मुख्य समाचार
नेपालगन्जका स्वास्थ्यकर्मीलाई कुपोषण व्यवस्थापन क्षमता अभिबृद्धि तालिम प्रदान | सुष्मा कोईराला मेमोरियल क्याम्पसको तिन दशक ः दुई हजार भन्दा बढी बिद्यार्थी उत्पादन | खजुरामा ‘कार्यस्थलमा हुने यौनजन्य दुव्र्यवहार निवारण आचारसंहिता सार्वजनिकीकरण | नेपालगञ्जमा अत्याधुनिक वाटर पार्क: गर्मी छल्न पौडी र डान्सको संगम | राष्ट्रिय सतर्कता केन्द्रले गर्यो ६३२ जना कर्मचारीलाई कारबाही | पहाडबाट हाटबजार आउनेको सम्झनामा नेपालगन्जमा प्रतिमा निर्माण | करिब १२ करोड रुपियाँको पाठ्यपुस्तक बिक्री | अमेरिका–इरान वार्तामा पाकिस्तानको सक्रियता | बाख्रासँगै आयआर्जनको आशा : जानकीमा ७० विपन्न परिवारलाई जीविकोपार्जनका लागि बाख्रा बितरण | सम्पत्ति विवरण संकलन तथा छानबिन गर्न ‘छानबिन आयोग’ गठन |

बालेनको नेपालगञ्ज अवतरणसँगै जनउत्साह उर्लियो

यूथ टुडे समाचारदाता 3306+ समाचार ( )
सुरक्षा कमजोरीका कारण सबै कार्यक्रम रद्द
१३ माघ २०८२, सोमबार

बाँके । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाहलाई सोमबार नेपालगञ्ज विमानस्थलमा समर्थकहरूले भव्य स्वागत गरेका छन् । नेपालगञ्ज आइपुग्ने बित्तिकै बालेनलाई स्वागत गर्न ठूलो संख्यामा समर्थकहरू विमानस्थल परिसरमै भेला भएका थिए, जसले क्षेत्रभर राजनीतिक माहोल तातेको देखियो ।

समर्थकहरूको अत्यधिक भीड र सुरक्षा व्यवस्था पर्याप्त नहुँदा नेपालगञ्जमा तय गरिएको पार्टी कार्यालय उद्घाटन कार्यक्रम नगरी बालेन कोहलपुर प्रस्थान गरेका थिए । तर कोहलपुरमा पनि सुरक्षा व्यवस्था मजबुत नभएको भन्दै बालेनले समर्थकहरूलाई हात हल्लाउँदै फर्किनु परेको र नेपालगञ्ज तथा कोहलपुरमा तय गरिएका सबै कार्यक्रम रद्द गरिएको रास्वपाका लुम्बिनी प्रदेश महामन्त्री निलराज अधिकारीले जानकारी दिनुभयो ।

महामन्त्री अधिकारीका अनुसार, कार्यक्रम रद्द भएपछि बालेन कोहलपुर पुगेका थिए तर त्यहाँ पनि नेपाल प्रहरीले अपेक्षित सुरक्षा व्यवस्था चुस्त बनाउन नसकेपछि कार्यक्रममा सहभागी नभई फर्किन बाध्य भएका हुन् । यस घटनापछि बाँकेका कार्यक्रमहरू स्थगित गरिए पनि बर्दियामा आयोजना हुने कार्यक्रममा सहभागी हुन त्यस तर्फ प्रस्थान गर्नु भएको छ भने आजै टिकापुर प्रस्थान गर्ने तयारी रहेको नेताहरूले बताएका छन् । 

नेपालगञ्जमा देखिएको समर्थकहरूको उत्साह, भीड र सक्रियताले बालेनप्रतिको बढ्दो जनसमर्थन र राजनीतिक आकर्षण स्पष्ट रूपमा झल्किएको छ । छोटो उपस्थितिमै देखिएको जनलहरले रास्वपाको चुनावी अभियान थप उर्जाशील बनेको विश्लेषण गरिएको छ । नेपालगञ्जमा भिड अनियन्त्रित हुँदा रास्वपाका नगर सभापति नबिन बहादुर खड्का र एक जना नाम नखुलेको युवा घाइते भएका छन् । घाइतेहरुको रास्वपाले उपचार गराउने जनाएको छ । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार