मुख्य समाचार
नेपालगन्जका स्वास्थ्यकर्मीलाई कुपोषण व्यवस्थापन क्षमता अभिबृद्धि तालिम प्रदान | सुष्मा कोईराला मेमोरियल क्याम्पसको तिन दशक ः दुई हजार भन्दा बढी बिद्यार्थी उत्पादन | खजुरामा ‘कार्यस्थलमा हुने यौनजन्य दुव्र्यवहार निवारण आचारसंहिता सार्वजनिकीकरण | नेपालगञ्जमा अत्याधुनिक वाटर पार्क: गर्मी छल्न पौडी र डान्सको संगम | राष्ट्रिय सतर्कता केन्द्रले गर्यो ६३२ जना कर्मचारीलाई कारबाही | पहाडबाट हाटबजार आउनेको सम्झनामा नेपालगन्जमा प्रतिमा निर्माण | करिब १२ करोड रुपियाँको पाठ्यपुस्तक बिक्री | अमेरिका–इरान वार्तामा पाकिस्तानको सक्रियता | बाख्रासँगै आयआर्जनको आशा : जानकीमा ७० विपन्न परिवारलाई जीविकोपार्जनका लागि बाख्रा बितरण | सम्पत्ति विवरण संकलन तथा छानबिन गर्न ‘छानबिन आयोग’ गठन |

विनाशकारी भुकम्पपछिका १० वर्ष : मुहान सुकेपछि गाँउ नै खण्डहर

यूथ टुडे समाचारदाता 3306+ समाचार ( )
१२ वैशाख २०८२, शुक्रबार

दोलखा। दोलखाको गौरीशङ्कर गाँउपालिका वडा नम्बर– ८ खारेमा एउटा गाँउ छ किरसे । यो गाँउ विगतमा सुन्तला खेतीको लागि जिल्ला भरीनै प्रख्यात थियो । २०७२ सालको विनाशकारी भुकम्प पछि भने यो गाँउ खण्डहर जस्तै बनेको छ ।

भुकम्प लगतै गाँउको नजिक रहेको देवीथान पधेरो र जामुने खोल्चामा रहेका दुईवटा पानीको मुहान सुकेपछि किरसेका झण्डै १० घर धुरीका वासिन्दा अन्यत्र सर्न बाध्य भए । त्यसपछि उर्बर गाँउ खण्डहर बनेको स्थानीय जेष्ठ नागरिक कृष्ण बहादुर तमाङले बताउनुभयाे ।

सिन्धुपाल्चोकको लिसंखुतिरबाट आएका तमाङ समुदाय किरसेमा बस्न थालेको सात पुस्ता वितिसकेको कृष्णबहादुरको भनाई छ ।

किरसेका स्थानीय अहिले वडा नम्बर– ८ खारेकै लुङ्गटा र खारेखोला तथा चंखु– मार्वुको बरुमा स्थानान्तरण भएका छन् । कोही– कोही भने जिरी, काठमाण्डौ र विदेशमा समेत गएको स्थानीय गोकर्ण तमाङले बताउनुभयाे ।

स्थानीय सरकारले पानीको व्यवस्था गरेर आफ्नै थातथलोमा फर्कने वातावरण बनाउछन् की भनेर १० बर्षसम्म पर्खदा पनि कुनै वास्ता नगरेको गोकर्ण तमाङको गुनासो छ । भुकम्प पछि वसाई आएको लुङ्गटा र खारेखोला पनि पहिरोको जोखिममा छ, जमिन पनि धेरै छैन स्थानीय गोकर्ण तमाङले भन्नुभयाे– त्यसैले हामी जेसुकै हुन्छ होस भनेर किरसेमै फर्कने तयारीमा छौ ।

२०७२ सालको भुकम्पले किरसेको घरहरुलाई धेरै ठुलो क्षति पुगेको थिएन गोकर्ण तमाङले भन्नुभयाे– पानीको मुहान सुकेर स्थानीयले गाँउ छोडेपछि भने आगलागी र लार्पवाहिले धेरै घरहरु ढलेको हो । अहिले गाँउमा स्थानीय कृष्ण बहादुर तमाङको एउटा भग्नावशेष घरमात्र बाँकी रहेको उहाँले बताउनुभयाे ।

आफु र अर्का छिमेकी रत्नबहादुर तमाङले किरसेमै सुन्तला खेती सुरु गरेर घर बनाउने तयारी गरेको गोकर्ण तमाङको भनाई छ । ‘अझै पनि सरकारले किरसेको उर्वर भूमिलाई वस्न योग्य बनाउन पानीको व्यवस्था गरिदिन्छ कि भन्ने आश मारेका छैनौ’,उहाँले भन्नुभयाे ।

करिब ४ सय रोपनी जमिन रहेको किरसेमा सुन्तला, केरा, आलु, मकै, कोदो, धान लगायतका खेती हुने भएकोले यहाँका स्थानीयलाई खाने कुनै समस्या थिएन, कृष्ण बहादुरले भन्नुभयाे– सुन्तला बिक्रिबाट त राम्रो आम्दानी समेत लिने गरेका थिए ।

किरसेको सुन्तलाको चर्चा आसपासका हरेक मठ– मन्दिरमा लाग्ने जात्रा र पुजा हरुमा समेत हुने गरेको अर्का जेष्ठ नागरिक आरत बहादुर तमाङ बताउनुहुन्छ ।

आसपासका हरेक जात्रा– पुजाहरुमा,सुन्तला मिठो किरसेको, किरसेको मायाले बिर्सेको…….भन्दै युवा– युवतीहरुले दोहोरी गाँउदै ठुम्का लगाउने गरेको आरत बहादुरले सुनाउनुभयाे । तर अहिले गाँउ खण्डहर बनेको छ, सुन्तलाका बोटहरु पानीको अभाव र डढेलोले सखाप भएका छन्– आरत बहादुरले भन्नुभयाे ।

किरसेको अर्का जेष्ठ नागरिक ८४ बर्षिय मुगी घिसिङ भुकम्प अघि असाध्य उर्वर किरसे गाँउ छोड्नु पर्दा आफुलाई पीडा हुने गरेको बताउनुहुन्छ । किरसेमा रहेका सुन्तलाको एउटा बोटमा पाँच हजार दानासम्म सुन्तला फल्ने गरेको थियो, फलफुल तथा खाद्यान्न बाली प्रशस्त हुने भएकोले गुजारामा कुनै समस्या थिएन मुगी घिसिङले भन्नुभयाे ।

भुकम्प पछि पानीको मुहान सुकेर गाँउ छोड्न बाध्य भएका घिसिङ अहिले दैनिक गुजारा गर्नै मुस्किल भएको गुनासो गर्नुहुन्छ । उब्जनीको समस्याले स्थानान्तरण भएकाहरु पनि काठमाडौँ र विदेशमा मजदुरी गर्न जान बाध्य भएको स्थानीय युवा सुवराज तमाङ बताउनुहुन्छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार