काठमाडौं । नेकपा एमालेको अध्यक्षमा केपी शर्मा ओली निर्वाचित भएका छन् । चितवनमा भएको दशौं राष्टिय महाधिवेशनबाट ओली अध्यक्षमा निर्वाचित भएका हुन् ।
अध्यक्ष पदमा केपी शर्मा ओलीले १८०८ मत प्राप्त गरेर बिजयी भएका हुन् । उनका प्रतिस्पर्धी भीम रावलले २१३ मत प्राप्त गरेका छन् ।
ओलीको चाहना सर्वसम्मत अध्यक्ष पदमा दोहोरिने थियो । यद्यपि उपाध्यक्षसमेत रहेका डा. भीम रावलले अध्यक्षमा उम्मेदवारी दर्ता गराएपछि उनको चाहनामा ब्रेक लागेको थियो ।
नयाँ नेतृत्व चयनका लागि भएको निर्वाचनमा २ हजार ९६ जना प्रतिनिधिले भोट हालेका थिए । अध्यक्षमा ओली भारी मत अन्तरले निर्वाचित भएका हुन्