मुख्य समाचार
बर्दियाका सय युवालाई आर्थिक रुपमा सक्षम बनाउने अभियान | नेपालगञ्ज युवा विकास सम्मेलन २०२६ आयोजना हुँदै | युवालाई खेलतर्फ आकर्षित गर्न जानकी गाउँपालिकामा अध्यक्ष कप तेक्वान्दो सुरु | राजापुरको चैते धान खेतीबाट जानकीका किसान उत्साहित | मधुवन नगरपालिकामा सडक नाटकमार्फत मानव बेचबिखनविरुद्ध जनचेतना | जानकीका शिक्षक एआईमैत्री बन्दै : ३ दिने आधारभूत तालिम सम्पन्न | जानकीका किसानलाई ’बोनस’ बन्दै चैते धानः परम्परागत खेती भत्किँदै, भित्रिँदै आधुनिकता | जानकीमा शिक्षकहरूलाई एआई मैत्री बनाउन ३ दिने तालिम सुरु | मानव बेचबिखन तथा लागूऔषध दुव्र्यसनविरुद्ध एकतावद्ध भएर काम गर्ने प्रतिवद्धता | हर्क साम्पाङ ट्राफिक प्रहरीको कारबाहीमा |

अलमुताइरी नेपाल फर्किन सहमत

महमूद आलम खान 1133+ समाचार ( )
१० कार्तिक २०७८, बुधवार

काठमाडौं । नेपाली राष्टिय फुटबल टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले आफनो जिम्मेवारीलाई निरन्तरता दिने भएका छन् । मुख्य प्रशिक्षक अलमुताइरीले थप ३ वर्ष नेपाली टोली सम्हाल्ने सहमति भएका छन् ।

अखिल नेपाल फुटबल संघ (एन्फा) क अध्यक्ष कर्मा छिरिङ शेर्पा, कतार फुटबल एशोसियसन र अलमुताइरीबीच भएको छलफल पछि अलमुताइरी थप ३ वर्ष नेपाल रहने भएका हुन् । अलमुताइरीले बुधबार सामाजिक सञ्जालमार्फत आफू थप ३ वर्ष नेपाल रहने जानकारी दिएका हुन् ।

आगामी २ वर्षका लागि आफ्ना योजनाहरु केही दिनमा सार्वजनिक गर्ने अलमुताइरीले बताएका छन् । तीन वर्ष नेपालको प्रशिक्षक रहन सहमत भएको जानकारी दिँदै उनले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, ‘आगामी दुई वर्षको लक्ष्य र योजना छिट्टै सार्वजनिक गर्छौं । नेपाली फुटबललाई अर्को स्तरमा पु¥याउने मेरो बाचा छ, तर हामीलाई समय दिनुस् ।’

माल्दिभ्समा भएको साफ च्याम्पियनसिप फुटबलमा नेपाललाई फाइनलमा पु¥याएका अल्मुताइरीले नेपाल नफर्किने घोषणा गरेका थिए । भारतविरुद्ध फाइनल खेल्नुअघि उनले यो खेल नेपाली टिमसँग अन्तिम खेल रहेको र नेपाल नफर्कने बताएका थिए ।

त्यसपछि एन्फा अध्यक्ष कर्माछिरिङ शेर्पा र महासचिव इन्द्रमान तुलाधारले माल्दिभ्समै पुगेर नेपाल फर्किन अनुरोध गरेका थिए । अल्मुताइरी भने नेपाली टिमसंग नफर्केर कतार लागे ।

एन्फा अध्यक्ष पनि कतार पुगेर उनीसँग भेट गरे । कतार पुटबल संघसँग पनि छलफल गरेपछि उनले आफ्नै निर्णयलाई परिवर्तन गर्दै नेपाल आउने बताएका हुन् ।

अल्मुताइरी गत चैतमा कतार पुटबल संघको सहयोगमा एक वर्षका लागि नेपाली राष्ट्रिय टोलीका मुख्य प्रशिक्षक नियुक्त भएका थिए । जुनमा अल्मुताइरीसँग २०२२ सेप्टेम्बरसम्मका लागि नयाँ सम्झौता गरेको एन्फाले बताएको छ । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार