मुख्य समाचार
बर्दियाको ठाकुरबाबा र राजापुरका युवा महिलालाई व्यवसायमका लागि स्टार्ट–अप सहयोग | विश्व वातावरण दिवसमा जानकीमा हरियाली अभियान : कन्या विद्यालय परिसरमा रोपियो बिरुवा | दुई वर्षअघि भएको जसपा नेपाल विभाजन सर्वोच्चबाट बदर | मानव बेचबिखन नियन्त्रण समिति र बाल अधिकार समितिको समिक्षा गोष्ठी सम्पन्न | बर्दियाका तीन पालिककालाई विपद् जोखिम न्यूनीकरण सामग्री हस्तान्तरण | वडा सदस्य रामधिरज यादवको निधनमा जानकी गाउँपालिकामा सोमबार शोक बिदा | नेपालले पनि भारतको सीमा मिचेको छ : प्रधानमन्त्री शाह | मधुवन नगरपालिकामा ३ दिने ईसीडी शिक्षकहरूका लागि शैक्षिक सामग्री निर्माण तालिम सफलतापूर्वक सम्पन्न | यादव सेवा केन्द्रको अध्यक्षमा सोहनलाल यादव निर्विरोध, महासचिवमा मिश्रिलाल यादव चयन | ब्राजिल र दक्षिण अफ्रिकास्थित दूतावास बन्द नगर्न एनआरएनए पूर्व पदाधिकारीको आग्रह |

फ्रान्सको कलैसस्थित समुद्रमा दुर्घटना हुँदा २७ जनाको मृत्यु

महमूद आलम खान 1133+ समाचार ( )
फ्रान्स र बेलायत छुट्याउने समुद्री क्षेत्रमा उनीहरु चढेको डुङ्गा पल्टेको हो। फ्रान्सले यसअघि ३१ जनाको मृत्यु भएको बताएको थियो तर पछि यो तथ्यांक सच्याइएको छ
८ मंगशिर २०७८, बुधवार

काठमाडौँ । फ्रान्सबाट आप्रवासी बोकेर बेलायततर्फ जाँदै गरेको डुंगा फ्रान्सको कलैसस्थित समुद्रमा दुर्घटना हुँदा २७ जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा पाँच महिला र एक बच्चा रहेको फ्रान्सको आन्तरिक मामिला मन्त्रालयले जनाएको बीबीसीले उल्लेख गरेको छ । फ्रान्स र बेलायत छुट्याउने समुद्री क्षेत्रमा उनीहरु चढेको डुङ्गा पल्टेको हो। फ्रान्सले यसअघि ३१ जनाको मृत्यु भएको बताएको थियो तर पछि यो तथ्यांक सच्याइएको छ।

दुर्घटनासँगै फ्रान्स र बेलायतको उद्धार टोली उक्त क्षेत्रमा खटाइएको छ। अलजाजिराका अनुसार फ्रान्सले यो डुङ्गा दुर्घटनामा सम्बन्ध रहेको हुन सक्ने आशंकामा चारजनालाई पक्राउ गरेको छ। दुर्घटनामा परेकामधये दुईजनाको गम्भीर अवस्थामा अस्पतालमा उपचार भइरहेको तर उनीहरुको पहिचान भने खुल्न नसकेको फ्रान्सले बताएको छ। बेलायती पत्रिका टाइम्सका अनुसार दुर्घटनामा मृत्यु हुनेमध्ये एकजना पहिला बेलायती सेनाको लागि काम गर्ने अफगान नागरिक थिए।

लामो समयदेखि बेलायतको सहयोग पर्खिँदा पनि सहयोग नपाएपछि उनले जोखिमपूर्ण यात्रा गर्ने निर्णय गरेका थिए। फ्रान्सका प्रधानमन्त्री जिन कास्टेक्सले यसलाई दुःखद घटना भएको बताएका छन्। यस्तै बेलायती प्रधानमन्त्री बोरिस जोन्सनले घटनाप्रति गम्भीर दुःख व्यक्त गरेका छन् । सन् २०१४ देखि तथ्यांक संकलन गर्न थालिएयता डुंगा डुबेर यति धेरै संख्यामा आप्रवासीको एकैपटक ज्यान गएको यो पहिलो घटना हो ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार