मुख्य समाचार
बर्दियाको ठाकुरबाबा र राजापुरका युवा महिलालाई व्यवसायमका लागि स्टार्ट–अप सहयोग | विश्व वातावरण दिवसमा जानकीमा हरियाली अभियान : कन्या विद्यालय परिसरमा रोपियो बिरुवा | दुई वर्षअघि भएको जसपा नेपाल विभाजन सर्वोच्चबाट बदर | मानव बेचबिखन नियन्त्रण समिति र बाल अधिकार समितिको समिक्षा गोष्ठी सम्पन्न | बर्दियाका तीन पालिककालाई विपद् जोखिम न्यूनीकरण सामग्री हस्तान्तरण | वडा सदस्य रामधिरज यादवको निधनमा जानकी गाउँपालिकामा सोमबार शोक बिदा | नेपालले पनि भारतको सीमा मिचेको छ : प्रधानमन्त्री शाह | मधुवन नगरपालिकामा ३ दिने ईसीडी शिक्षकहरूका लागि शैक्षिक सामग्री निर्माण तालिम सफलतापूर्वक सम्पन्न | यादव सेवा केन्द्रको अध्यक्षमा सोहनलाल यादव निर्विरोध, महासचिवमा मिश्रिलाल यादव चयन | ब्राजिल र दक्षिण अफ्रिकास्थित दूतावास बन्द नगर्न एनआरएनए पूर्व पदाधिकारीको आग्रह |

स्थानीय निर्वाचनको मत गणना नसकिँदै प्रदेश र प्रतिनिधिसभा निर्वाचनको तयारी सुरु

महमूद आलम खान 1133+ समाचार ( )
आगामी मंसिरमा संसदीय निर्वाचन भएको ५ वर्ष पूरा हुँदै छ ।
८ जेठ २०७९, आइतबार

काठमाडौं । स्थानीय निर्वाचनको मतपरिणाम आइनसक्दै प्रदेश र प्रतिनिधिसभाको निर्वाचनबारे छलफल सुरु भएको छ। आगामी मंसिरमा संसदीय निर्वाचन भएको ५ वर्ष पूरा हुँदै छ ।

मंसिरमा संसदीय निर्वाचन हुने अधिकांशको आँकलन भए पनि सरकार भने फागुनमा आम निर्वाचन गर्ने तयारीमा देखिएको छ। गठबन्धन दलहरूबिच नै संसदीय निर्वाचन संसद्को पूरा कार्यकाल सकिएपछि गर्ने सहमति भएको गठबन्धनका एक शीर्ष नेताको दाबी छ । ती नेताका अनुसार २०७४ फागुनमा प्रतिनिधिसभाको कार्यकाल सुरु भएकाले फागुनमै संसदीय निर्वाचन हुने सम्भावना प्रबल छ ।

‘संसदीय निर्वाचन फागुनमा हुन्छ, हो । सर्वोच्चको आदेशले पनि संसद्लाई पूरा कार्यकाल चल्न दिनुपर्छ भनेको छ’ ती नेताले भने ।

संविधानको धारा ८५ को १ मा ‘यस संविधान बमोजिम अगावै विघटन भएकोमा बाहेक प्रतिनिधिसभाको कार्यकाल पाँच वर्षको हुने’ उल्लेख छ ।

वर्तमान प्रतिनिधिसभाले २०७४ साल फागुनदेखि काम सुरु गरेको थियो । त्यस्तै प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्च अदालतले गरेको फैसलामा पनि ‘संविधानको धारा ७६ (५) बमोजिम बनेको प्रधानमन्त्रीले विश्वासको मत लिन नसकेमा मात्रै संसद् विघटन गरी निर्वाचन घोषणा गर्न सक्ने’ आशय रहेको देखिन्छ । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार