मुख्य समाचार
४७ युवालाई उद्यमशीलता विकास तालिम, स्वरोजगार र आत्मनिर्भरतातर्फ प्रेरित | भोटेकोशी बाढी: पीडित बालबालिकालाई मासिक १७ हजार ५०० दिइने | हरेक वर्ष १ करोड २० लाख बालिकाको बालविवाह | सुकुमवासीलाई होल्डिङ सेन्टरबाट हटाउने निर्णय तत्काल फिर्ता लिन कांग्रेसको माग | रोल्पाको सुनिल स्मृति गाउँपालिकाद्वारा नरैनापुरको विकास अभ्यासको अध्ययन | आँखा शिविरबाट २१८ जना मोतियाबिन्दुका बिरामीको शल्यक्रिया | पुराना कानुन खारेज गरी अर्थतन्त्रलाई सहज बनाउनुपर्छ : अर्थमन्त्री | वालेनको टिम ‘ब्रान्डिङ’ को आफ्नै पारा | बालेन–मोदीले गरे महाकाली नदीमाथि निर्माण गरिएको मोटरेबल पुल उद्घाटन | एमालेसँग चुनावी तालमेलको सहमति भइसकेको प्रचण्डको दाबी |

नरैनापुरबाटै आन्तरिक राजस्व सेवा सुरु

यूथ टुडे समाचारदाता 3692+ समाचार ( )
७ अशोज २०८३, बुधवार

बाँके । बाँकेको नरैनापुर गाउँपालिकाबाटै आन्तरिक राजस्वसम्बन्धी सेवा सुरु भएको छ । आन्तरिक राजस्व कार्यालय नेपालगञ्जले प्रदान गर्दै आएको सेवा बुधबारदेखि नरैनापुर गाउँपालिकाको आन्तरिक राजस्व शाखामार्फत सुरु गरिएको हो ।

सेवाको पहिलो दिन स्थायी लेखा नम्बर (पान) जारी गर्दै नरैनापुरबाट औपचारिक रूपमा सेवा प्रारम्भ गरिएको हो । यसअघि स्थायी लेखा नम्बरलगायत आन्तरिक राजस्वसम्बन्धी सेवा लिन नेपालगञ्ज पुग्नुपर्ने बाध्यता रहेकाेमा अब स्थानीय तहमै सेवा उपलब्ध हुने भएको छ ।

स्थानीय रोजअलीले स्थानीय तहबाटै सेवा सुरु भएपछि नागरिकलाई निकै सहज भएको बताउनुभयो । “यसअघि सामान्य कामका लागि पनि नेपालगञ्ज पुग्नुपर्ने र घन्टौँ लाइनमा बस्नुपर्ने अवस्था थियो । अब गाउँमै सेवा पाउने भएपछि समय र खर्च दुवै बचत हुने भएको छ,” उहाँले भन्नुभयो ।

सेवाको शुभारम्भ गर्दै नरैनापुर गाउँपालिकाका अध्यक्ष इस्तियाक अहमद शाहले आन्तरिक राजस्वसम्बन्धी सेवा स्थानीय तहमै उपलब्ध हुनु नागरिकका लागि महत्वपूर्ण उपलब्धि भएको बताउनुभयो । उहाँले नेपालगञ्ज पुगेर सेवा लिनुपर्ने बाध्यता अन्त्य भएसँगै स्थानीय व्यवसायी, संघसंस्था तथा व्यक्तिहरूलाई सहज हुने उल्लेख गर्नुभयो ।

आन्तरिक राजस्व कार्यालय नेपालगञ्जका प्रमुख कर अधिकृत पूर्णप्रसाद न्यौपानेले सेवाग्राहीलाई नजिकबाट सेवा उपलब्ध गराउने उद्देश्यले सेवा स्थानीय तहबाट सुरु गरिएको बताउनुभयो । उहाँका अनुसार यसबाट सेवाग्राहीलाई सहज हुनुका साथै स्थानीय तह र सङ्घीय सरकारको राजस्व परिचालनमा समेत सकारात्मक प्रभाव पर्नेछ । प्रशासनिक तथा वित्तीय सङ्घीयताको प्रभावकारी कार्यान्वयनका लागि स्थानीय तहबाट सेवा प्रवाह सुरु गरिएको उहाँले बताउनुभयो ।

नरैनापुर गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नवराज वलीले नागरिकलाई घरदैलोमै सेवा पुर्‍याउने उद्देश्यले उपलब्ध स्रोतसाधनको उच्चतम प्रयोग गर्दै आन्तरिक राजस्वसम्बन्धी सेवा सञ्चालनमा ल्याइएको बताउनुभयो ।

नेपाल सरकारले करदाता सेवा कार्यालय खारेज गरी त्यहाँबाट हुँदै आएका कार्य स्थानीय तहबाटै सञ्चालन गर्ने निर्णय गरेअनुसार नरैनापुरबाट सेवा सुरु गरिएको हो । सरकारले २०८२ कात्तिक १७ गते गरेको निर्णय कार्यान्वयन गर्दै स्थानीय तहमा आन्तरिक राजस्वसम्बन्धी सेवा विस्तार गरिएको हो ।

स्थानीय तहबाटै सेवा उपलब्ध भएपछि नरैनापुर क्षेत्रका करदाता, व्यवसायी, संघसंस्था तथा सर्वसाधारणले आन्तरिक राजस्वसम्बन्धी कामका लागि नेपालगञ्ज धाउनुपर्ने अवस्थाको अन्त्य भएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार