपालिका अध्यक्ष इस्तियाक अहमद शाहले आज बिहिबार बाँकेका प्रमुख जिल्ला अधिकारी सूर्य बहादुर खत्रीलाई पत्र हस्तान्त्रण गर्नु भएको छ ।
१६ भाद्र २०७९, बिहीबार

बाँके । सिँचाईको अभावमा खडेरी परेको नरैनापुरका कृषकहरुलाई डिप बोरिङ र राहत उपलब्ध गराउन माग गर्दै नरैनापुर गाँउपालिका अध्यक्ष इस्तियाक अहमद शाहले आज बिहिबार बाँकेका प्रमुख जिल्ला अधिकारी सूर्य बहादुर खत्रीलाई पत्र हस्तान्त्रण गर्नु भएको छ । 

नरैनापुर गाँउपालिकाको सर्वदलिय बैठकले कृषकहरुलाई राहत दिन प्रदेश र संघीय सरकार संग माग गर्ने निर्णय गरे पछि गाँउपालिकाले उक्त निर्णयलाई माग पत्र संगै राखेर प्रमुख जिल्ला अधिकारीलाई बुझाएको नरैनापुरका प्रमुख प्रशाकिय अधिकृत भरत बस्नेतले जानकारी दिनु भयो । 

प्रमुख जिल्ला अधिकारी खत्रीलाई पत्र हस्तान्त्रण गर्दै अध्यक्ष शाहले भन्नुभयो, “गत वर्षको बेमौसमी बर्षाका कारण खेतमा कृषकले लगाएको धानबाली नष्ट भएको पिडा सेलाउन नपाउदै यस वर्ष समयमा वर्षात नहुदाँ धानको बिउ खेतमा नै सुकेर नष्ट भएको बताउनु भयो ।” उहाँले भन्नुभयो गाउँपालिकामा सिचाइको व्यवस्था नहुँदा ९० प्रतिशत खेत बाँझाँे नै देखिएको छ । नरैनापुरका ९० प्रतिशत खेत बाँझाँे भए पछि पालिकालाई सुख्खा ग्रस्त क्षेत्र घोषण गरिएको बताउनु भयो ।

नरैनापुरका कृषकलाई राहत दिन माग गर्दै गाँउपालिका अध्यक्ष शाह संगै नेकपा माओबादी केन्द्रकि केन्द्रीय सदस्य एंव लुम्बिनी प्रदेश सभा सदस्य कष्ण केसी “नमूना” पनि जिल्ला प्रशासन कार्यालय पुग्नु भएको थियो । उहाँले गृह र कृषि मन्त्रालयलाई राहतको व्यवस्थापनका लागि पत्रचार गरीदिन प्रमुख जिल्ला अधिकारी संग आग्रह गर्नु भएको थियो । 

प्रमुख जिल्ला अधिकारी सूर्य बहादुर खत्रीले आईतबार विपत व्यवस्थापन समितिको बैठकबाट निर्णय गराएर राहतका लागि केन्द्र सरकारलाई पत्रचार गर्ने बताउनु भयो । प्रमुख जिल्ला अधिकारी खत्रीले भन्नुभयो,पानी नभएर आकाशको भरमा खेति गर्नुपर्ने बाध्यतालाई अन्त्य गर्नका लागि आफूले पहल थाल्ने जिकिर गर्नु भएको थियो ।

यता नरैनापुरलाई सुख्खा क्षेत्र घोषणा गरे पछि राहतका लागि प्रदेश र संघीय सरकारका भौतिक पूर्वधार तथा यातायात मन्त्री, यूवा तथा खेलकुद मन्त्री र अर्थ मन्त्रीलाई जानकारी गराए पनि कुनै ढोस निर्णय हुन नसके पछि अर्थ मन्त्रीको सुझावमा प्रमुख जिल्ला अधिकारीलाई राहतका लागि पहल गरीदिन पत्र दिएको गाँउपालिका अध्यक्ष शाहको भनाई थियो ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार