मुख्य समाचार
बर्दियाको ठाकुरबाबा र राजापुरका युवा महिलालाई व्यवसायमका लागि स्टार्ट–अप सहयोग | विश्व वातावरण दिवसमा जानकीमा हरियाली अभियान : कन्या विद्यालय परिसरमा रोपियो बिरुवा | दुई वर्षअघि भएको जसपा नेपाल विभाजन सर्वोच्चबाट बदर | मानव बेचबिखन नियन्त्रण समिति र बाल अधिकार समितिको समिक्षा गोष्ठी सम्पन्न | बर्दियाका तीन पालिककालाई विपद् जोखिम न्यूनीकरण सामग्री हस्तान्तरण | वडा सदस्य रामधिरज यादवको निधनमा जानकी गाउँपालिकामा सोमबार शोक बिदा | नेपालले पनि भारतको सीमा मिचेको छ : प्रधानमन्त्री शाह | मधुवन नगरपालिकामा ३ दिने ईसीडी शिक्षकहरूका लागि शैक्षिक सामग्री निर्माण तालिम सफलतापूर्वक सम्पन्न | यादव सेवा केन्द्रको अध्यक्षमा सोहनलाल यादव निर्विरोध, महासचिवमा मिश्रिलाल यादव चयन | ब्राजिल र दक्षिण अफ्रिकास्थित दूतावास बन्द नगर्न एनआरएनए पूर्व पदाधिकारीको आग्रह |

तिन जना यादवलाई मन्त्री बनाए पछि जसपामा बिवाद सुरु

महमूद आलम खान 1133+ समाचार ( )
उपेन्द्रले एक्लौटी ढंगले मन्त्री बनाउन खोजेको भन्दै संघीय परिषद अध्यक्ष बाबुराम भट्टराई र वरिष्ठ नेता अशोक राई चिढिए
२२ अशोज २०७८, शुक्रबार

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादवलाई तत्कालीन मधेशी जनअधिकार फोरम हुँदादेखि नै आफ्नो समुदायलाई मात्र ध्यान दिएको आरोप लाग्दै आएको छ।

फोरमलाई संघीय समाजवादी पार्टीसँग एकीकरण गरेर संघीय समाजवादी फोरम, त्यसपछि समाजवादी पार्टी हुँदै जसपासम्म आइपुग्दा पनि उनीमाथि त्यो आरोप निरन्तर छ।

पछिल्लो पटक शुक्रबार भएको मन्त्रिपरिषद् पुनर्गठनमा जसपाबाट सरकारमा सहभागी मन्त्रीहरुको नामलाई लिएर उपेन्द्र यादवमाथि फेरि त्यस्तै आरोप लागेको छ। त्यसको कारण हो, जसपाबाट सरकारमा सहभागी चार मन्त्रीमध्ये तीन जना यादव छन् ।

जसपाले राजेन्द्र श्रेष्ठलाई संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री, महेन्द्र राय यादवलाई  कृषि तथा पशुपंक्षि विकासमन्त्री,रामसहायप्रसाद यादवलाई वन तथा वातवारणमन्त्री र रेणु यादवलाई भौतिक पूर्वाधार तथा यातायातमन्त्रीका रुपमा शेरबहादुर देउवा नेतृत्वको सरकारमा पठाएको छ। उनीहरुमध्ये राजेन्द्रबाहेक सबै उपेन्द्र यादव थर कै व्यक्ति रहेका छन्।

जसपाबाट प्रमोद साह र मोहम्मद इस्तियाक राईलगायत नेता मन्त्री हुने चर्चा थियो। शुक्रबार मात्रै पनि साहको नाम टुंगो लागेको बताइएको थियो। तर, उपेन्द्रकै जोडवलमा उनीहरु रिङबाट बाहिरिए ।

मन्त्री छनोटका क्रममा पनि शीर्ष नेताको बैठकमा भनाभन भएको एक नेताले बताए। उपेन्द्रले एक्लौटी ढंगले मन्त्री बनाउन खोजेको भन्दै संघीय परिषद अध्यक्ष बाबुराम भट्टराई र वरिष्ठ नेता अशोक राई चिढिएका थिए।

बाबुरामले उपेन्द्रलाई आफूलाई जे लाग्छ त्यही निर्णय गर्न चेतावनी दिएका थिए। पार्टीमा सर्वसम्मत हुन नसकेपछि उपेन्द्रकै जोडबलमा चार मन्त्री छोनिएको एक नेताले बताए । मुस्लिम समूदायबाट मोहम्मद इस्तियाक राईलाई मन्त्री बनाउन जनस्तरबाट दबाब सृजना भए पनि अध्यक्ष यादवले पछिल्लो पटक मन्त्री बनाउदाँ राईले पार्टीको नियम विपरीत काम गरेकोले मन्त्री बनाउन नमिल्ने तर्क गरेको स्रोतको भनाई छ । स्रोत अनुसार मुस्लिम समूदायबाट राईलाई मन्त्री बनाउने एक प्रकारले तयारी गरिए पनि राई माथि अख्तीयारमा मुद्दा बिचारधीत भएकोले मन्त्री बनाउन नसकिएको हो । यता यादव बाहेक अन्य समूदायलाई मन्त्री नबनाएको भन्दै राजपाको चर्को आलोचन सुरु भएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार