मुख्य समाचार
बर्दियाको ठाकुरबाबा र राजापुरका युवा महिलालाई व्यवसायमका लागि स्टार्ट–अप सहयोग | विश्व वातावरण दिवसमा जानकीमा हरियाली अभियान : कन्या विद्यालय परिसरमा रोपियो बिरुवा | दुई वर्षअघि भएको जसपा नेपाल विभाजन सर्वोच्चबाट बदर | मानव बेचबिखन नियन्त्रण समिति र बाल अधिकार समितिको समिक्षा गोष्ठी सम्पन्न | बर्दियाका तीन पालिककालाई विपद् जोखिम न्यूनीकरण सामग्री हस्तान्तरण | वडा सदस्य रामधिरज यादवको निधनमा जानकी गाउँपालिकामा सोमबार शोक बिदा | नेपालले पनि भारतको सीमा मिचेको छ : प्रधानमन्त्री शाह | मधुवन नगरपालिकामा ३ दिने ईसीडी शिक्षकहरूका लागि शैक्षिक सामग्री निर्माण तालिम सफलतापूर्वक सम्पन्न | यादव सेवा केन्द्रको अध्यक्षमा सोहनलाल यादव निर्विरोध, महासचिवमा मिश्रिलाल यादव चयन | ब्राजिल र दक्षिण अफ्रिकास्थित दूतावास बन्द नगर्न एनआरएनए पूर्व पदाधिकारीको आग्रह |

नेपालगन्ज मेडिकल कलेजको प्राविधिक सहयोगमा खजुरा ५ मा निशुल्क स्वास्थ्य शिविर सम्पन्न

यूथ टुडे समाचारदाता 3407+ समाचार ( )
नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल नेपालगन्जमा कार्यरत डा- प्रतीक घिमिरे, डा- श्याम शाह, डा- एम- डी- आजान, डा- राजेश यादव, डा- मेघा मण्डल, डा- राजीव मण्डल, डा- अर्चना देवकोटा, डा- आशिष भट्टराई लगायतको टीमले बिरामीहरुको स्वास्थ्य चेकजाँच गर्नुभएको थियोे ।
११ असार २०७९, शनिबार

खजुरा । खजुरा गाउँपालिका वडा नं ५ को आयोजनामा, उढरापुर स्वास्थ्य चौकीको सहकार्य र नेपालगन्ज मेडिकल कलेज नेपालगन्जको प्राविधिक सहयोगमा निशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ ।

नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल नेपालगन्जमा कार्यरत डा- प्रतीक घिमिरे, डा- श्याम शाह, डा- एम- डी- आजान, डा- राजेश यादव, डा- मेघा मण्डल, डा- राजीव मण्डल, डा- अर्चना देवकोटा, डा- आशिष भट्टराई लगायतको टीमले बिरामीहरुको स्वास्थ्य चेकजाँच गर्नुभएको थियोे ।

खजुरा गाउँपालिकाको उढरापुर स्वास्थ्य चौकीमा भएको स्वास्थ्य चेकजाँच शिविरमा खजुरा गाउँपालिका प्रमुख डम्बरबहादुर बि-क-, उपाध्यक्ष मन्जु मल्ल, स्थानीय नेता शरद पोखरेल र नेपालगन्ज मेडिकल कलेज नेपालगन्जको प्रशासनिक तर्फबाट केपी घिमिरेको उपस्थिति रहेको थियो ।

उक्त स्वास्थ्य शिविरमा जनरल फिजिसियन, स्त्रीरोग, सर्जरी, डेण्टल सम्बन्धि समस्या रहेका बिरामीको जाच गरिनुका साथै स्वास्थ्य चौकीमा उपलब्ध रहेको औषधि वितरण गरिएको स्वास्थ्य चौकीका प्रमुख चन्द्र बहादुर पाण्डेले बताउनुभयो ।

उक्त शिविरको बारेमा प्रतिक्रिया दिदै खजुरा गाउँपालिका प्रमुखले जनताले घरघरमा स्वास्थ्य चेकजाँच गराउन पाउनु खुसीको कुरा भएको बताउदै २०७९/०८० का लागि पनि पालिकाले स्वास्थ्य क्षेत्रका लागि राम्रै बजेट विनियोजन गरेको बताउनुभयो । वडा अध्यक्ष गरिबी शेषले आगामी दिनहरुमा पनि स्वास्थ्य शिविर सञ्चालन गरी जनतालाई सेवा दिन तयार रहेको बताउदै शिविरमा सहयोग गर्ने नेपालगन्ज मेडिकल कलेल र प्राविधिक टीम सबैलाई धन्यवाद दिनु भएको थियोे ।

 उक्त स्वास्थ्य शिविरमा १८२ जनाले सेवा लिनु भएको उक्त वडाका वडा अध्यक्ष गरिबी शेषले बताउनुभयो । शिविरमा स्वास्थ्य चौकी उढरापुरमा कार्यरत प्राविधिक कर्मचारीहरु सद्दाम हुसेन खाँ, सीता थापा, इबरान खाँ, लक्ष्मी देवी कार्की , आशा गिरी र अन्य कार्यालय सहयोगी कर्मचारीहरुले सहयोग गरेको स्वास्थ्य चौकी इन्चार्ज पाण्डेले बताउनुभयो ।

शिविरको लागि नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल नेपालगन्जका सहायक निर्देशक डा- रोमन किदुवाइले चिकित्सक सहितको टीम खटाउनु भएको उक्त शिविर व्यवस्थापन गर्नु भएको डा- राजेश यादवले बताउनुभयो ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार