मुख्य समाचार
बर्दियाको ठाकुरबाबा र राजापुरका युवा महिलालाई व्यवसायमका लागि स्टार्ट–अप सहयोग | विश्व वातावरण दिवसमा जानकीमा हरियाली अभियान : कन्या विद्यालय परिसरमा रोपियो बिरुवा | दुई वर्षअघि भएको जसपा नेपाल विभाजन सर्वोच्चबाट बदर | मानव बेचबिखन नियन्त्रण समिति र बाल अधिकार समितिको समिक्षा गोष्ठी सम्पन्न | बर्दियाका तीन पालिककालाई विपद् जोखिम न्यूनीकरण सामग्री हस्तान्तरण | वडा सदस्य रामधिरज यादवको निधनमा जानकी गाउँपालिकामा सोमबार शोक बिदा | नेपालले पनि भारतको सीमा मिचेको छ : प्रधानमन्त्री शाह | मधुवन नगरपालिकामा ३ दिने ईसीडी शिक्षकहरूका लागि शैक्षिक सामग्री निर्माण तालिम सफलतापूर्वक सम्पन्न | यादव सेवा केन्द्रको अध्यक्षमा सोहनलाल यादव निर्विरोध, महासचिवमा मिश्रिलाल यादव चयन | ब्राजिल र दक्षिण अफ्रिकास्थित दूतावास बन्द नगर्न एनआरएनए पूर्व पदाधिकारीको आग्रह |

नरैनापुरमा मुस्लिम समुदायले मनाए मोहम्मद डे

यूथ टुडे समाचारदाता 3407+ समाचार ( )
११ अशोज २०८०, बिहीबार

नरैनापुर । आपसी सद्भाव, धार्मिक सहिष्णुता, राष्ट्रिय एकतालाई जोड्दै राष्ट्रिय गानसँगै नरैनापुरमा मुस्लिम समुदायले ‘मोहम्मद डे’ मनाएका छन् । मुस्लिम समुदायको धर्म प्रवर्तक पैगम्बर मोहम्मदको जन्मदिनको अवसरमा ‘मोहम्मद डे’ मनाइएको हो ।

मुस्लिम समुदायले राष्ट्रिय गान सहित कार्यक्रम शुभारम्भ गरी नरैनापुरको कटकुइया, लक्ष्मणपुर, बालापुर, मटेहिया, जमुनीबाट निस्किएको जुलुस लक्ष्मणपुर पुगेर एकिकृत भई समापन भएको थियो ।

राष्ट्रिय एकताका लागि नेपालको राष्ट्रिय झण्डा सहित इस्लाम धर्मको झण्डा बोकेका मुस्लिम समुदायले यस पटक मोहम्मद डे लाई आपसी सद्भाव र धार्मिक स्वतन्त्रता र राष्ट्रिय अखण्डता र भाइचारा कायम गर्दै मनाउँदा सबै वर्ग र समुदायबिच आपसी सम्बन्ध प्रगाढ हुने भन्दै सोही अनुरुप मनाएको नरैनापुर गाउँपालिका अध्यक्ष एवं मुस्लिम अगुवा इश्तियाक अहमद शाहले जानकारी दिए ।

केहि तत्वहरु पालिकामा धर्मको नाममा केही उच्छृङ्खल व्यक्तिहरूले  विखण्डन ल्याउन खोजेको भन्दै नेपालीहरू बिचको आपसी सद्भावलाई कुनै शक्तिले फुटाउन नसक्ने मुस्लिम अगुवा इश्तियाक अहमद शाहले बताए ।

नरैनापुर गाउँपालिकाले ‘मोहम्मद डे’ मनाउन आज सार्वजनिक बिदा समेत दिएको छ । नरैनापुर गाउँपालिकाको बुधबार बसेको बैठकले पालिका भरि बिदा दिने निर्णय गरेको थियो ।

इस्लामी पात्रो हिजरी सम्वतको रब्बीअव्वल महिनामा साउदी अरबको मक्कामा बिबि आमिनाको कोखबाट हजरत मोहम्मदको जन्म भएको दिनको सम्झनामा मोहम्मद डे मनाइँदै आएको नरैनापुर १ का वडा अध्यक्ष इसाक जोलाहले जानकारी दिए । नरैनापुरमा निकालिएको र्यालीमा बिभिन्न राजनितिक दलका नेताहरु, हिन्दु अगुवा र मुस्लिमहरुको बाक्लो उपस्थिति रहेको थियो ।ा

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार