मुख्य समाचार
बर्दियाको ठाकुरबाबा र राजापुरका युवा महिलालाई व्यवसायमका लागि स्टार्ट–अप सहयोग | विश्व वातावरण दिवसमा जानकीमा हरियाली अभियान : कन्या विद्यालय परिसरमा रोपियो बिरुवा | दुई वर्षअघि भएको जसपा नेपाल विभाजन सर्वोच्चबाट बदर | मानव बेचबिखन नियन्त्रण समिति र बाल अधिकार समितिको समिक्षा गोष्ठी सम्पन्न | बर्दियाका तीन पालिककालाई विपद् जोखिम न्यूनीकरण सामग्री हस्तान्तरण | वडा सदस्य रामधिरज यादवको निधनमा जानकी गाउँपालिकामा सोमबार शोक बिदा | नेपालले पनि भारतको सीमा मिचेको छ : प्रधानमन्त्री शाह | मधुवन नगरपालिकामा ३ दिने ईसीडी शिक्षकहरूका लागि शैक्षिक सामग्री निर्माण तालिम सफलतापूर्वक सम्पन्न | यादव सेवा केन्द्रको अध्यक्षमा सोहनलाल यादव निर्विरोध, महासचिवमा मिश्रिलाल यादव चयन | ब्राजिल र दक्षिण अफ्रिकास्थित दूतावास बन्द नगर्न एनआरएनए पूर्व पदाधिकारीको आग्रह |

ट्राफिक प्रहरी बाँकेद्वारा माघ महिनामा २५ लाख बढी राजस्व सङ्कलन

यूथ टुडे समाचारदाता 3407+ समाचार ( )
१ फाल्गुन २०८१, बिहीबार

बाँके । जिल्ला प्रहरी कार्यालय बाँकेले अपराध नियन्त्रणमा गत माघ महिनामा उल्लेख्य काम गरेको जनाएको छ । 

जिल्ला प्रहरी कार्यालय बाँकेद्वारा आज बिहीबार आयोजित पत्रकार सम्मेलनमा प्रहरी उपरीक्षक तुल बहादुर कार्कीले जिल्लामा शान्ति सुरक्षालाई चुस्त, दुरुस्त बनाउन अपराध नियन्त्रणका लागि प्रहरीले पूर्ण रुपमा व्यावसायिक तथा पारदर्शी ढङ्गले काम गरिरहेको बताउनुभयो ।

उहाँले भन्नुभयो,”बाँकेमा हुने अपराध नियन्त्रणका लागि नेपाल प्रहरी लागिरहेको छ, कानून विपरीत काम गर्ने जो कोहीलाई कारबाही गर्छौँ ।”

प्रहरी उपरीक्षक कार्कीले राष्ट्र निर्माणको दायित्व सबैको उत्तिकै भएको बताउँदै यसलाई साथ दिन सञ्चारकर्मीलाई आग्रह समेत गर्नुभयो ।

पत्रकार सम्मेलनमा प्रहरी उपरीक्षक कार्कीले समाजमा हुने अपराध नियन्त्रणका लागि प्रहरीले अगाडि सारेको समुदाय–प्रहरी साझेदारी कार्यक्रमअन्तर्गत ८ वटै स्थानीय तहमा काम गरी रहेको बताउनुभयो  ।

उपरीक्षक कार्कीले भन्नुभयो “माघ महिनामा ‘प्रहरीले १४ लाख ४३ हजार १ सय ९६ बराबरको अवैध भन्सार छलिको समान पक्राउ गरी सम्बन्धि निकायलाई बुझाएको छ भने ३२ सय ९७ वटा सवारीसाधनलाई कारबाही गरी २५ लाख ४५ हजार राजश्व सङ्कलन गरेको छ ।” उहाँले भन्नुभयो १४६ वटा मुद्दा दर्ता भएको मा १३५ जना व्यक्तिलाई पक्राउ गरी कानुनी दायरामा ल्याइएको बताउनुभयो । 

प्रहरी निरीक्षक शिवा थापाले घरेलु हिंसा सम्बन्धि ४० वटा उजुरी परेकोमा ३३ वटा फर्छ्योट गरेको बताउँदै भन्नुभयो बाँकी ७ वटा अनुसन्धानमा रहेको जानकारी दिनुभयो । 

लागूऔषधविरुद्धको कारबाहीमा जिल्ला प्रहरी कार्यालय बाँकेले ५४ ग्राम ३३० मिलिग्राम ब्राउन सुगर, १९० ट्याब्लेट नाइट्राजेपामसहित ३४ जना ओसारपसार कर्ताहरुहरुलाई पक्राउ गरी कानूनी दायरामा ल्याइएको छ । 

त्यस्तै आन्तरिक सुदृढीकरण प्रयासतर्फ उत्कृष्ट कार्य गर्ने ४ जना प्रहरी कर्मचारीहरुलाई पुरस्कृत र आचरण बिपरीत कार्य गर्ने १ जना प्रहरी कर्मचारीलाई कारवाही गरिएको छ भने खजुरामा आयोजित फुटबल प्रतियोगितामा जिल्ला प्रहरी कार्यालयको फुटबल टिमले प्रथम स्थान हासिल गरेको पनि बाँके प्रहरीले जानकारी दिएको छ ।

प्रहरी निरीक्षक हिमराज विकले कार्य प्रगति विवरण प्रस्तुत गरेका थिए । बाँके प्रहरी प्रमुख प्रहरी उपरीक्षक तुल बहादुर कार्कीले ट्राफिक व्यवस्थापन र फूटपाथ खाली गराउन प्रयासरत रहेको बताए । कार्कीले लागूऔषध नियन्त्रण र सडक दुर्घटना न्यूनीकरण चुनौतीको रुपमा देखिएको बताउनुभयो । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार