मुख्य समाचार
बर्दियाको ठाकुरबाबा र राजापुरका युवा महिलालाई व्यवसायमका लागि स्टार्ट–अप सहयोग | विश्व वातावरण दिवसमा जानकीमा हरियाली अभियान : कन्या विद्यालय परिसरमा रोपियो बिरुवा | दुई वर्षअघि भएको जसपा नेपाल विभाजन सर्वोच्चबाट बदर | मानव बेचबिखन नियन्त्रण समिति र बाल अधिकार समितिको समिक्षा गोष्ठी सम्पन्न | बर्दियाका तीन पालिककालाई विपद् जोखिम न्यूनीकरण सामग्री हस्तान्तरण | वडा सदस्य रामधिरज यादवको निधनमा जानकी गाउँपालिकामा सोमबार शोक बिदा | नेपालले पनि भारतको सीमा मिचेको छ : प्रधानमन्त्री शाह | मधुवन नगरपालिकामा ३ दिने ईसीडी शिक्षकहरूका लागि शैक्षिक सामग्री निर्माण तालिम सफलतापूर्वक सम्पन्न | यादव सेवा केन्द्रको अध्यक्षमा सोहनलाल यादव निर्विरोध, महासचिवमा मिश्रिलाल यादव चयन | ब्राजिल र दक्षिण अफ्रिकास्थित दूतावास बन्द नगर्न एनआरएनए पूर्व पदाधिकारीको आग्रह |

माओवादी केन्द्रले कोहलपुरको सबै वडामा सम्पन्न गर्यो वडा अधिवेशन

महमूद आलम खान 1133+ समाचार ( )
नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) कोहलपुरले कोहलपुर नगरपालिकाका १५ वटै वडा समितिको वडा अधिवेशन सम्पन्न गरेको छ
५ मंगशिर २०७८, आइतबार

कोहलपुर । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) कोहलपुरले कोहलपुर नगरपालिकाका १५ वटै वडा समितिको वडा अधिवेशन सम्पन्न गरेको छ । नयाँ क्रान्तिकारी विचार र नयाँ क्रान्तिकारी पार्टी निर्माण गरौँ’ भन्ने मूल नाराका साथ देशै भरका वडाहरुमा एकै दिन मंसिर ४ मा वडा अधिवेशन सम्पन्न गर्ने भनिएपनि कोहलपुरका २ वटा वडाहरु वडा नं ७ र १५ मा आज सम्पन्न भए पछि कोहलपुर नगरका सबै वडाहरुको अधिवेशन सम्पन्न भएको हो । विशेष कारणले हिजो सम्पन्न हुन नसकेका दुवै वडाहरुको अधिवेशन आज सम्पन्न भएसँगै सवै वडाहरुमा सर्वसम्मतरुपमा नेतृत्व चएन भएको माओवपादी केन्द्रका युवा नेता नरेन्द्र न्यौपानेले बताए । 

भुगोल र संगठित पार्टी सदस्यको आधारमा सबै जातजाती भाषा भाषीकोे प्रतिनिधित्व हुने गरी समावेशिताको आधारमा सवै वडाहरुमा नेतृत्व चयन भएको नेता न्यौपानेले बताए । अधिवेशनमा लोकतान्त्रिक र प्रजातान्त्रिक अभ्यास अवलम्वन गरेकाले नेता कार्यकर्ता र अगुवा नेताहहरुमा उत्साह थपिएको न्यौपानेले बताए । उनले संगठन निर्माण अभियानसंगै आगामी निर्वाचनमा केन्द्रीत भएर जनतामा जान निर्देशन दिएको बताए ।

आज सम्पन्न वडा अधिवेशनबाट वडा नं ७ को अध्यक्षमा छेदवा थारु,उपाध्यक्षमा भिमा घर्ती,सचिवमा तेज प्रकाश पुन र कोषाध्यक्षमा दुखराम थारु सहित १५ सदस्यीय समिति गठन भएको छ ।

यसैगरी वडा नं १५ को अध्यक्षमा पितराम थारु,उपाध्यक्षमा सौधु थारु,सचिवमा हर्क बहादुर भण्डारी सहित १५ १५ सदस्यीय समिति गठन भएको कोहलपुर नगर समिति अध्यक्ष तुलाराज बिष्ट(विहानी)ले जानकारी दिए ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार