मुख्य समाचार
विश्व वातावरण दिवसमा बर्दियामा विविध कार्यक्रमसहित अगुवालाई सम्मान | बर्दियाको ठाकुरबाबा र राजापुरका युवा महिलालाई व्यवसायमका लागि स्टार्ट–अप सहयोग | विश्व वातावरण दिवसमा जानकीमा हरियाली अभियान : कन्या विद्यालय परिसरमा रोपियो बिरुवा | दुई वर्षअघि भएको जसपा नेपाल विभाजन सर्वोच्चबाट बदर | मानव बेचबिखन नियन्त्रण समिति र बाल अधिकार समितिको समिक्षा गोष्ठी सम्पन्न | बर्दियाका तीन पालिककालाई विपद् जोखिम न्यूनीकरण सामग्री हस्तान्तरण | वडा सदस्य रामधिरज यादवको निधनमा जानकी गाउँपालिकामा सोमबार शोक बिदा | नेपालले पनि भारतको सीमा मिचेको छ : प्रधानमन्त्री शाह | मधुवन नगरपालिकामा ३ दिने ईसीडी शिक्षकहरूका लागि शैक्षिक सामग्री निर्माण तालिम सफलतापूर्वक सम्पन्न | यादव सेवा केन्द्रको अध्यक्षमा सोहनलाल यादव निर्विरोध, महासचिवमा मिश्रिलाल यादव चयन |

डुडुवालाई ‘कृषि पकेट क्षेत्र’ बनाउने लक्ष्य : चौधरी

महमूद आलम खान 1133+ समाचार ( )
डुडुवा गाउँपालिका वडा नं. ४ अमराहवामा शनिबार आयोजित कोणसभा कार्यक्रमलाई सम्बोधन गर्दै गाउँपालिका प्रमुख पदका उम्मेदवार नरेन्द्रकुमार चौधरीले कृषि पकेट क्षेत्रका रुपमा गाँउपालिकालाई स्थापीत गराउने प्रतिबद्धता गर्नुभएको हो ।
२४ वैशाख २०७९, शनिबार

बाँके । बाँकेको डुडुवालाई ‘कृषि पकेट क्षेत्र’ बनाउने लक्ष्य लिइएको छ । डुडुवा गाउँपालिका वडा नं. ४ अमराहवामा शनिबार आयोजित कोणसभा कार्यक्रमलाई सम्बोधन गर्दै गाउँपालिका प्रमुख पदका उम्मेदवार नरेन्द्रकुमार चौधरीले कृषि पकेट क्षेत्रका रुपमा गाँउपालिकालाई स्थापीत गराउने प्रतिबद्धता गर्नुभएको हो । 

कृषि पकेट क्षेत्र बनाउनका लागि बिउ उत्पादन केन्द्र निर्माण गरिने छ । व्यवसायीक पशुपालनलाई दिर्घकालिन रुपमा अघि बढाउन पशुको नश्ल सुधारका कार्यक्रम अघि बढाईने छ । कृषि उत्पादन बढाउन समयमै रासायनिक मलको सहज उपलब्धताका लागी पहल गरिने उहाँले बताउनुभयो । 

तरकारीको पकेट क्षेत्रका रुपमा रहेको हिरमिनीयामा तरकारी स्टोर गर्नका लागी कोल्ड स्टोर निर्माण गर्न लागिएको जानकारी दिंदै यसको निर्माण कार्य पुरा गर्ने बताउनुभयो । यसका साथै कृषि क्षेत्रमा थप सुधारका कार्यक्रम समेत ल्याइनेछ । गाँउपालिकामा कृषि प्राविधिकहरुको उपलब्धतालाई पनि प्रभावकारी बनाइने छ । 

परम्परागत कृषि प्रणालीलाई बदल्न चुनौति रहेकाले त्यसतर्फ गाँउपालिकाले प्रभावकारी कार्यक्रमका योजना लागु गर्ने छ । 

यस्तै, कृषिसंगै पर्यटनलाई पनि प्राथमिकतामा राखिएको छ । डुडुवा क्षेत्रका पर्यटकिय स्थललाई स्थापित गराउन पहल गर्ने, कतिपय ठाउँमा झुलुङ्गे पुलको निर्माण अन्तिम चरणमा रहेकाले यसलाई सम्पन्न गर्नेे, गएको ५ वर्षका अधुरा विकास निर्माणका कार्यलाई निरन्तरता दिइने उहाँको भनाइृ छ । 

गएको ५ बर्षमा ६ जना प्रशासकिय अधिकृत बदलिएकाले प्रशासनिक काममा बाधा अड्चन देखिएको बताउदै यसको निरुपणमा लागेर जनताको सेवा प्रभावकारी बनाउने उहाँले बताउनुभयो ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार