मुख्य समाचार
बर्दियाको ठाकुरबाबा र राजापुरका युवा महिलालाई व्यवसायमका लागि स्टार्ट–अप सहयोग | विश्व वातावरण दिवसमा जानकीमा हरियाली अभियान : कन्या विद्यालय परिसरमा रोपियो बिरुवा | दुई वर्षअघि भएको जसपा नेपाल विभाजन सर्वोच्चबाट बदर | मानव बेचबिखन नियन्त्रण समिति र बाल अधिकार समितिको समिक्षा गोष्ठी सम्पन्न | बर्दियाका तीन पालिककालाई विपद् जोखिम न्यूनीकरण सामग्री हस्तान्तरण | वडा सदस्य रामधिरज यादवको निधनमा जानकी गाउँपालिकामा सोमबार शोक बिदा | नेपालले पनि भारतको सीमा मिचेको छ : प्रधानमन्त्री शाह | मधुवन नगरपालिकामा ३ दिने ईसीडी शिक्षकहरूका लागि शैक्षिक सामग्री निर्माण तालिम सफलतापूर्वक सम्पन्न | यादव सेवा केन्द्रको अध्यक्षमा सोहनलाल यादव निर्विरोध, महासचिवमा मिश्रिलाल यादव चयन | ब्राजिल र दक्षिण अफ्रिकास्थित दूतावास बन्द नगर्न एनआरएनए पूर्व पदाधिकारीको आग्रह |

नेकपा एमाले लुम्बिनीमा बन्यो पहिलो दल

यूथ टुडे समाचारदाता 3407+ समाचार ( )
प्रदेशसभामा प्रत्यक्षतर्फ १८ सिट जित्दै नेकपा एमाले पहिलो दल बनेको छ । दोस्रो दल बनेको नेपाली कांग्रेसले १६ सिट जितेको छ भने नेकपा माओवादी केन्द्र ५ सिटसहित तेस्रो स्थानमा छ ।
१३ मंगशिर २०७९, मङ्गलबार

बाँके । लुम्बिनी प्रदेशमा मंसिर ४ गते भएको प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको प्रत्यक्षतर्फको अन्तिम मतपरिणाम सार्वजनिक भइसकेको छ । मतपरिणाम सार्वजनिक भएसँगै कसैको स्पष्ट बहुमत नआएपछि कसले बहुमत पुर्याएर प्रदेश सरकार बनाउँछ भन्ने कौतहुल बढेको छ ।

प्रदेशसभामा प्रत्यक्षतर्फ १८ सिट जित्दै नेकपा एमाले पहिलो दल बनेको छ । दोस्रो दल बनेको नेपाली कांग्रेसले १६ सिट जितेको छ भने नेकपा माओवादी केन्द्र ५ सिटसहित तेस्रो स्थानमा छ । 

जनता समाजवादी पार्टी (जसपा), नागरिक उन्मुक्ति पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले समान दुई/दुई सिट जितेका छन् । त्यस्तै जनमत पार्टीले एक ठाउँमा जित हात पार्दा स्वतन्त्र तीन ठाउँमा विजयी भएका छन् । 

प्रदेशसभामा कुल ८७ सांसदमध्ये ५२ सांसद प्रत्यक्षतर्फ निर्वाचित हुने र ३५ सांसद समानुपातिक प्रणालीबाट निर्वाचित हुने व्यवस्था छ । प्रदेशसभा सरकार गठनका लागि ४४ सिट आवश्यक पर्दछ ।

गठबन्धनले प्रत्यक्षतर्फको ५२ सिटमध्ये सत्ता २४ सिट मात्रै जितेको छ । प्रदेश सरकार बनाउन सत्ता गठबन्धनले समानुपातिकबाट २० सिट जित्नुपर्ने हुन्छ । 

तर, सत्ता गठबन्धनको लागि त्यो सम्भव छैन । लुम्बिनीमा समानुपातिकतर्फ १८ लाख ७८ हजार बढी मत खसेका थियो । जसमा एमाले सबैभन्दा धेरै पाँच लाख ३३ हजार (३० दशमलब २५ प्रतिशत) मत प्राप्त गर्दै पहिलो स्थानमा छ ।

नेपाली कांग्रेस झण्डै पाँच लाख मत (२६ दशमलब ४९ प्रतिशत) मतसहित दोस्रो स्थानमा रहँदा माओवादी केन्द्र १ लाख ९८ हजार (१० दशमलब ५१ प्रतिशत) मतसहित तेस्रो स्थानमा छ । सत्ता गठबन्धनका नेकपा (एकीकृत समाजवादी)ले २ दशमलब २५ मत पाउँदा लोसपाले २ प्रतिशत पनि मत पाएको छैन । 

राष्ट्रिय तथा प्रदेश दल बन्नको लागि अनिवार्य थ्रेस होल्ड कटाउनुपर्ने हुन्छ । प्रतिनिसभामा तीन प्रतिशत कटाउनु परेजस्तै प्रदेशसभाको दल बन्न १ दशमलब ५ प्रतिशत कटाउनुपर्ने हुन्छ ।

लुम्बिनीको हकमा एकीकृत समाजवादीले थ्रेस होल्ड कटाएन । एकीकृत समाजवादीले लुम्बिनीमा समानुपातिकतर्फ २ प्रतिशत बढी मत ल्याएपनि प्रत्यक्षतर्फ एक सिट पनि नजित्दा थ्रेस होल्ड कटेन ।

 उक्त मतलाई विश्लेषण गर्दा समानुपातिकबाट प्राप्त प्रदेशसभा सदस्यको संख्या जोड्दा पनि सत्ता गठबन्धनलाई सरकार गठनका लागि सहज देखिँदैन । समानुपातिकतर्फ सत्ता गठबन्धनले ३९ प्रतिशत मात्रै मत पाएको छ ।

यस हिसाबमा समानुपातिकबाट सत्ता गठबन्धनले १३ देखि १७ सिट थप्ने देखिन्छ । तीन स्वतन्त्रलाई समेट्दा समेत सत्ता गठबन्धनलाई सरकार बनाउन सकस पर्न सक्छ ।

दलहरूबीच अहिलेकै गठबन्धनलाई निरन्तरता दिने गरी छलफल भइरहे पनि लुम्बिनीमा गठबन्धन सरकार नबन्ने सम्भावना छ । पहिलो पार्टी बनेका आधारमा एमालेले पहिला सरकार गठनको लागि पहल गर्नेछ । तर, एमालेलेलाई पनि सरकार बनाउन भने सजिलो छैन । सत्ता गठबन्धनबाहेकका अरु साना सबै पार्टीलाई समेट्नु पर्ने हुन्छ । 

को को छन् मुख्यमन्त्रीको दौडमा ?

एमालेबाट प्रदेश सरकारका निवर्तमान मन्त्री तथा पोलिटव्युरो सदस्य लीला गिरी र केन्द्रीय सदस्य तथा पूर्वसंसदीय दलका प्रमुख सचेतक भूमिश्वर ढकाल निर्वाचित भएका छन् । चुनाव जितेपछि उनीहरूले मुख्यमन्त्रीको लागि दौडधूप बढाएका छन् । गिरी रूपन्देही २ (१) र ढकाल रूपन्देही ५ (१) बाट निर्वाचित भएका छन् ।

कांग्रेसबाट केन्द्रीय सदस्य तथा पूर्वखानेपानी राज्यमन्त्री अब्दुल रज्जाक, महासमिति सदस्य डिल्लीबहादुर चौधरी र प्रदेश उपसभापति राजु खनाल मुख्यमन्त्रीका आकांक्षी हुन् । पार्टीको संस्थापन खेमाका नेता रञ्जाक रूपन्देही १ (२) बाट, चौधरी दाङ ३ (१) र राजु खनाल दाङ २ (१) बाट निर्वाचित भएका छन् ।

माओवादीमा भने सुदर्शन बराल पराजित भएसँगै रोल्पा १ (१) बाट निर्वाचित जोखबहादुर महराले दलको नेता बन्ने र पालो पाए उनैले नेतृत्व गर्ने निश्चित जस्तै छ । महरा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालका स्वकीय सचिव थिए र दाहालकै प्रस्तावमा उनी प्रदेशमा झरेका थिए ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार