मुख्य समाचार
बर्दियाको ठाकुरबाबा र राजापुरका युवा महिलालाई व्यवसायमका लागि स्टार्ट–अप सहयोग | विश्व वातावरण दिवसमा जानकीमा हरियाली अभियान : कन्या विद्यालय परिसरमा रोपियो बिरुवा | दुई वर्षअघि भएको जसपा नेपाल विभाजन सर्वोच्चबाट बदर | मानव बेचबिखन नियन्त्रण समिति र बाल अधिकार समितिको समिक्षा गोष्ठी सम्पन्न | बर्दियाका तीन पालिककालाई विपद् जोखिम न्यूनीकरण सामग्री हस्तान्तरण | वडा सदस्य रामधिरज यादवको निधनमा जानकी गाउँपालिकामा सोमबार शोक बिदा | नेपालले पनि भारतको सीमा मिचेको छ : प्रधानमन्त्री शाह | मधुवन नगरपालिकामा ३ दिने ईसीडी शिक्षकहरूका लागि शैक्षिक सामग्री निर्माण तालिम सफलतापूर्वक सम्पन्न | यादव सेवा केन्द्रको अध्यक्षमा सोहनलाल यादव निर्विरोध, महासचिवमा मिश्रिलाल यादव चयन | ब्राजिल र दक्षिण अफ्रिकास्थित दूतावास बन्द नगर्न एनआरएनए पूर्व पदाधिकारीको आग्रह |

राप्ती नदीको बाढीमा फसेका ५ जनालाई प्रहरीले गर्यो उद्धार

यूथ टुडे समाचारदाता 3407+ समाचार ( )
राप्ती सोनारी गाउँपालिका वडा नम्बर ४ को लालपुरघाटस्थित नदीको बीच टापुमा फसेका ५ जनालाई प्रहरीले सकुशल उद्धार गरेको हो। स्थानीय लालपुर गाउँको उत्तरतर्फ नदीको बीच टापुमा रहेको गौशालामा गाई रेखदेख गर्न गएका गर्न गएका स्थानीय ५ जना दिउँसो बाढीमा फसेका थिए।
९ श्रावण २०८०, मङ्गलबार

बाँके । अविरल वर्षाका कारण राप्ती नदीमा बाढी बढेको छ। राप्तीमा मंगलबार पानीको सतह बढेर खतराको तह नजिक पुगेको हो।

बाढी बढेपछि जिल्ला विपद ब्यवस्थापन समिति बाँकेले नदीको तटीय क्षेत्रका स्थानीय बासिन्दालाई सतर्कता अपनाउन आग्रह गरेको छ।

विपद ब्यवस्थापन समितिका संयोजक समेत रहेका प्रमुख जिल्ला अधिकारी विपिन आचार्यले सूचना जारी गर्दै राप्ती नदीको बहाब एक्कासी बढेर ५.४५ मिटरभन्दा माथि पुगेकाले नदी आसपासका बासिन्दालाई सतर्कता अपनाउनुका साथै नदीमा माछा मार्ने, नुहाउने, ओहोर–दोहोर गर्ने, दाउरा संकलन गर्ने जस्ता कार्य नगर्न आग्रह गरेका हुन्।

राप्ती नदीको माथिल्लो तटीय क्षेत्रमा पछिल्लो १२ घण्टादेखि भारी वर्षा भइरहेको सूचना जल तथा मौसम विज्ञान विभागले दिएको उल्लेख गर्दै प्रजिअ आचार्यले सतर्कता अपनाउन आग्रह गरेका छन्। जल तथा मौसम विज्ञान विभागले यसवर्ष राप्तीको कुसुमस्थित जलमापन केन्द्रको थ्रेसहोल्ड परिवर्तन गरी सतर्कता तह ६ मिटर र खतरा तह ७.८ मिटर कायम गरेको छ।

राप्तीको बाढीले खतराको तह पार गरेपछि राप्ती सोनारी गाउँपालिकाको बैसा, नवलपुर, सिनाबाज, लालपुर, बिनौना, फत्तेपुर, कचनापुर, टिकलीपुर तथा डुडुवा गाउँपालिकाको होलिया, चौफेरी, बेतहनी, कम्दी लगायत क्षेत्र डुब्ने गर्छन्।  

यसैबीच बाढीमा फसेका ५ जनालाई स्थानीयलाई प्रहरीले बाँकेमा सकुशल उद्धार गरेको छ। राप्ती सोनारी गाउँपालिका वडा नम्बर ४ को लालपुरघाटस्थित नदीको बीच टापुमा फसेका ५ जनालाई प्रहरीले सकुशल उद्धार गरेको हो। स्थानीय लालपुर गाउँको उत्तरतर्फ नदीको बीच टापुमा रहेको गौशालामा गाई रेखदेख गर्न गएका गर्न गएका स्थानीय ५ जना दिउँसो बाढीमा फसेका थिए।

ईलाका प्रहरी कार्यालय धामपुरको टोलीले मंगलबार दिउँसो २ बजेतिर उनीहरुलाई सकुशल उद्धार गरेको हो। टापुमा फसेका राप्ती सोनारी–४ पसरामपुरका ५५ बर्षिय चुकीराम थारु, ५३ बर्षिय मायाराम थारु, ५१ बर्षिया बतासी थारु, ५० बर्षिय लोकबहादुर थारु र सोही वडाको सूर्यलालपुर गाउँ निवासी ३२ बर्षिय आशाराम थारुलाई ट्युव र सेफ्टी ज्याकेटको सहयाताले सकुशल उद्धार गरिएको ईलाका प्रहरी कार्यालय धामपुरका ईन्चार्ज प्रहरी वरिष्ठ नायव निरिक्षक लक्ष्मीप्रसाद आचार्यले जानकारी दिए।

प्रहरीका अनुसार उनीहरु बिहानै गौशालामा गएको तर दिउँसो नदीमा एक्कासी पानीको सतह बढेपछि टापुमै फसेका थिए। लालपुरको उत्तरतर्फ राप्ती नदीको भंगालो र बीच टापुमा रहेको नर्सरीभित्र गौशाला रहेको छ। राप्ती नदीमा पानीको सतह बढेपछि टापुको दक्षिणतर्फ रहेको भंगालोमा समेत बाढी आएपछि उनीहरु अलपत्र परेका थिए।

गौशालामा रहेका गाईहरु भने सुरक्षित नै रहेको प्रहरीले जनाएको छ। टापुमा फसेको कुरा आशारामले राप्ती सोनारी–४ का वडासदस्य मंगल थारुलाई फोनमार्फत जानकारी गराएपछि प्रहरीलाई खबर गरिएको थियो।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार