मुख्य समाचार
बर्दियाको ठाकुरबाबा र राजापुरका युवा महिलालाई व्यवसायमका लागि स्टार्ट–अप सहयोग | विश्व वातावरण दिवसमा जानकीमा हरियाली अभियान : कन्या विद्यालय परिसरमा रोपियो बिरुवा | दुई वर्षअघि भएको जसपा नेपाल विभाजन सर्वोच्चबाट बदर | मानव बेचबिखन नियन्त्रण समिति र बाल अधिकार समितिको समिक्षा गोष्ठी सम्पन्न | बर्दियाका तीन पालिककालाई विपद् जोखिम न्यूनीकरण सामग्री हस्तान्तरण | वडा सदस्य रामधिरज यादवको निधनमा जानकी गाउँपालिकामा सोमबार शोक बिदा | नेपालले पनि भारतको सीमा मिचेको छ : प्रधानमन्त्री शाह | मधुवन नगरपालिकामा ३ दिने ईसीडी शिक्षकहरूका लागि शैक्षिक सामग्री निर्माण तालिम सफलतापूर्वक सम्पन्न | यादव सेवा केन्द्रको अध्यक्षमा सोहनलाल यादव निर्विरोध, महासचिवमा मिश्रिलाल यादव चयन | ब्राजिल र दक्षिण अफ्रिकास्थित दूतावास बन्द नगर्न एनआरएनए पूर्व पदाधिकारीको आग्रह |

‘अब काम गर्ने प्रतिनिधि चाहियो’ : डुडुवामा दिपेन्द्र बिष्टलाई गाउँलेको साथ

यूथ टुडे समाचारदाता 3407+ समाचार ( )
तारा चिन्हमा भरोसा? डुडुवामा गाउँले र उम्मेदवारबीच सीधा संवाद
२५ माघ २०८२, शनिबार

बाँके । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचन नजिकिँदै जाँदा बाँके क्षेत्र नम्बर २ मा चुनावी सरगर्मी बढेको छ। यही माहोलबीच नेपाली कम्युनिष्ट पार्टीका तर्फबाट उम्मेदवार बनेका दिपेन्द्र बिष्ट मतदाताको ढोका/ढोका पुग्दै, वर्षौंदेखि थन्किएका गाउँलेका पीडा र अपेक्षाहरू सुन्ने अभियानमा जुट्नुभएको छ ।

शनिबार डुडुवा गाउँपालिकाको वडा नम्बर २ अन्तर्गत जाफर पुर्वा पुग्नुभएका बिष्टले कृषि, स्वास्थ्य, सडक, पुल, खानेपानी र युवालाई रोजगारी जस्ता गाउँलेको दैनिकीसँग जोडिएका विषयलाई आफ्नो प्रमुख एजेन्डा बनाउँदै जनतासँग संवाद गर्नुभयो ।

गाउँलेले वर्षौंदेखि भोग्दै आएको अभाव र उपेक्षाप्रति आवाज उठाउँदै बिष्टले “अब गाउँ सम्झिने प्रतिनिधि चाहिएको” भन्दै तारा चुनाव चिन्हमा मतदान गरी विजयी गराउन अपिल गर्नुभयो ।

कार्यक्रममा उपस्थित स्थानीयले खुलेर आफ्ना गुनासा राखे। डुडुवा गाउँपालिकाका स्थानीय नजिर अलि भन्छन्,“यहाँबाट धेरै नेता जितेर गएका छन्, तर चुनावपछि उनीहरू गाउँ फर्केर आएनन्। भोट माग्न आउँछन्, तर हाम्रो दुःख बुझ्दैनन्। बाटो, खानेपानी, बिजुली र रोजगारीको कुरा हरेक चुनावमा सुन्छौं, तर हाम्रो जीवन उस्तै छ ।”

उनको भनाइमा गाउँलेको मनोभाव स्पष्ट देखिन्थ्यो,“जो नेता हाम्रो कुरा सुन्छ, हाम्रो समस्या समाधान गर्छ भन्ने विश्वास दिलाउँछ, हामी फेरि उसैलाई भोट दिन तयार छौं ।”

स्थानीयवासीहरूले यसपटक पुराना नेताबाट होइन, नयाँ सोच र इमानदार उम्मेदवारबाट परिवर्तन खोज्ने प्रतिबद्धता जनाएका छन् ।

यही भावनालाई सम्बोधन गर्दै उम्मेदवार दिपेन्द्र बिष्ट ले भन्नुभयो,“विगतमा यहाँका समस्या बेवास्ता गरियो। त्यसैले मैले समग्र विकासको संकल्पसहित उम्मेदवारी दिएको हुँ। गाउँलेको भरोसालाई काममा बदल्नेछु ।”

चुनावी प्रचार–प्रसारमा बिष्टसँगै समानुपातिक उम्मेदवारद्वय कालि मियाँ ‘कसमीरा’ र जामिया खातुन समेत सहभागी रहेका छन्। पार्टीका सचिव डिल्ली नराल ले गाउँ–गाउँ पुगेर जनताको आवाज सुन्ने अभियानलाई अझ सशक्त बनाइने जानकारी दिनुभयो । 

गाउँलेको भरोसा, विकासको अपेक्षा र परिवर्तनको चाहना बोकेको बाँके २ मा यसपटक चुनाव केवल मतको होइन, विश्वास र भविष्यको परीक्षा बन्दै गएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार