बर्दिया । नियमित विद्यालय उपस्थितिलाई प्रवर्द्धन गर्ने र पछाडी पारियका समुदाय तथा जोखिममा रहेका बालिकाहरूको शिक्षामा पहुच तथा बिधालयमा टिकाई राख्ने उद्देश्यले बालिकाहरुलाई साइकल वितरण गरियको छ ।
बाँके युनेस्को क्लबले प्लान इन्टरनेशनल नेपालसँगको साझेदारीमा र मधुवन नगरपालिकाको समन्वय गरियको कार्यक्रमको अध्यक्षता नगर प्रमुख तेज बहादुर भाट ले गर्नुभएको थियो भने कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत, वडाध्यक्ष, शिक्षा शाखा प्रमुख र महिला तथा बालबालिका शाखा प्रमुखको सहभागिता रहेको थियो। कार्यक्रमको सञ्चालन बाँके युनेस्को क्लबका परियोजना संयोजक ईश्वर बी.कले गर्नुभएको थियो भने फिल्ड सुपरवाइजर सावित्रा भाट लगायतको सहभागीता रहेको थियो ।
कार्यक्रममा बोल्दै नगर प्रमुख भाटले साइकल वितरणले बालिकाहरूको दैनिक यात्रा सहज मात्र बनाउने होइन, उनीहरूलाई आत्मविश्वास, मर्यादा र आशाका साथ निरन्तर पढ्न प्रोत्साहन पनि गर्ने यो अभियान समावेशी, शिक्षित र सशक्त भविष्य निर्माणतर्फको एक महत्वपूर्ण कदम भयको बताउनु भयो ।