मुख्य समाचार
विश्व वातावरण दिवसमा बर्दियामा विविध कार्यक्रमसहित अगुवालाई सम्मान | बर्दियाको ठाकुरबाबा र राजापुरका युवा महिलालाई व्यवसायमका लागि स्टार्ट–अप सहयोग | विश्व वातावरण दिवसमा जानकीमा हरियाली अभियान : कन्या विद्यालय परिसरमा रोपियो बिरुवा | दुई वर्षअघि भएको जसपा नेपाल विभाजन सर्वोच्चबाट बदर | मानव बेचबिखन नियन्त्रण समिति र बाल अधिकार समितिको समिक्षा गोष्ठी सम्पन्न | बर्दियाका तीन पालिककालाई विपद् जोखिम न्यूनीकरण सामग्री हस्तान्तरण | वडा सदस्य रामधिरज यादवको निधनमा जानकी गाउँपालिकामा सोमबार शोक बिदा | नेपालले पनि भारतको सीमा मिचेको छ : प्रधानमन्त्री शाह | मधुवन नगरपालिकामा ३ दिने ईसीडी शिक्षकहरूका लागि शैक्षिक सामग्री निर्माण तालिम सफलतापूर्वक सम्पन्न | यादव सेवा केन्द्रको अध्यक्षमा सोहनलाल यादव निर्विरोध, महासचिवमा मिश्रिलाल यादव चयन |

ओलीबाट आफूले प्राप्त गरेको ज्ञान गठबन्धनमा काम लाग्यो - प्रचण्ड

यूथ टुडे समाचारदाता 3408+ समाचार ( )
लोकतन्त्र र संविधानको रक्षाका लागि गठबन्धन बनेको हो । ओलीबाट प्राप्त गरेको ज्ञान आज गठबन्धन बनाउनका काम लागेको छ ।’
६ कार्तिक २०७९, आइतबार

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ओलीबाट आफूले प्राप्त गरेको ज्ञान गठबन्धन गर्दा काम लागेको बताएका छन् ।

आइतबार वीरेन्द्रनगरमा आयोजित पाँचदलीय गठबन्धनको प्रदेशस्तरीय भेलालाई सम्बोधन गर्दै उनले सो कुरा बताएका हुन् । उनले भने, ‘लोकतन्त्र र संविधानको रक्षाका लागि गठबन्धन बनेको हो । ओलीबाट प्राप्त गरेको ज्ञान आज गठबन्धन बनाउनका काम लागेको छ ।’

उनले गठबन्धनलाई हल्का रुपमा कसैले नलिन पनि चेतावनी दिए । उनले भने, ‘कुनै बेला ओली गोरु गाडा चढेर अमेरिका पुगिँदैन भनेर भन्थे । तर पछि तिनै मान्छे हस्ताक्षर गर्न अघि सरे । तर पनि उनको सोचमा परिवर्तन आएको रहेनछ ।’ गठबन्धनलाई कसैले पनि हल्का रुपमा नलिन लिन नहुने बताउँदै उनले गठबन्धनले लोकतन्त्र, संविधानको रक्षा गरेको बताए ।

नेपालको इतिहासमा यसअघि पनि असाधारण गतिविधि भएको र त्यसलाई परास्त गरिएको बताउँदै अध्यक्ष प्रचण्डले भने, ‘त्यसलाई कांग्रेस– माओवादीकै अगुवाईमा परास्त गर्ने काम भएको थियो, अहिले पनि हाम्रो एकता देशको विकास र समृद्धिका लागि हो ।’

उनले कर्णाली प्रदेशसभामा सदस्यहरुले खेलेको भूमिकालाई गठबन्धनले नभुले बताउँदै कर्णालीबाट नै प्रतिगमन विरुद्धको विद्रोहले केन्द्रमा प्रवेश पाएको बताए । चुनावी प्रसंगमा उनले १–२ दिनमै गठबन्धन विरुद्धको उम्मेदवारी फिर्ता गराउने दाबी समेत गरे ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार